
ABC (क्राईमबिट)
पर्सा । बिरगंज महानगरपालिका वडा नाे.१५ भिस्वा बस्ने लालबाबु साहको दुई तल्ले पक्की घरमा कोढ़ा भाडामा लिई नामथर वतन नखुलेको ब्याक्तिले काजु, लत्ताकपडा ,खुद्रा पापापड ,लवाङ ,सरटकाे थान कपडा लगायतको मालवसतु हरु मिति २०८०/०२/१६ गते अनदाजि ०८:३०
विशेष सूचनाको आधारमा मालबस्तुहरू भन्सार छली चोरी पैठारी गरी अनाधिकृतरूपमा भण्डारण गरेको स्थानबाट स्थानीय जनप्रतिनिधीहरूको रोहबरमा उक्त कोठाको कानूनी रीतपुर्याई खानतलासी गर्दा काजु-४०० के.जी., सर्ट थान कपडा-२२५७ मिटर, खुल्ला पापड-१४७ के.जी., ल्वाङ्ग-७२ के.जी., हुक्काको फलेवर-४६ प्याकेट गरी जम्मा रू.११,६६,७९०।– ( एघार लाख छयसठ्ठी हजार सात सय नवे )
बराबरको मालबस्तुहरू बरामद गरी आजै वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको पर्सा जिल्ला प्रहरी कार्यालयका प्रवक्ता दिपक गिरिले जानकारी गराएको छ।