
ABC (क्राईमबिट)
पर्सा । बिरगंज महानगरपालिका वडा नं.१६ रजतजयन्ती चोक स्थित सडकखण्डबाट भन्सार छली चोरी पैठारी गरी १०/१२ जना अपरिचित व्यक्तिहरूले टाउकोमा विभिन्न किसिमका लत्ताकपडाहरू तथा खाद्यान्न लगायतका मालबस्तुहरू वीरगञ्जतर्फ भित्राउदै गरेको अवस्थामा इनर्वा प्रहरी चौकिको कमान्ड सम्भालेका वरिष्ठ सई बिनोद काफ्लेको मातहत बाट खटिएको प्रहरी टाेलि र वडा प्रहरी कार्यालय विर्ता बाट खटिएको प्रहरी टोलीलाई देख्नासाथ बोकी ल्याएको मालबस्तुहरू छाडी भागी फरार भएकोले उक्त मालबस्तुहरू वेवारिसे अवस्थामा
फेलापारिएको अंनदाजि रू.६,५४,६८५।– ( छ लाख चौवन हजार छ सय पचासी ) बराबरको बिभिन्न किसिमका लत्ताकपडाहरू तथा चकलेटहरू आवश्यक कारवाहीको लागि आजै वीरगञ्ज भन्सार कार्यालयमा बुझाएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायव उपरीक्षक दिपक गिरिले जानकारी गराउनु भएको हो।