०६ जेठ २०८३, बुधबार
20-05-2026 , Wed
×

पुर्व गृहमन्त्री खाँणको निवासमा भेटिएको कागज मैले लेखेको सचिव पाण्डेको बयान

Logo
प्रकाशित शनिबार, जेठ २०, २०८०


(ABC-Sanchar)
काठमाडौँ । भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका सचिव टेकनारायण पाण्डेले पूर्व गृहमन्त्री बालकृष्ण खाँणको निवासबाट बरामद भएको कागज आफूले लेखेको स्वीकारेका छन् ।

जिल्ला अदालत, काठमाडौँमा बयान दिँदै उनले हतास मनस्थितिमा रहेको बेलामा नोट बुकमा वैयक्तिक उक्त चिट लेखिएको दाबीसमेत गरेका छन् ।

बयानका क्रममा उनले भनेका छन्, ‘मलाई पक्राउपूर्जी जारी हुँदैछ भन्ने जानकारी पाएपछि हतासमा वैयक्तिक भावना र सन्देश व्यक्तिगत प्रयोजनका लागि नोट बुकमा लेखेको थिएँ । उक्त राति म बस्न घर बाहिर गएँ, बाहिर जाने क्रममा ट्याक्सीमा उक्त नोट बुक छुट्न गएको रहेछ ।’

जिल्ला अदालतमा पेस भएको आरोप पत्रमा भनिएको छ, ‘इन्कारी बयान गराउनका लागी लिखित सूचना पठाएपछि बालकृष्ण खाँणले आङटावा शेर्पा मार्फत रकम दिएको देखिदा प्रस्तुत मुद्दा कमजोर पार्ने र आफू अनि बालकृष्ण खाँण समेतका अन्य प्रतिवादीहरूलाई कसुर अपराधबाट बचाउने कार्य गरेको देखियो।’

प्रहरीले २८ वैशाख २०८० मा बालकृष्ण खाँणलाई पक्राउ गर्दा उनको मैजुबहालस्थित निवासबाट नोट बुक, डायरी र सम्पत्ति विवरण लगायतका कागजात बरामद गरेको थियो प्रहरी आउनासाथ खाँणले निवासमा रहेको त्यो कागजको चिट च्यातेर फालेका थिए । चिट बरामद गरेको प्रहरीले विधि विज्ञान प्रयोगशालाबाट च्यातिएको चिट जोड्नुका साथै त्यसमा लेखिएको विवरण हुबहु उतार्‍यो ।

उनले भनेका छन्, ‘पक्राउ पर्ने सूचना भएपछि मानसिक दबाबमा लेखेको हो, पठाउने प्रयोजनले लेखेको होइन ।
उक्त लेखाइबाट अनुसन्धान र न्यायिक प्रक्रियालाई प्रभाव पार्ने मेरो कुनै मनसाय होइन ।’

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेको विशेष प्रहरी टोलीले जमुनाहा सिमानाकास्थित एक होटलबाट लाखौं रुपैयाँ बराबरको अवैध किराना सामान* बरामद गरेको छ। *घटना विवरण:* सूचनाका आधारमा खटिएको टोलीले होटेलमा भण्डारण गरी राखिएको अवस्थामा भन्सार छली गरेर भारतबाट ल्याइएका किराना सामान फेला पारेको थियो। सामानको बिल, भन्सार कागजात नभेटिएपछि सबै सामान नियन्त्रणमा लिइएको हो। नजिकै रहेको […]

काठमाडौं । सशस्त्र प्रहरीले *लितपुरको चाँगाथलीबाट नक्कली मदिरा उत्पादनमा सक्रिय गिरोहका ४ जनालाई* पक्राउ गरेको छ। *पक्राउ परेकाहरू:* 1. मनोज खत्री, ३० वर्ष – रामेछाप, खाँडादेवी गाउँपालिका–२ 2. विनोद तामाङ, २८ वर्ष – रामेछाप, खिम्ती गाउँपालिका 3. विवेक तामाङ, २६ वर्ष – रामेछाप, खिम्ती गाउँपालिका 4. छिदेन निमा तामाङ, २ वर्ष – सिन्धुपाल्चोक, बाह्रविसे नगरपालिका–६ […]

काँकरभिट्टा । सशस्त्र प्रहरीले *परिचयपत्र बिना नेपाल प्रवेश गर्न खोजेका एक भारतीय नागरिकलाई* काँकरभिट्टा नाकाबाट फर्काएको छ। *घटना विवरण:* नियमित चेकजाँचका क्रममा उक्त व्यक्तिसँग नागरिकता, पासपोर्ट वा कुनै पनि वैध परिचयपत्र नभेटिएपछि नेपाल प्रवेश गर्न नदिई फिर्ता पठाइएको हो। खुला सीमामा पनि वैध कागजात अनिवार्य हुने भएकाले उनलाई प्रवेश अनुमति नदिइएको सशस्त्र प्रहरीले जनाएको छ। […]

error: Content is protected !!