०६ जेठ २०८३, बुधबार
20-05-2026 , Wed
×

जिल्ला प्रशासन कार्यालय दाङले दर्ता बिना खुलेको चर्चहरुको रेकर्ड खोज्दै

Logo
प्रकाशित शनिबार, जेठ २०, २०८०


(ABC-Sanchar)
दाङ । जिल्ला प्रशासन कार्यालय दाङले गाउँगाउँमा खुलेका चर्चहरूको रेकर्ड संकलन गर्न थालेको छ । दर्ताबिना नै गाउँगाउँमा चर्चहरू खोल्ने देखि भवनहरू समेत निर्माण हुन थालेपछि कार्यालयले पालिकामा सञ्चालनमा रहेका चर्च र तीनका संचालनकहरुको विवरण संकलन गर्न थालेको हो ।

दाङमा करिब २५० वटा चर्चहरू सञ्चालनमा रहेको अनुमान गरिए पनि जिल्ला प्रशासन कार्यालयमा भने २ वटा मात्रै चर्चहरू दर्ता भएर सञ्चालनमा रहेका छन् । सहायक प्रमुख जिल्ला अधिकारी सावित्रा पुनका अनुसार दमारगाउँ चर्च र इसाई समुदाय दाङ, मात्रै जिल्ला प्रशासन कार्यालयमा दर्ता भएका छन् ।

दाङमा दर्ताबिना सयौँको सङ्ख्यामा चर्चहरू सञ्चालनमा रहेको जानकारी आएकाले सबै पालिकाबाट विवरण संकलन गरिरहेको बताउँदै सहायक प्रमुख जिल्ला अधिकारी पुनले कति पालिकाहरुबाट विवरणहरू समेत आइसकेको बताउनुभयो ।

दर्ताबिना सञ्चालनमा रहेका चर्चहरूको विषयमा प्रमुख जिल्ला अधिकारीसँग केही दिनमै बसेर टुङ्गो लगाउने पुनले बताउनुभयो । तुलसीपुरमा करिब २५ वटा चर्चहरु संचालनमा रहेकाे बुझीएकाे छ । येशूमा विश्वास गर्ने इसाई समुदायका मानिसहरू जमघट भएर संगति वा आरधना गर्ने थलोलाई मण्डली वा चर्च भन्ने गरिन्छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । जमुनाह नाकामा* भन्सार छली गरी सामान ल्याउन एक व्यक्तिले अनौठो उपाय अपनाएको फेला परेको छ। *घटना विवरण:* सशस्त्र प्रहरीले चेकजाँचका क्रममा एक व्यक्तिको शरीरमा *४ वटा लेडिज कुर्ता* एकैपटक लगाएको देखेपछि शंका लागेर नियन्त्रणमा लिएको हो। सोधपुछ गर्दा उनले भन्सार नतिरी सामान भित्र्याउन यस्तो गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ। *उद्देश्य:* अधिक मात्रामा […]

बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेको विशेष प्रहरी टोलीले जमुनाहा सिमानाकास्थित एक होटलबाट लाखौं रुपैयाँ बराबरको अवैध किराना सामान* बरामद गरेको छ। *घटना विवरण:* सूचनाका आधारमा खटिएको टोलीले होटेलमा भण्डारण गरी राखिएको अवस्थामा भन्सार छली गरेर भारतबाट ल्याइएका किराना सामान फेला पारेको थियो। सामानको बिल, भन्सार कागजात नभेटिएपछि सबै सामान नियन्त्रणमा लिइएको हो। नजिकै रहेको […]

काठमाडौं । सशस्त्र प्रहरीले *लितपुरको चाँगाथलीबाट नक्कली मदिरा उत्पादनमा सक्रिय गिरोहका ४ जनालाई* पक्राउ गरेको छ। *पक्राउ परेकाहरू:* 1. मनोज खत्री, ३० वर्ष – रामेछाप, खाँडादेवी गाउँपालिका–२ 2. विनोद तामाङ, २८ वर्ष – रामेछाप, खिम्ती गाउँपालिका 3. विवेक तामाङ, २६ वर्ष – रामेछाप, खिम्ती गाउँपालिका 4. छिदेन निमा तामाङ, २ वर्ष – सिन्धुपाल्चोक, बाह्रविसे नगरपालिका–६ […]

error: Content is protected !!