०६ जेठ २०८३, बुधबार
20-05-2026 , Wed
×

शान्ति सुरक्षाको वर्तमान अवस्था विद्यमान चुनौती आवश्यक रणनीतिहरु कार्यक्रम

Logo
प्रकाशित सोमबार, जेठ १५, २०८०

ABC (क्राईमबिट)
काठमाडौं ।वराष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा मिति २०८० जेठ ०१ गते बाट सञ्चालित २० कार्यदिन अवधिको “Strategic Command and Managejment (SCM) तेस्रो समूह (DIGP/SSP) अन्तर्गत आज मिति २०८० जेठ १४ गते आईतबार “शान्ति सुरक्षाको वर्तमान अवस्था, विद्यमान चुनौती र सामना गर्नका लागि अपनाउनुपर्ने आवश्यक रणनीतिहरु” बिषयमा Panel Discussion कार्यक्रम सम्पन्न भएको छ ।


कार्यक्रममा श्रीमान् गृह सचिव दिनेश भट्टराईज्यू ,नेपाल प्रहरी संगठन प्रमुख श्रीमान् प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरज्यू, श्रीमान् सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालज्यू, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक श्री हुतराज थापाज्यू, प्रतिष्ठानका कार्यकारी निर्देशक श्रीमान् प्रहरी अतिरिक्त महानिरीक्षक टेक प्रसाद राईज्यू Panelist को रुपमा उपस्थित हुनुहुन्थ्यो । साथै यस प्रतिष्ठानका निर्देशक तथा उक्त तालिमका तालिम संयोजक प्रहरी नायव महानिरीक्षक रविन्द्र के.सीज्यूले समन्वयकारी र सहजकर्ताको भूमिका निर्वाह गर्नुभएको थियो ।


प्रशिक्षणमा सहभागी प्रहरी अधिकृतहरुबाट “शान्ति सुरक्षाको वर्तमान अवस्था, विद्यमान चुनौती र सामना गर्नका लागि अपनाउनुपर्ने आवश्यक रणनीतिहरु” विषय लगायत अन्य व्यावसायिक तथा समसामयिक विषय वस्तुहरुमा उठेका प्रश्न तथा जिज्ञासाहरुको श्रीमानहरुबाट सम्बोधन भएको थियो ।


कार्यक्रमको अन्त्यमा श्रीमान् कार्यकारी निर्देशकज्यूले, श्रीमान् गृह सचिवज्यू , श्रीमान प्रहरी महानिरीक्षकज्यूहरु र मुख्य अनुसन्धान निर्देशकज्यूको रा.प्र.प्र.प्र.मा गरीमामय उपस्थितिको लागि उहाँहरुलाई धन्यवाद ज्ञापन गर्नु भयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सुर्खेत । बसपार्क अगाडि सडक छेउमा *काफल बेचिरहेकी एक महिलालाई नगर प्रहरीले लछारपछार पारेको* घटना सार्वजनिक भएको छ। *घटना विवरण:* प्रत्यक्षदर्शीहरूका अनुसार महिला सडक छेउमा फलफूल बेच्दै गर्दा नगर प्रहरीले ठाउँ खाली गर्न भन्दै सामान उठाउन खोजेका थिए। त्यस क्रममा दुवै पक्षबीच भनाभन भएपछि नगर प्रहरीले महिलालाई बल प्रयोग गरेको आरोप छ। घटनाको भिडियो सामाजिक […]

बाँके । जमुनाह नाकामा* भन्सार छली गरी सामान ल्याउन एक व्यक्तिले अनौठो उपाय अपनाएको फेला परेको छ। *घटना विवरण:* सशस्त्र प्रहरीले चेकजाँचका क्रममा एक व्यक्तिको शरीरमा *४ वटा लेडिज कुर्ता* एकैपटक लगाएको देखेपछि शंका लागेर नियन्त्रणमा लिएको हो। सोधपुछ गर्दा उनले भन्सार नतिरी सामान भित्र्याउन यस्तो गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ। *उद्देश्य:* अधिक मात्रामा […]

बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेको विशेष प्रहरी टोलीले जमुनाहा सिमानाकास्थित एक होटलबाट लाखौं रुपैयाँ बराबरको अवैध किराना सामान* बरामद गरेको छ। *घटना विवरण:* सूचनाका आधारमा खटिएको टोलीले होटेलमा भण्डारण गरी राखिएको अवस्थामा भन्सार छली गरेर भारतबाट ल्याइएका किराना सामान फेला पारेको थियो। सामानको बिल, भन्सार कागजात नभेटिएपछि सबै सामान नियन्त्रणमा लिइएको हो। नजिकै रहेको […]

error: Content is protected !!