
ABC (क्राईमबिट)
काठमाडौँ । प्रहरी प्रधान कार्यालयले ३ जना डीएसपीको काज सरुवा गरेको छ ।
इलाका प्रहरी कार्यालय टिकापुर, कैलालीमा तुल्सीराम अर्याललाई काज सरुवा गरिएको छ । टिकापुरमा कार्यरत उद्धव सिंह भाटलाई जिम्मेवारीबाट हटाइएको छ ।
भाटलाई नेपाल प्रहरी विशेष सुरक्षा गण सुनवलमा काज सरुवा गरिएको छ । प्रहरी वृत सिंहदरबारमा रविन्द्रमान गुरुङलाई ल्याइएको छ । सिंहदरबार वृतमा कार्यरत गोविन्द पुरी प्रहरी उपरीक्षकमा बढुवा भएपछि सो वृत्तमा डीएसपी पद रिक्त थियो ।