०६ जेठ २०८३, बुधबार
20-05-2026 , Wed
×

लागूऔसध सहित बारामा १ जना पक्राउ

Logo
प्रकाशित आइतबार, जेठ १४, २०८०

ABC (क्राईमबिट)

बारा । चितवनको भरतपुर महानगरपालिका वडा नाे.१६ सूर्योदय टोलबाट लागूऔषधसहित बाराका २१ वर्षीय रबिन कुमार यादवलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

शनिबार साँझ नियन्त्रित लागूऔषध डाइजेपाम १ सय ५२ एम्पुल, नुर्फिन १ सय ५२ एम्पुल र फेनारगन १ सय ५१ एम्पुलसहित रबिन यादवलाई प्रहरीले पक्राउ गरेको छ ।

भरतपुर महानगरपालिका–१६ मा रुपेश लामाको घरमा लागूऔषधको कारोबार भइरहेको भन्ने प्राप्त सूचनाको आधारमा घर खानतलासी गर्ने क्रममा उक्त लागूऔषधसहित फेलापरेको थियो । हाल फरार रुपेश लामाको प्रहरीले खोजी गरिरहेको छ ।यता कञ्चनपुरको बेलौरी नगरपालिका–१० कानीखल्लाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ६ ग्राम ९२ मिलिग्रामसहित बेलडाँडी गाउँपालिका–१ बस्ने २१ वर्षीय अर्जुन चौधरीसमेत २ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी चौकी भुडासमेतबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको थियोे ।यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान कार्य भैरहेको जस्नकारी गराएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सुर्खेत । बसपार्क अगाडि सडक छेउमा *काफल बेचिरहेकी एक महिलालाई नगर प्रहरीले लछारपछार पारेको* घटना सार्वजनिक भएको छ। *घटना विवरण:* प्रत्यक्षदर्शीहरूका अनुसार महिला सडक छेउमा फलफूल बेच्दै गर्दा नगर प्रहरीले ठाउँ खाली गर्न भन्दै सामान उठाउन खोजेका थिए। त्यस क्रममा दुवै पक्षबीच भनाभन भएपछि नगर प्रहरीले महिलालाई बल प्रयोग गरेको आरोप छ। घटनाको भिडियो सामाजिक […]

बाँके । जमुनाह नाकामा* भन्सार छली गरी सामान ल्याउन एक व्यक्तिले अनौठो उपाय अपनाएको फेला परेको छ। *घटना विवरण:* सशस्त्र प्रहरीले चेकजाँचका क्रममा एक व्यक्तिको शरीरमा *४ वटा लेडिज कुर्ता* एकैपटक लगाएको देखेपछि शंका लागेर नियन्त्रणमा लिएको हो। सोधपुछ गर्दा उनले भन्सार नतिरी सामान भित्र्याउन यस्तो गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ। *उद्देश्य:* अधिक मात्रामा […]

बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेको विशेष प्रहरी टोलीले जमुनाहा सिमानाकास्थित एक होटलबाट लाखौं रुपैयाँ बराबरको अवैध किराना सामान* बरामद गरेको छ। *घटना विवरण:* सूचनाका आधारमा खटिएको टोलीले होटेलमा भण्डारण गरी राखिएको अवस्थामा भन्सार छली गरेर भारतबाट ल्याइएका किराना सामान फेला पारेको थियो। सामानको बिल, भन्सार कागजात नभेटिएपछि सबै सामान नियन्त्रणमा लिइएको हो। नजिकै रहेको […]

error: Content is protected !!