०६ जेठ २०८३, बुधबार
20-05-2026 , Wed
×

दाङका १९० जनाको सदस्यता खारेजी ८५ जनाको मात्रै सदस्यता नविकरण गर्न सिफारिस

Logo
प्रकाशित शुक्रबार, जेठ १९, २०८०

(ABC-Sanchar)

दाङ । नेपाल पत्रकार महासंघको केन्द्रीय समितिले निर्धारण गरेको ‘पत्रकार महासंघको सदस्यता शुद्धिकरण मापदण्ड-२०७९’ दाङमा पूर्ण रुपमा कार्यान्वयनमा आएको छ । पत्रकार महासंघ दाङ शाखाका अध्यक्ष दुर्गालाल केसीको अध्यक्षतामा बिहीबार बसेको बैठकले सदस्यता शुद्धिकरण मापदण्ड-२०७९’ दाङमा पूर्ण रुपमा कार्यान्वयनमा ल्याएको हो ।

बैठकले दाङ शाखाको सदस्यता शुद्धिकरणका लागि सिफारिस गर्न गठित समितिले पेश गरेको प्रतिवेदन पनि पारित गरेको छ । शाखा उपाध्यक्ष सन्तोष सुवेदीको संयोजकत्वमा सहसचिव दशरथ घिमिरे र सदस्य उदय बिसी सदस्य रहेको समितिले पेश गरेको प्रतिवेदन अनुसार नविकरण गर्न मिल्ने र नमिल्ने सदस्यहरुको टुंगो लगाएको छ ।

महासंघ दाङ शाखामा रहेका २ सय ७५ सदस्यमध्ये मापदण्ड अनुसार हाल ८५ जना सदस्यको मात्रै नविकरण गर्ने निर्णय गरिएको छ । पत्रकारितामा क्रियाशिल नरहेका, स्वेच्छिक त्याग गरेका र मापदण्ड अनुसार नविकरण गर्न नमिल्ने अवस्थाका ११८ जना सदस्यहरुको नविकरण नगर्ने निर्णय भएको छ ।

त्यस्तै सदस्यता शुद्धिकरण सिफारिश समितिले पत्रकारितामा क्रियाशिल रहेका तर मापदण्ड अनुसार नविकरण गर्न नमिल्ने अवस्थाका ८१ जना सदस्यका सम्बन्धमा थप छलफल गर्न आवश्यक देखिएकाले महासंघको प्रदेश र केन्द्रीय समितिमा पठाउन समितिले सुझाव दिएका कारण उक्त सुझावलाई सोही अनुसार पठाउने निर्णय भएको छ ।

बैठकले महासंघका संस्थापक र शाखाका पूर्व अध्यक्षहरुलाई उनीहरुको चाहना अनुसार मानार्थ सदस्यमा सिफारिश गर्ने निर्णय गरेको छ । त्यस्तै दाङ शाखामा सदस्य रहेका तर हाल अन्य जिल्लामा क्रियाशिल रहेका सदस्यको हकमा कार्यरत जिल्लामै सदस्यता स्थानान्तरण गर्न अनुरोध गर्ने निर्णय समेत भएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । जमुनाह नाकामा* भन्सार छली गरी सामान ल्याउन एक व्यक्तिले अनौठो उपाय अपनाएको फेला परेको छ। *घटना विवरण:* सशस्त्र प्रहरीले चेकजाँचका क्रममा एक व्यक्तिको शरीरमा *४ वटा लेडिज कुर्ता* एकैपटक लगाएको देखेपछि शंका लागेर नियन्त्रणमा लिएको हो। सोधपुछ गर्दा उनले भन्सार नतिरी सामान भित्र्याउन यस्तो गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ। *उद्देश्य:* अधिक मात्रामा […]

बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेको विशेष प्रहरी टोलीले जमुनाहा सिमानाकास्थित एक होटलबाट लाखौं रुपैयाँ बराबरको अवैध किराना सामान* बरामद गरेको छ। *घटना विवरण:* सूचनाका आधारमा खटिएको टोलीले होटेलमा भण्डारण गरी राखिएको अवस्थामा भन्सार छली गरेर भारतबाट ल्याइएका किराना सामान फेला पारेको थियो। सामानको बिल, भन्सार कागजात नभेटिएपछि सबै सामान नियन्त्रणमा लिइएको हो। नजिकै रहेको […]

काठमाडौं । सशस्त्र प्रहरीले *लितपुरको चाँगाथलीबाट नक्कली मदिरा उत्पादनमा सक्रिय गिरोहका ४ जनालाई* पक्राउ गरेको छ। *पक्राउ परेकाहरू:* 1. मनोज खत्री, ३० वर्ष – रामेछाप, खाँडादेवी गाउँपालिका–२ 2. विनोद तामाङ, २८ वर्ष – रामेछाप, खिम्ती गाउँपालिका 3. विवेक तामाङ, २६ वर्ष – रामेछाप, खिम्ती गाउँपालिका 4. छिदेन निमा तामाङ, २ वर्ष – सिन्धुपाल्चोक, बाह्रविसे नगरपालिका–६ […]

error: Content is protected !!