०६ जेठ २०८३, बुधबार
20-05-2026 , Wed
×

रेशम चौधरीलाई फूलमाला सहित बधाई दिने डिएसपी उद्धवसिंहलाई गणमा तानियो

Logo
प्रकाशित शनिबार, जेठ २०, २०८०

ABC (क्राईमबिट)

काठमाडौं । प्रहरी प्रधान कार्यालयले रेशम चौधरीलाई जेलमुक्त भएको खुसीयालीमा बधाई दिने कैलाली प्रहरी प्रमुख डिएसपी उद्धवसिंह भाटलाई नेपाल प्रहरी विशेष सुरक्षा गण सुनवलमा तानेको छ ।

प्रहरीले कैलाली प्रहरी प्रमुखको रुपमा डिएपी तुलसीराम अर्याललाई पठाएर भाटलाई सुनवल पठाइएको प्रहरी प्रधान कार्यालयको मानवस्रोत विकास विभागले जनाएको छ।

डिएसी भाट ७ जना प्रहरी र एक नाबालकको ज्यान जाने गरी भएको टीकापुर घटनामा दाेषी ठहर भई जन्मकैदको सजाय भोगिरहेको अवस्थामा यही जेठ १५ गते गणतन्त्र दिवसको अवसरमा राष्ट्रपतिबाट आममाफी पाएका चौधरीलाई खुसीयालीमा सार्वजनिक कार्यक्रमै बधाई दिएपछि विवादमा तानिएका थिए।

विवादपछि उनलाई सुनवल पुर्‍याइएको प्रहरी प्रधान कार्यालय स्रोतले जनाएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेको विशेष प्रहरी टोलीले जमुनाहा सिमानाकास्थित एक होटलबाट लाखौं रुपैयाँ बराबरको अवैध किराना सामान* बरामद गरेको छ। *घटना विवरण:* सूचनाका आधारमा खटिएको टोलीले होटेलमा भण्डारण गरी राखिएको अवस्थामा भन्सार छली गरेर भारतबाट ल्याइएका किराना सामान फेला पारेको थियो। सामानको बिल, भन्सार कागजात नभेटिएपछि सबै सामान नियन्त्रणमा लिइएको हो। नजिकै रहेको […]

काठमाडौं । सशस्त्र प्रहरीले *लितपुरको चाँगाथलीबाट नक्कली मदिरा उत्पादनमा सक्रिय गिरोहका ४ जनालाई* पक्राउ गरेको छ। *पक्राउ परेकाहरू:* 1. मनोज खत्री, ३० वर्ष – रामेछाप, खाँडादेवी गाउँपालिका–२ 2. विनोद तामाङ, २८ वर्ष – रामेछाप, खिम्ती गाउँपालिका 3. विवेक तामाङ, २६ वर्ष – रामेछाप, खिम्ती गाउँपालिका 4. छिदेन निमा तामाङ, २ वर्ष – सिन्धुपाल्चोक, बाह्रविसे नगरपालिका–६ […]

काँकरभिट्टा । सशस्त्र प्रहरीले *परिचयपत्र बिना नेपाल प्रवेश गर्न खोजेका एक भारतीय नागरिकलाई* काँकरभिट्टा नाकाबाट फर्काएको छ। *घटना विवरण:* नियमित चेकजाँचका क्रममा उक्त व्यक्तिसँग नागरिकता, पासपोर्ट वा कुनै पनि वैध परिचयपत्र नभेटिएपछि नेपाल प्रवेश गर्न नदिई फिर्ता पठाइएको हो। खुला सीमामा पनि वैध कागजात अनिवार्य हुने भएकाले उनलाई प्रवेश अनुमति नदिइएको सशस्त्र प्रहरीले जनाएको छ। […]

error: Content is protected !!