
(ABC-Sanchar)
दाङ । गढवा गाउँपालिकामा घरेलु हिंसा तथा मानव बेचविखन सम्वन्धी एक दिने सचेतनामुलक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
स्वच्छ नेपालको आयोजना तथा गढवा गाउँपालिकाको आर्थिक सहयोगमा मंगलवार गढवा गाउँपालिका वडा नं. ४ मा घरेलु हिंसा तथा मावन बेचविखन सम्वन्धी सचेतनामुलक कार्यक्रम भएको हो ।
स्वच्छ नेपालका अध्यक्ष बिन्दु गिरीको अध्यक्षता तथा गढवा गाउँपालिकाका उपाध्यक्ष शारदा चौधरीको प्रमुख आतिथ्यता एवं वडा नं. ४ का वडा अध्यक्ष हरिभक्त चौधरीको विशिष्ट आतिथ्यतामा भएको कार्यक्रममा बोल्ने बक्ताहरुले लैंगिक हिंसा तथा मानव बेचविखनका घट्नाहरु रोक्नका लागि सचेतना आवश्यक रहेकोमा जोड दिएका थिए ।
कायक्रममा चेतनाको अभावमा अहिलेपनि समाजमा महिलामाथि हिंसा हुने गरेको भन्दै उपाध्यक्ष चौधरीले हिंसाका घट्ना न्यूनीकरणका लागि बालबालिकाहरुदेखि नै चेतना प्रवाह गर्न आवश्यक रहेको बताएकी थिइन । कार्यक्रमको प्रशिक्षकमा बसुुन्धरा गौतम र सुशीला पौडेल रहेका थिए ।
कार्यक्रममा ४० जनाको सहभागीता रहेको थियो । कार्यक्रमको सहजीकरण हेमराज अधिकारीले गरेका थिए ।