०६ जेठ २०८३, बुधबार
20-05-2026 , Wed
×

निल गाईहरुले रौतहट र सर्लाहीमा नीलगाईले बालीनाली नोक्सान गर्दै

Logo
प्रकाशित बिहिबार, जेठ १८, २०८०


(ABC-Sanchar)
रौतहट । सर्लाहीको विभिन्न भागमा दर्जनौँको संख्यामा झुन्डमा देखिने नीलगाईको आतंकले सर्वसाधारण किसान आतंकित बनेका छन्।

रौतहटको गढीमाई नगरपालिका २ समनपुरका रवीन्द्र सहनीले नीलगाईको आतंकले आफूहरू निकै पीडित बनेको बताएका छन्। बागमती नदीको बगरमा सयौँको संख्यामा रहेको नीलगाईले बालीनालीलाई नोक्सान पुर्‍याएको बताएका छन्। बालीनालीलाई नोक्सान पुर्‍ याउँदा आफूहरू निकै समस्यामा परेको सहनीको भनाइ छ।

यस्तै धर्मेन्द्र पटेलले पनि समूहमा आउने नीलगाईले तरकारी बालीमा ठूलो नोक्सानी पुर्‍ याउने गरेको बताउँछन्। तरकारी बाली खान पल्केका नीलगाईको समूहले बाली नै बर्बाद पारेको पटेल बताउँछन्।

यसै गरी धन्हारीका केराखेती किसान राम बिलास साहले नीलगाईले केराखेतीमा ठूलो नोक्सान पुर्‍ याएको बताएका छन्। केराको झारलाई भाँचेर तथा फलेको केरा नै खाइदिएर नीलगाईले नोक्सानी पुर्‍ याइरहेकोले केराखेती गर्ने किसानले दुःख पाइरहेको साह बताउँछन्।

सर्लाहीको खैर्बाका किसान भोला सहनीले नीलगाई बालीमा पसेर नोक्सान पुर्‍ याइरहेको बताउँछन्। समूहमा आउने नीलगाईले बालीमा पसेर खाने तथा बाली कुल्चेर हैरान पारेको सहनीको भनाइ छ। आफ्नो धनिया खेतीलाई नीलगाईले सखाप नै पारेको सहनी बताउँछन्।

किसानको खेतमा निरन्तर नोक्सानी पुर्‍ याइरहेको नीलगाईको समूहले उष्ण प्रादेशिक बागवानी केन्द्र नवलपरमा पनि ठूलो नोक्सानी पुर्‍ याइरहेको छ। केन्द्रको सीमाभित्र करिब साढे तीन सयको संख्यामा रहेको नीलगाईले केन्द्रको विरुवा खाइदिने गरेको केन्द्र स्रोतको दाबी छ।

सर्लाही र रौतहटमा विभिन्न बालीमा नीलगाईको समूहले ठूलो नोक्सानी पुर्‍ याइरहँदा सम्बन्धित निकायको ध्यान जान नसकेको किसानको भनाइ छ। नीलगाईलाई नेपालमा संरक्षित पशु चौपायाको श्रेणीमा राखिएको र धपाउँदा पनि सावधानी अपनाउनु पर्ने भएकोले किसानहरूले आफ्नो बालीलाई सुरक्षा दिनुपरेको गुनासो रहेको छ।

नीलगाईले रौतहट र सर्लाहीको खेतीमा वर्षेनी करोडौको नोक्सान पुर्‍ याउने गरेको अनुमान गरिएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सुर्खेत । बसपार्क अगाडि सडक छेउमा *काफल बेचिरहेकी एक महिलालाई नगर प्रहरीले लछारपछार पारेको* घटना सार्वजनिक भएको छ। *घटना विवरण:* प्रत्यक्षदर्शीहरूका अनुसार महिला सडक छेउमा फलफूल बेच्दै गर्दा नगर प्रहरीले ठाउँ खाली गर्न भन्दै सामान उठाउन खोजेका थिए। त्यस क्रममा दुवै पक्षबीच भनाभन भएपछि नगर प्रहरीले महिलालाई बल प्रयोग गरेको आरोप छ। घटनाको भिडियो सामाजिक […]

बाँके । जमुनाह नाकामा* भन्सार छली गरी सामान ल्याउन एक व्यक्तिले अनौठो उपाय अपनाएको फेला परेको छ। *घटना विवरण:* सशस्त्र प्रहरीले चेकजाँचका क्रममा एक व्यक्तिको शरीरमा *४ वटा लेडिज कुर्ता* एकैपटक लगाएको देखेपछि शंका लागेर नियन्त्रणमा लिएको हो। सोधपुछ गर्दा उनले भन्सार नतिरी सामान भित्र्याउन यस्तो गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ। *उद्देश्य:* अधिक मात्रामा […]

बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेको विशेष प्रहरी टोलीले जमुनाहा सिमानाकास्थित एक होटलबाट लाखौं रुपैयाँ बराबरको अवैध किराना सामान* बरामद गरेको छ। *घटना विवरण:* सूचनाका आधारमा खटिएको टोलीले होटेलमा भण्डारण गरी राखिएको अवस्थामा भन्सार छली गरेर भारतबाट ल्याइएका किराना सामान फेला पारेको थियो। सामानको बिल, भन्सार कागजात नभेटिएपछि सबै सामान नियन्त्रणमा लिइएको हो। नजिकै रहेको […]

error: Content is protected !!