०६ जेठ २०८३, बुधबार
20-05-2026 , Wed
×

गोर्खाको भीमसेन थापा गाउँपालिकामा निःशुल्क दुर्घटना बीमा सुरु

Logo
प्रकाशित मंगलबार, जेठ १६, २०८०

ABC (क्राईमबिट)

गोरखा । भीमसेन थापा गाउँपालिकाले पालिकाभित्रका सबै नागरिकको निःशुल्क दुर्घटना बीमा गरिदिएको छ । गाउँपालिकाले १६औँ गणतन्त्र दिवसका अवसरमा पालिकाभित्रका १६ हजार नौ सय ८६ नागरिकको निःशुल्क दुर्घटना बीमा गरेको गाउँपालिका अध्यक्ष लोकप्रसाद बन्जरा (अक्कल)ले जानकारी दिए ।

गाउँपालिकाले पालिकाभित्रका सबै नागरिकको कुल १२ लाख १६ हजार छ सय ४२ रुपैयाँ २५ पैसामा सामूहिक दुर्घटना बीमा गरेको हो । बीमा सम्झौताअनुसार सामूहिक दुर्घटना बीमाका लागि विशेष छुटमा ७१ रुपैयाँ ६२ पैसा र टिकटबापत प्रतिबीमा पोलिसी रु २० लागत परेको अध्यक्ष बन्जराले बताए ।

राष्ट्रिय जनगणना २०७८ को अन्तिम प्रतिवेदन आधारमा पालिकामा बसोबास गर्दै आएका तथा पालिका स्थायी ठेगाना भएका सबै नागरिकको सामूहिक दुर्घटना बीमा गरेको उनले बताए । ‘राष्ट्रिय बीमा कम्पनी लिमिटेड र गाउँपालिकाबीच समझदारी पत्रमा सोमबार हस्ताक्षर भएको छ’, अध्यक्ष बन्जराले भने, ‘सम्झौतासँगै बीमा कार्यक्रम पनि लागू भएको छ ।’

गाउँपालिकाले गरेको सम्झौताअनुसार अब पालिकाभित्रका नागरिकको कुनै पनि प्रकारको दुर्घटना भएमा कम्पनीले बीमा पोलिसीअनुसारको उपचार खर्च प्राप्त गर्ने उनको भनाइ छ । त्यस्तै नेपालभर भीमसेन थापा गाउँपालिका स्थायी घर भएका कसैको कुनै पनि प्रकारको दुर्घटनाबाट ज्यान गुमाएमा समेत बीमा कम्पनीले सम्बन्धित परिवारलाई रु ५० हजार उपलब्ध गराउने गरी बीमा पोलिसी लागू भएको गाउँपालिका अध्यक्ष बन्जराले जानकारी दिए ।

बीमा कम्पनी र गाउँपालिकाबीच भएको सम्झौता आगामी २०८१ जेठ १५ गतेसम्म लागू हुने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चित्रबहादुर अधिकारीले जानकारी दिए । सम्झौताअनुसार गाउँपालिकावासी सबै नागरिकले अब दुर्घटनाबाट सिर्जित मृत्यु, स्थायी पूर्ण अशक्तता, स्थायी आंशिक अशक्तता, अङ्गभङ्ग, औषधोपचार आदि सुविधा प्राप्त गर्नेछन् । बीमाका सर्तहरू सामूहिक दुर्घटना बीमालेखबमोजिमको हुने पनि सम्झौता पत्रमा उल्लेख छ । सम्झौताअनुसार दुर्घटनामा परेका बिमितको उपचार खर्च बीमालेखको अधिनमा रही सक्कली बिल बुझाएपछि प्राप्त गर्नेछन् । सम्झौता पत्रमा गाउँपालिकाका तर्फबाट गाउँपालिका अध्यक्ष लोकप्रसाद बन्जरा (अक्कल) र राष्ट्रिय बीमा कम्पनी लिमिटेडका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत सुवास कोइरालाले हस्ताक्षर गरेका छन् ।

गोरखाका ११ स्थानीय तहलाई चार अर्ब ५८ करोड ३७ लाख

गोरखा जिल्लाभित्र रहेका स्थानीय तहलाई सङ्घीय सरकारबाट आगामी आर्थिक वर्षका लागि सङ्घीय सरकारबाट रु साढे चार अर्बभन्दा बढी बजेट विनियोजन भएको छ । सङ्घीय सरकारले आगामी आव २०८०/८१ का लागि सोमबार बाँडफाँट गरेको बजेटमा जिल्लाभित्रका ११ स्थानीय तहलाई कुल रु चार अर्ब ५८ करोड ३७ लाख समपूरक बजेट विनियोजन भएको हो ।

दुई नगरपालिका र नौ गाउँपालिका रहेको गोरखामा सबैभन्दा धेरै गोरखा नगरपालिकालाई कुल रु ६१ करोड ८१ लाख र पालुङटार नगरपालिकालाई रु ५७ करोड दुई लाख विनियोजन भएको छ भने जिल्लामा सबैभन्दा कम चुमनुब्री गाउँपालिकालाई रु २० करोड ७७ लाख बजेट विनियोजन भएको हो ।

त्यस्तै जिल्लाको आरुघाट गाउँपालिकालाई रु ४० करोड ४२ लाख, गण्डकी गाउँपालिकालाई रु ४४ करोड ६८ लाख, अजिरकोट गाउँपालिकालाई रु ३१ करोड ६८ लाख र धार्चे गाउँपालिकालाई रु ३१ करोड २१ लाख बजेट विनियोजन भएको छ ।

शहिद लखन गाउँपालिकालाई रु ४३ करोड २० लाख, भीमसेन थापा गाउँपालिकालाई रु ४० करोड १० लाख, बारपाक सुलिकोट गाउँपालिकालाई रु ४० करोड ५९ लाख र सिरानचोक गाउँपालिकालाई रु ४६ करोड ८९ लाख रकम सङ्घीय सरकारले विनियोजन गरेको हो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सुर्खेत । बसपार्क अगाडि सडक छेउमा *काफल बेचिरहेकी एक महिलालाई नगर प्रहरीले लछारपछार पारेको* घटना सार्वजनिक भएको छ। *घटना विवरण:* प्रत्यक्षदर्शीहरूका अनुसार महिला सडक छेउमा फलफूल बेच्दै गर्दा नगर प्रहरीले ठाउँ खाली गर्न भन्दै सामान उठाउन खोजेका थिए। त्यस क्रममा दुवै पक्षबीच भनाभन भएपछि नगर प्रहरीले महिलालाई बल प्रयोग गरेको आरोप छ। घटनाको भिडियो सामाजिक […]

बाँके । जमुनाह नाकामा* भन्सार छली गरी सामान ल्याउन एक व्यक्तिले अनौठो उपाय अपनाएको फेला परेको छ। *घटना विवरण:* सशस्त्र प्रहरीले चेकजाँचका क्रममा एक व्यक्तिको शरीरमा *४ वटा लेडिज कुर्ता* एकैपटक लगाएको देखेपछि शंका लागेर नियन्त्रणमा लिएको हो। सोधपुछ गर्दा उनले भन्सार नतिरी सामान भित्र्याउन यस्तो गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ। *उद्देश्य:* अधिक मात्रामा […]

बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेको विशेष प्रहरी टोलीले जमुनाहा सिमानाकास्थित एक होटलबाट लाखौं रुपैयाँ बराबरको अवैध किराना सामान* बरामद गरेको छ। *घटना विवरण:* सूचनाका आधारमा खटिएको टोलीले होटेलमा भण्डारण गरी राखिएको अवस्थामा भन्सार छली गरेर भारतबाट ल्याइएका किराना सामान फेला पारेको थियो। सामानको बिल, भन्सार कागजात नभेटिएपछि सबै सामान नियन्त्रणमा लिइएको हो। नजिकै रहेको […]

error: Content is protected !!