०६ जेठ २०८३, बुधबार
20-05-2026 , Wed
×

पूर्वराजा ज्ञानेन्द्र शाहले विकास निर्माणकाे लागि एक आपसमा जुट्न सबैलाई आग्रह

Logo
प्रकाशित आइतबार, जेठ १४, २०८०

(राजन थारू)

कैलाली । शनिबार कर्णाली प्रदेशको सुर्खेतमा आयोजित एक नागरिक अभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वराजा ज्ञानेन्द्र शाहले लम्पसार परेर बाँच्नु नेपालीको अपमान हो।

आफ्नो पहिचान नेपालीको जनताको शान भएको उनको भनाइ रहेकोे थियो । ‘आफ्नो मौलिकता र सभ्यता हाम्रो स्वाभिमान हो । कसैको अगाडि लम्पसार परेर बाच्नु हाम्रो अपमान हो,’ । एकजुट भएर राष्ट्रको निम्ति एकसाथ अघि बढ्न उनको आग्रह थियो ।

 

आफ्नो पहिचान हाम्रो शान हो । आफ्नो मौलिकता र सभ्यता,सन्सकृति हाम्रो स्वाभिमान हो । कसैको अगाडि लम्पसार परेर बाच्नु हाम्रो अपमान हो ।

हामी जहाँजहाँ पुग्छौँ, त्यहाँ त्यहाँ नेपालीहरुको यस्तै यस्तै आजाव सुन्छु । त्यसैले अब कसरी जाने?, के कस्तो विधि व्यवस्था अंगाल्ने? हाम्रो गौरव गरिमालाई कसरी बचाउने? अब सोचौं, के गर्दा देश राम्रो हुन्छ? के नगर्दा देशलाई फाइदा हुन्छ, सोचौं । राष्ट्रवाद फस्टाउनलाई राष्ट्रप्रेमको खाँचो हुन्छ । नेपालको पिरमर्का बुझ्न नेपाली मनले मात्र सक्छ । अब हामी भन्छौं, मिलौं । हामी सबै मिलौं । त्यसैले हामी भन्दछौं, जुटौं । हामी सबै एक भएर जुटौं । त्यसैले हामी भन्दछौं, हामी नफुटौं । परस्परमा सहकार्य गरेर विकासको निम्ति डटौं । त्यसैले फेरिपनि भन्छौं, जुटौं, खटौं र डटौं ।

स्वधर्मबाट हटेर होइन एकजुट भएर राष्ष्ट्रको निम्ति एकसाथ अघि बढौं ।उक्त कार्यक्रममा जनताले नारा लगाएका थिए हाम्रो राजा हाम्रो देश प्राणभन्दा प्यारो छ । सबैलाई फेरि एकपटक धन्यवाद, जयनेपाल ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सुर्खेत । बसपार्क अगाडि सडक छेउमा *काफल बेचिरहेकी एक महिलालाई नगर प्रहरीले लछारपछार पारेको* घटना सार्वजनिक भएको छ। *घटना विवरण:* प्रत्यक्षदर्शीहरूका अनुसार महिला सडक छेउमा फलफूल बेच्दै गर्दा नगर प्रहरीले ठाउँ खाली गर्न भन्दै सामान उठाउन खोजेका थिए। त्यस क्रममा दुवै पक्षबीच भनाभन भएपछि नगर प्रहरीले महिलालाई बल प्रयोग गरेको आरोप छ। घटनाको भिडियो सामाजिक […]

बाँके । जमुनाह नाकामा* भन्सार छली गरी सामान ल्याउन एक व्यक्तिले अनौठो उपाय अपनाएको फेला परेको छ। *घटना विवरण:* सशस्त्र प्रहरीले चेकजाँचका क्रममा एक व्यक्तिको शरीरमा *४ वटा लेडिज कुर्ता* एकैपटक लगाएको देखेपछि शंका लागेर नियन्त्रणमा लिएको हो। सोधपुछ गर्दा उनले भन्सार नतिरी सामान भित्र्याउन यस्तो गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ। *उद्देश्य:* अधिक मात्रामा […]

बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेको विशेष प्रहरी टोलीले जमुनाहा सिमानाकास्थित एक होटलबाट लाखौं रुपैयाँ बराबरको अवैध किराना सामान* बरामद गरेको छ। *घटना विवरण:* सूचनाका आधारमा खटिएको टोलीले होटेलमा भण्डारण गरी राखिएको अवस्थामा भन्सार छली गरेर भारतबाट ल्याइएका किराना सामान फेला पारेको थियो। सामानको बिल, भन्सार कागजात नभेटिएपछि सबै सामान नियन्त्रणमा लिइएको हो। नजिकै रहेको […]

error: Content is protected !!