०६ जेठ २०८३, बुधबार
20-05-2026 , Wed
×

जितपुर उपमहानगरले मापदण्ड बिपरित बनेको अस्त्पताल सेवा बन्द गर्न निर्देशन

Logo
प्रकाशित बुधबार, जेठ १७, २०८०


(ABC-Sanchar)
बारा । जीतपुर सिमरा उपमहानगरपालिकाको कार्यालयले ले मापदण्ड विपरीत सञ्चालनमा रहेको सिमरास्थित निम्स अस्पताललाई स्वास्थ्य सेवा बन्द गर्न निर्देशन दिएको छ । उपमहानगरले मंगलबार पत्र काटेर अस्पताल सञ्चालनकाे लागि मापदण्ड नपुगेको भन्दै अस्पताललाई स्वास्थ्य सेवा प्रवाह बन्द गर्न निर्देशन दिएको थियो ।

प्रमुख प्रशासकीय अधिकृत हरिलाल पुरीले स्वास्थ्य संस्था दर्ता, अनुमति तथा नवीकरण सम्बन्धी नियमावली अनुसार मापदण्ड पूरा गरेको हुनुपर्नेमा नदेखिएको हुन्दा सेवा बन्द गर्न पत्राचार अस्पताललाई गरेका थिए । अस्पताल बन्द गर्नु पूर्व उपमहानगरपालिकले उक्त अस्पतालको अनुगमन र कागजपत्र अनुसन्धान गरेको थियो ।

मापदण्ड पूरा नगरेकै अवस्थामा उक्त अस्पताल लामो समयदेखि सञ्चालनमा रहिआएकाे हुन्दा इजाजत लिएको भन्दा बाहिरको सेवा प्रवाह गर्न खोजेको भन्दै उक्त अस्पताललाई यसअघि पनि अनुगमन टोलीले पटक पटक कारबाही गर्दा पनि अटेरी गरेका थिए ।

उक्त अस्पताल जीतपुरसिमरा उपमहानगरपालिकाको स्वास्थ्य कर्मचारी आजम हुसेन देवानले संचालनमा लयाएका हुन। देवान जीतपुरसिमरा नगर अस्पतालमा ल्याब टेक्निसियनमा कार्यरत छन् ।

साथै उपमहानगरले वडा नं ७स्थित राव नर्सिङ होम प्रा.लि. लाईपनि स्वास्थ्य संस्था दर्ता अनुमति तथा नवीकरण सम्बन्धी नियमावली २०७९ अनुसार मापदण्ड पुरा नभएको भन्दै मंगलबारदेखि नै सम्पूर्ण स्वास्थ्य सेवा बन्द गर्न निर्देशन दिएको थियोे ।

जितपुर सिमरा उपमहानगरको निर्देशन विपरीत बन्द नगरेमा कानुन बमोजिम कारबाही गरिने पत्रमा उल्लेख छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सुर्खेत । बसपार्क अगाडि सडक छेउमा *काफल बेचिरहेकी एक महिलालाई नगर प्रहरीले लछारपछार पारेको* घटना सार्वजनिक भएको छ। *घटना विवरण:* प्रत्यक्षदर्शीहरूका अनुसार महिला सडक छेउमा फलफूल बेच्दै गर्दा नगर प्रहरीले ठाउँ खाली गर्न भन्दै सामान उठाउन खोजेका थिए। त्यस क्रममा दुवै पक्षबीच भनाभन भएपछि नगर प्रहरीले महिलालाई बल प्रयोग गरेको आरोप छ। घटनाको भिडियो सामाजिक […]

बाँके । जमुनाह नाकामा* भन्सार छली गरी सामान ल्याउन एक व्यक्तिले अनौठो उपाय अपनाएको फेला परेको छ। *घटना विवरण:* सशस्त्र प्रहरीले चेकजाँचका क्रममा एक व्यक्तिको शरीरमा *४ वटा लेडिज कुर्ता* एकैपटक लगाएको देखेपछि शंका लागेर नियन्त्रणमा लिएको हो। सोधपुछ गर्दा उनले भन्सार नतिरी सामान भित्र्याउन यस्तो गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ। *उद्देश्य:* अधिक मात्रामा […]

बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेको विशेष प्रहरी टोलीले जमुनाहा सिमानाकास्थित एक होटलबाट लाखौं रुपैयाँ बराबरको अवैध किराना सामान* बरामद गरेको छ। *घटना विवरण:* सूचनाका आधारमा खटिएको टोलीले होटेलमा भण्डारण गरी राखिएको अवस्थामा भन्सार छली गरेर भारतबाट ल्याइएका किराना सामान फेला पारेको थियो। सामानको बिल, भन्सार कागजात नभेटिएपछि सबै सामान नियन्त्रणमा लिइएको हो। नजिकै रहेको […]

error: Content is protected !!