०६ जेठ २०८३, बुधबार
20-05-2026 , Wed
×

महोत्तरीको एनएमबी बैंकको शाखाबाट पेस्तोल देखाएर दिनदहाडै पैसा लुटपाट

Logo
प्रकाशित मंगलबार, जेठ १६, २०८०


ABC (क्राईमबिट)
महोत्तरी । मंगलबार मध्याह्न साढे १२ बजे महोत्तरी गाउँपालिका वडा नम्बर २ महोत्तरी बजारमा रहेको एनएमबी बैंकको शाखा कार्यालयबाट लुटपाट भएको हो।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका डिएसपी दिलिपकुमार गिरीका अनुसार ४ जनाले पेस्तोल देखाएर बैंक लुटपाट गरेका हुन्।

बैंकमा लुटपाट भइरहेको बेलाको सिसिटिभी फुटेज बाहिरिएको छ।

जसमा मास्क लगाएका ४ जना पुरूषले पेस्तोल देखाउँदै बैंकभित्र प्रवेश गरेको देखिन्छ।

ग्राहकलाई एक ठाउँमा उभाएर उनीहरू काउन्टरभित्र प्रवेश गरेको भिडिओमा देखिन्छ। अर्का एक लुटेराले भने ग्राहककै कपडा लिएर काउन्टरमा प्रवेश गरेको देखिन्छ।

केहीबेरमा त्यही कपडामा पैसा पोको पारेर ल्याएको देखिएको छ। प्रहरीका अनुसार लुटपाट भएको रकमको विवरण आइसकेको छैन। तर बैंकले भने करिब ३५ लाख रुपैयाँ लुटेको प्रारम्भिक जानकारी प्रहरीलाई दिएको छ।

लुटपाट गर्ने व्यक्तिहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । जमुनाह नाकामा* भन्सार छली गरी सामान ल्याउन एक व्यक्तिले अनौठो उपाय अपनाएको फेला परेको छ। *घटना विवरण:* सशस्त्र प्रहरीले चेकजाँचका क्रममा एक व्यक्तिको शरीरमा *४ वटा लेडिज कुर्ता* एकैपटक लगाएको देखेपछि शंका लागेर नियन्त्रणमा लिएको हो। सोधपुछ गर्दा उनले भन्सार नतिरी सामान भित्र्याउन यस्तो गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ। *उद्देश्य:* अधिक मात्रामा […]

बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेको विशेष प्रहरी टोलीले जमुनाहा सिमानाकास्थित एक होटलबाट लाखौं रुपैयाँ बराबरको अवैध किराना सामान* बरामद गरेको छ। *घटना विवरण:* सूचनाका आधारमा खटिएको टोलीले होटेलमा भण्डारण गरी राखिएको अवस्थामा भन्सार छली गरेर भारतबाट ल्याइएका किराना सामान फेला पारेको थियो। सामानको बिल, भन्सार कागजात नभेटिएपछि सबै सामान नियन्त्रणमा लिइएको हो। नजिकै रहेको […]

काठमाडौं । सशस्त्र प्रहरीले *लितपुरको चाँगाथलीबाट नक्कली मदिरा उत्पादनमा सक्रिय गिरोहका ४ जनालाई* पक्राउ गरेको छ। *पक्राउ परेकाहरू:* 1. मनोज खत्री, ३० वर्ष – रामेछाप, खाँडादेवी गाउँपालिका–२ 2. विनोद तामाङ, २८ वर्ष – रामेछाप, खिम्ती गाउँपालिका 3. विवेक तामाङ, २६ वर्ष – रामेछाप, खिम्ती गाउँपालिका 4. छिदेन निमा तामाङ, २ वर्ष – सिन्धुपाल्चोक, बाह्रविसे नगरपालिका–६ […]

error: Content is protected !!