०६ जेठ २०८३, बुधबार
20-05-2026 , Wed
×

सार्वजनिक जग्गामा जातीय अतिक्रमण गर्न पाइदैन भ्रष्ट वडाध्यक्ष सहनिलाई कार्वाहीको माग

Logo
प्रकाशित सोमबार, जेठ १५, २०८०

 

(ABC-Sanchar)

जनकपुर । जनकपुरधाम उपमहानगरपालिका वडा नाे–२४ बसहियाकाे स्थानीयवासीहरु वडा अध्यक्ष उपेन्द्र सहनीमाथि कारबाहीको माग गरेका छन् । आइतबार बसहियाबाट निस्केको विरोध जुलुश जनकपुरधामको विभिन्न भागको परिक्रमा गर्दै जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना प्रदर्शन गरेका थिए।

प्रदर्शनकारीहरुले सार्वजनिक जग्गामा जातीय अतिक्रमण गर्न पाइदैन, भ्रष्ट वडाध्यक्षलाई कारबाही गर, सामाजिक सदभाव कायम गरलगायतकाे मागसहितको प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए । गत बिहीबार बसहियाको जदुराउत पोखरीको डिलमा अवस्थित ऐलानी जग्गामा वडाध्यक्ष सहनीले सहनी धर्मशाला बनाउन खोज्दा स्थानीयवासीहरुले विरोध जनाएका थिए ।

उनीहरुले सार्वजनिक जग्गामा कुनै एक जातको जातीय कुट्टी नबनाइ सामुदायिक भवन नामकरण गर्नुपर्ने माग गर्दै वडाअध्यक्षलाई रोक्न खोज्दा दुई पक्षबीच विवाद भएको थियो । सो विवादको क्रममा वडाअध्यक्ष सहनीले गुण्डाहरु लगाएर स्थानीय सुनिल यादवलगायतका एक दर्जन भन्दा बढी व्यक्तिलाई कुटपिट गरेको स्थानीयवासीहरुले आरोप लगाएका छन् । घाइते सुनिल यादवले वडाध्यक्ष सहनीसहित प्रमोद सहनी, चन्दन सहनी, शिवरत्न सहनीलगायत दर्जनौं व्यक्तिले स्थानीय सुरुज यादव, अमीर्ती देवी, अजय राउतलगायतका करीब एक दर्जन व्यक्तिलाई निर्घात कुटपिट गरेको आरोप लगाए । घाइतेहरु मध्ये ३५ वर्षीय सुनिल यादवको अवस्था गम्भीर भएपछि उनलाई थप उपचारका लागि शनिबार साँझ प्रादेशिक अस्पताल जनकपुरधामबाट रेफर गरेर काठमाण्डु लागिएको थियोे । उनको उपचार काठमाण्डुमा भैरहेको रहेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सुर्खेत । बसपार्क अगाडि सडक छेउमा *काफल बेचिरहेकी एक महिलालाई नगर प्रहरीले लछारपछार पारेको* घटना सार्वजनिक भएको छ। *घटना विवरण:* प्रत्यक्षदर्शीहरूका अनुसार महिला सडक छेउमा फलफूल बेच्दै गर्दा नगर प्रहरीले ठाउँ खाली गर्न भन्दै सामान उठाउन खोजेका थिए। त्यस क्रममा दुवै पक्षबीच भनाभन भएपछि नगर प्रहरीले महिलालाई बल प्रयोग गरेको आरोप छ। घटनाको भिडियो सामाजिक […]

बाँके । जमुनाह नाकामा* भन्सार छली गरी सामान ल्याउन एक व्यक्तिले अनौठो उपाय अपनाएको फेला परेको छ। *घटना विवरण:* सशस्त्र प्रहरीले चेकजाँचका क्रममा एक व्यक्तिको शरीरमा *४ वटा लेडिज कुर्ता* एकैपटक लगाएको देखेपछि शंका लागेर नियन्त्रणमा लिएको हो। सोधपुछ गर्दा उनले भन्सार नतिरी सामान भित्र्याउन यस्तो गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ। *उद्देश्य:* अधिक मात्रामा […]

बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेको विशेष प्रहरी टोलीले जमुनाहा सिमानाकास्थित एक होटलबाट लाखौं रुपैयाँ बराबरको अवैध किराना सामान* बरामद गरेको छ। *घटना विवरण:* सूचनाका आधारमा खटिएको टोलीले होटेलमा भण्डारण गरी राखिएको अवस्थामा भन्सार छली गरेर भारतबाट ल्याइएका किराना सामान फेला पारेको थियो। सामानको बिल, भन्सार कागजात नभेटिएपछि सबै सामान नियन्त्रणमा लिइएको हो। नजिकै रहेको […]

error: Content is protected !!