०६ जेठ २०८३, बुधबार
20-05-2026 , Wed
×

ईप्रका गणेशपुरको नव निर्मित दुर्गा मन्दिरकाे एसपी बस्नेतद्वारा उद्घाटन

Logo
प्रकाशित शनिबार, जेठ २०, २०८०

ABC (क्राईमबिट)
कपिलवस्तु । ईलाका प्रहरी कार्यालय गणेशपुरमा नव निर्मित दुर्गा मन्दिरकाे उद्घाटन गरिएको छ । प्रहरी उपरीक्षक प्रेम बहादुर बस्नेतले शनिबार प्रहरी कार्यालय प्राङ्गणमा नव निर्मित दुर्गा मन्दिरकाे विधिवत् पूजापाठ गरि उद्घाटन गरेका हुन् ।

विजयनगर गाउँपालिका, कृ्ष्णनगर नगरपालिकाका जनप्रतिनिधि, समाजेसेवी, समाजका अगुवा व्यक्तित्वहरुकाे सहयोगमा दुर्गा मन्दिर निर्माण गरिएको इलाका प्रहरी कार्यालय गणेशपुरका प्रहरी निरीक्षक कृष्ण राना मगरले जानकारी दिए ।

कार्यक्रमलाई सम्बाेधन गर्दै प्रहरी उपरीक्षक प्रेम बहादुर बस्नेतले जिल्लामै शान्ति, सुरक्षा कायम राख्न प्रहरीले अहाेरात्र खटिरहेकाे बताएका छन् । उनले यस प्रहरी कार्यालयले नागरिकलाई सुरक्षाको अनुभुति गराउन सफल भएको दाबी गरे । शान्ति सुरक्षा र सामाजिक सद्भाव कायम राख्न यहाँका नागरिकले पूर्ण सहयोग रहेकाे बताउँदै प्रहरीहरुलाई आफ्नो कर्तव्य पू्र्ण रुपमा पालना गर्न निर्देशनसमेत दिए । प्रहरी उपरीक्षक बस्नेतले नागरिककाे साथी बनेर नागरिकले अनुभुति गर्ने गरि काम गर्न अनुरोध गरे ।

यस्तै विजयनगर गाउँपालिका अध्यक्ष गाेपाल बहादुर थापाले धर्म, संस्कृतिकाे संरक्षण गर्नु सबैकाे कर्तव्य भएको बताएका छन् । यसले हाम्रो समाजमा धार्मिक सहिष्णुता, सामाजिक सद्भाव, भाइचाराकाे सम्बन्ध कायम गर्न अहम भूमिका निर्वाह गर्ने अध्यक्ष थापाकाे भनाइ छ । उनले इलाका प्रहरी कार्यालयले यस क्षेत्रका जनतालाई सुरक्षा अनुभूति दिलाएकाे बताउदै सधैँ सहयोग गर्ने प्रतिबद्धतासमेत जनाए ।

दुर्गा मन्दिर निर्माण लागि सहयोग गर्ने व्यक्तित्वहरुलाई प्रशंसा पत्रले सम्मान समेत गरिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । जमुनाह नाकामा* भन्सार छली गरी सामान ल्याउन एक व्यक्तिले अनौठो उपाय अपनाएको फेला परेको छ। *घटना विवरण:* सशस्त्र प्रहरीले चेकजाँचका क्रममा एक व्यक्तिको शरीरमा *४ वटा लेडिज कुर्ता* एकैपटक लगाएको देखेपछि शंका लागेर नियन्त्रणमा लिएको हो। सोधपुछ गर्दा उनले भन्सार नतिरी सामान भित्र्याउन यस्तो गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ। *उद्देश्य:* अधिक मात्रामा […]

बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेको विशेष प्रहरी टोलीले जमुनाहा सिमानाकास्थित एक होटलबाट लाखौं रुपैयाँ बराबरको अवैध किराना सामान* बरामद गरेको छ। *घटना विवरण:* सूचनाका आधारमा खटिएको टोलीले होटेलमा भण्डारण गरी राखिएको अवस्थामा भन्सार छली गरेर भारतबाट ल्याइएका किराना सामान फेला पारेको थियो। सामानको बिल, भन्सार कागजात नभेटिएपछि सबै सामान नियन्त्रणमा लिइएको हो। नजिकै रहेको […]

काठमाडौं । सशस्त्र प्रहरीले *लितपुरको चाँगाथलीबाट नक्कली मदिरा उत्पादनमा सक्रिय गिरोहका ४ जनालाई* पक्राउ गरेको छ। *पक्राउ परेकाहरू:* 1. मनोज खत्री, ३० वर्ष – रामेछाप, खाँडादेवी गाउँपालिका–२ 2. विनोद तामाङ, २८ वर्ष – रामेछाप, खिम्ती गाउँपालिका 3. विवेक तामाङ, २६ वर्ष – रामेछाप, खिम्ती गाउँपालिका 4. छिदेन निमा तामाङ, २ वर्ष – सिन्धुपाल्चोक, बाह्रविसे नगरपालिका–६ […]

error: Content is protected !!