ABC (क्राईमबिट)
मकवानपुर । हेटौंडामा एक महिलाले ५ बर्षय र अर्को छोरा १८महिनाको छोरासहित आफूले विष पिएर आत्महत्याको प्रयास गरेकी थिन ।
प्रहरीका अनुसार बुधबार साँझ हेटौँडा उपमहानगरपालिका–१५ जाँतेकी ३६ वर्षीया सोनी पाख्रिनले ५वर्षीय छोरा अस्किन र १८ महिने छोरा जेनिस वाइबालाई विष खुवाएर आफूले पनि विष सेवन गरेकी हुन् ।
झार मार्ने विषादी प्याराक्वाइट डाइक्लोराइड खाएका उनीहरुलाई हेटौडा अस्पताल हुँदै राति नैई चितवन मेडिकल कलेज मा लगिएको थियो । तर, उपचारका क्रममा बिहीबार बिहान छोरा १८ महिनाको जेनिसको मृत्यु भएको मकवानपुर जिल्ला प्रहरी कार्यालयका प्रव्क्ता टेक बहादुर कार्कीले जनाएको छ ।
साथै, आमा सोनी र अर्काे छोरा अस्किनको अवस्था गम्भीर रहेको । उनीहरूको आईसीयू कक्षमा उपचार भइरहेको छ । उनीहरुले विष सेवन गर्नुको कारण खुलिनसकेको र घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता टेक बहादुर कार्कीले जानकारी गराउन भएको छ।