०६ जेठ २०८३, बुधबार
20-05-2026 , Wed
×

घर बन्धकी राखेर साढे २ करोड गृहमन्त्री बादलको छोरालाई दिएको केसीको बयान

Logo
प्रकाशित शनिबार, जेठ २०, २०८०


(ABC-Sanchar)
काठमाडौँ । भुटानी शरणार्थी प्रकरणका आरोपित रामशरण केसीले सम्पत्ति बन्धकी राखेर प्रतीक थापालाई रकम दिएको स्वीकारेका छन् ।

जिल्ला अदालत, काठमाडौँमा बयानका क्रममा उनले आफूले जुटाएको डेढ करोड र प्रेमराज पन्थी (जाहेरीकर्ता)बाट लिएको एक करोड समेत गरी साढे २ करोड रुपैयाँ तत्कालीन गृहमन्त्री रामबहादुर थापाका छोरा प्रतीक थापालाई बुझाएको बताएका हुन् ।

केसीले बयानमा भनेका छन्, ‘केशव दुलालले मलाई नक्सालस्थित निलगिरी रेस्टुरेन्टमा पैसा लिएर आउनू भन्नुभयो । प्रतीक थापालाई नदेखाई पैसा दिँदैनौ भनेपछि दुलालले फोन गरेर बोलाए । प्रतीक थापाले दुलाललाई दिए हुन्छ भनेपछि नगदै दिएका हौँ । दुलालले कारको डिक्की खोलेर राख्न लगाउनुभयो । त्यसपछि लकडाउन भयो ।’

केसीले भुटानी शरणार्थी नेता टेकनाथ रिजालले बोलाएर आफूलाई केशवप्रसाद दुलालसँग चिनाइदिएको बताएका छन् । शरणार्थीको काम छ, भरपर्दो मान्छे केशवप्रसाद दुलाल हो भनेर रिजालले विश्वास दिलाएको भन्दै केसीले बयानमा आफूलाई टेकनाथ रिजालले मान्छे खोज्न भनेको समेत बताएका छन् । उनलाई रिजालले भने, ‘तपाईँका कोही आफन्त साथीभाइ अमेरिका जाने छन् भने मलाई भेटाइदिनुस् ।’

त्यसपछि भुटानी मानव अधिकार सङ्गठनको परिचयपत्र बाँड्ने काम भएको उनी बताउँछन् । आफ्नो र चिनजानका ३४ जनालाई परिचयपत्र दिइएको र त्यस क्रममा प्रतिव्यक्ति २ देखि ३ लाखका दरले करिव ९० लाख रुपैयाँ उठाएको केसीले बताएका छन् ।

२०७६ को मंसिरसम्ममा परिचयपत्रको आधारमा भुटानी शरणार्थीको सुचीमा छुट दर्ताको फाराम भर्ने काम भएको र त्यसपछि हरेकसँग १० लाख रुपैयाँका दरले रकम उठाइएको उनी बताउँछन् ।

त्यसपछिको कुनै एक दिन आफूलाई केशवप्रसाद दुलालले साँखु जाने बाटोमा रहेको रेष्टुरेन्टमा बोलाएको र दुलालको साथमा प्रतीक थापा समेत रहेको केसीले बताएका छन् । त्यहाँ पुगेपछि केशव दुलाल र प्रतीक थापाले, ‘अब काम निस्कियो, पैसा चाहियो भनेर रकम मागे । त्यसपछि मेरो घर दृष्टि बन्धक राखेर डेढ करोड २०७७ असोजमा नगदै बुझिलिएको हुँ । त्यसको राजश्व तिरेको रसिद मसँग छ । पोखराबाट प्रेमराज पन्थीले एक करोड रकम ल्याएपछि हामीले नक्सालमा केशव दुलाललाई नगदै दिएका हौँ ।

केसीले अदालतमा गरेको बयान अनुसार, काम नबनेपछि र ब्याजले थेग्न नसकेपछि प्रेमराज पन्थीले २ मंसिर २०७८ मा अख्तियारमा उजुरी दिएका हुन् । भोलिपल्ट रामशरण केसीले केशवप्रसाद दुलाल लगायतको नाम मुछेर उजुरी दिए । अख्तियार प्रमुख प्रेमकुमार राईले उनीहरूलाई बोलाए ।

अख्तियार प्रमुखसँग गरेको गुनासोबारे उनीहरूले बयानमा भनेका छन्, ‘हामी पीडित छौ, हजुर गृह सचिव भए देखिको पालामा निस्किएको काम अहिलेसम्म भएन, हामीले दिएको पैसा काम नहुने भए फिर्ता दिलाइदिनुपर्‍यो ।’

जवाफमा अख्तियार प्रमुख राईले ‘म कुरा गरिदिन्छु’ भनेर सान्त्वना दिएको केसीले बयानमा उल्लेख गरेका छन् । ‘त्यसको नौ महिनासम्ममा पनि केही कारबाही नभएपछि हामी अपराध महाशाखा, नयाँबानेश्वरमा निवेदन लिएर गयौँ,’ उनले भने ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेको विशेष प्रहरी टोलीले जमुनाहा सिमानाकास्थित एक होटलबाट लाखौं रुपैयाँ बराबरको अवैध किराना सामान* बरामद गरेको छ। *घटना विवरण:* सूचनाका आधारमा खटिएको टोलीले होटेलमा भण्डारण गरी राखिएको अवस्थामा भन्सार छली गरेर भारतबाट ल्याइएका किराना सामान फेला पारेको थियो। सामानको बिल, भन्सार कागजात नभेटिएपछि सबै सामान नियन्त्रणमा लिइएको हो। नजिकै रहेको […]

काठमाडौं । सशस्त्र प्रहरीले *लितपुरको चाँगाथलीबाट नक्कली मदिरा उत्पादनमा सक्रिय गिरोहका ४ जनालाई* पक्राउ गरेको छ। *पक्राउ परेकाहरू:* 1. मनोज खत्री, ३० वर्ष – रामेछाप, खाँडादेवी गाउँपालिका–२ 2. विनोद तामाङ, २८ वर्ष – रामेछाप, खिम्ती गाउँपालिका 3. विवेक तामाङ, २६ वर्ष – रामेछाप, खिम्ती गाउँपालिका 4. छिदेन निमा तामाङ, २ वर्ष – सिन्धुपाल्चोक, बाह्रविसे नगरपालिका–६ […]

काँकरभिट्टा । सशस्त्र प्रहरीले *परिचयपत्र बिना नेपाल प्रवेश गर्न खोजेका एक भारतीय नागरिकलाई* काँकरभिट्टा नाकाबाट फर्काएको छ। *घटना विवरण:* नियमित चेकजाँचका क्रममा उक्त व्यक्तिसँग नागरिकता, पासपोर्ट वा कुनै पनि वैध परिचयपत्र नभेटिएपछि नेपाल प्रवेश गर्न नदिई फिर्ता पठाइएको हो। खुला सीमामा पनि वैध कागजात अनिवार्य हुने भएकाले उनलाई प्रवेश अनुमति नदिइएको सशस्त्र प्रहरीले जनाएको छ। […]

error: Content is protected !!