०६ जेठ २०८३, बुधबार
20-05-2026 , Wed
×

मेदान्त कन्स्ट्रक्सनले भारतीय गाडिहरुबाट गुन्डा सैइलीमा दोहोरो पैसा उठाउदै प्रहरी बेखबर ??

Logo
प्रकाशित बुधबार, जेठ २४, २०८०

ABC (क्राईमबिट)

पर्सा । बिरगंज महानगरपालिका नगर कार्येपालिकाको कार्यालयले लगाएको ठेक्का बिरगंज महानगरपालिकाकाे आर्थिक ऐन २०७९ काे दफा ६ अनुसुचि -५ बमोजिमको महानगरपालिका छेत्र भित्र लगाइएको ठेक्का जडिबुटी ,कबाडी ,प्रचलित कानुनले निषेध गरेको जिवजन्तु को हाड,प्वाँख ,छाला जस्ता बस्तुको बयाबसायिक उपयाेग एवम् काराेबार गरेबापतकाे कर र साेहि ऐनकाे दफा -१३ अनुसुचि -१२ सि.न.१४ बमोजिम महानगरपालिका छेत्र भित्र सिमेन्ट उत्पादन गरि बिक्रीवितरण गर्ने उध्योग बाट उत्पादित सिमेन्टको बिक्रीमा शुल्क संकलन गर्ने दर र रेट स्थान हरुबाट ठेकेदारले कर शुल्क संकलन गर्ने गरि त्यार गरिएको समझौता पत्रमा सहमत भैई सहिछाप गरि एक प्रती महानगरले राखेको र अर्को एक प्रती ठेक्का लिएको मेदान्त कन्स्ट्रक्सन प्रा.लि.का संचालक सनजय कुमार गुप्ताले आ.ब.२०७९/०८० को लागि लिएको ठेक्कामा महानगरपालिकाकाे नियम बिपरित भारतीय लाेड र खालि गााडिबाट नेपाली रुपैयाँ ३२०/- लिएर रसिदमा रु.२००/- मात्र उल्लेख गर्ने गरेका छन।उक्त रसिदमा माल बस्तुको बिवरन समेत उल्लेख नगर्ने मेदान्त कन्स्ट्रक्सनले पावर र पहुँचको बलमा कानुन बिपरित कार्ये गर्दै आएको छ।
जनगुनासो आएपछि सन्चारक्रमिले छानबिन गरि महानगरपालिकामा प्रमानसहित बिरगंज महानगरपालिकाको प्रमुख प्रसस्किय अधिकृत लछिमी प्रसाद पौडेल लाई बुझाएको थियो ।प्रमाण सहितको आधारमा प्रमुख प्रसास्किय अधिकृत पौडेलले मेदान्त कन्स्ट्रक्सन प्रा.लि.लाई मिति २०८०/०१/२९ गते स्पष्टीकरण पत्र पठाएको थियोे ।पत्रमा महानगरले प्रष्ट रूपमा लेखिएको थियोे ।लिखित जवाफ सहित उपस्थिति हुन आउने बारे? साथै पत्रमा उप्युक्त सम्बन्धमा तपाईंले यस कार्यालयको तर्फबाट आ.ब.२०७९/०८० को लागि जडिबुटी ,कबाडी र जिवजन्तु कर ठेक्कामा लिई कर,शुल्क आदि संकलन गर्दै आउनु भएकोमा महानगरपालिका र तपाईं बिच मीत २०७९/०५/३१ गते भएको समझौताको बर्खिलाफ गाई अनाधिकृत रूपमा खाली रहेको भारतिय सवारी साधनहरु बाट समेत कर शुल्क संकलन गर्दै आएको प्रमाण समेत प्राप्त हुन आएकोले अबिलम्ब त्यस प्रकारका कार्यहरु बन्द गरि संकलन गरिएको रकम जरिवाना सहित सम्बन्धित सवारी चालक लाई फिर्ता गरि सोको ३ दिन भित्र लिखित जानकारी सहित कार्यालयमा उपस्थित हुन जान्कारी गराईन्छ ।अन्य्था प्रचलित कानुन बमोजिम तपाईंले संचालन गर्दै आएको ठेक्का बदर गरि बाकी बक्यौता असुल गरिने ब्यहोरा समेत यसै पत्रबाट जानकारी गराईन्छ।
तर महानगरपालिकाको पत्र लाई उक्त मेदान्त कन्स्ट्रक्सनले धजी उडाएको हुन्दा समेत महानगरले कुनै पनि कर्वाही समेत नगरेकोले श्रोत को भनाई अनुसार मिलोमतोमा उक्त ठेक्का चलाउने गरेको छ।यस्तो किसिमको गलत क्रियाकलाप ले सथानिय सरकार र प्रदेश सरकार समेतलाई चुनवती दिएको छ।
बिरगंज नगरप्रमुख लाई र प्रसस्किय अधिकृत लाई पटकपटक भेटना जान्दा भेट्न् सकिएन र फोन समपर्क गर्दा कुनै पनि बेला फाेन नउठाउनुले गर्दा श्रोत को भनाई अनुसारको कुरा सत्त्य प्रमानित देखिन्छ ।अब अर्को अनौठो कुरा सामुने आएको छ उक्त कन्स्ट्रक्सनले रसिदमा रकम समेत उल्लेख नगरेको भेटिएको छ।प्रमुख प्रसास्किय अधिकृत पौडेल को भनाइ रहेको थियो कनुन बिपरित काम कसैले गर्छ भने त्यो महानगरको इसु नभएको हो।मधेस प्रदेशका डिआईजी जनक भट्टराईलाई जानकारी गराउदा उन्ले प्रतिक्रिया दिनु भएको थियो महानगरले पत्र काटेर प्रहरी लाई दिनुपर्ने हो।तर महानगरका प्रमुख प्रसास्किय अधिकृत पौडेल लाई पुनः प्रमाण सहित उपलब्ध गराउदै गर्दा पनि महानगरले प्रहरी प्रसान लाई पत्र नकाटिनु काे कारणले झन पेचिलाे बन्दै गएको छ ? के रहस्य हाे भन्ने धेरै स्थानीय जनता को चासोको बिषय भएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेको विशेष प्रहरी टोलीले जमुनाहा सिमानाकास्थित एक होटलबाट लाखौं रुपैयाँ बराबरको अवैध किराना सामान* बरामद गरेको छ। *घटना विवरण:* सूचनाका आधारमा खटिएको टोलीले होटेलमा भण्डारण गरी राखिएको अवस्थामा भन्सार छली गरेर भारतबाट ल्याइएका किराना सामान फेला पारेको थियो। सामानको बिल, भन्सार कागजात नभेटिएपछि सबै सामान नियन्त्रणमा लिइएको हो। नजिकै रहेको […]

काठमाडौं । सशस्त्र प्रहरीले *लितपुरको चाँगाथलीबाट नक्कली मदिरा उत्पादनमा सक्रिय गिरोहका ४ जनालाई* पक्राउ गरेको छ। *पक्राउ परेकाहरू:* 1. मनोज खत्री, ३० वर्ष – रामेछाप, खाँडादेवी गाउँपालिका–२ 2. विनोद तामाङ, २८ वर्ष – रामेछाप, खिम्ती गाउँपालिका 3. विवेक तामाङ, २६ वर्ष – रामेछाप, खिम्ती गाउँपालिका 4. छिदेन निमा तामाङ, २ वर्ष – सिन्धुपाल्चोक, बाह्रविसे नगरपालिका–६ […]

काँकरभिट्टा । सशस्त्र प्रहरीले *परिचयपत्र बिना नेपाल प्रवेश गर्न खोजेका एक भारतीय नागरिकलाई* काँकरभिट्टा नाकाबाट फर्काएको छ। *घटना विवरण:* नियमित चेकजाँचका क्रममा उक्त व्यक्तिसँग नागरिकता, पासपोर्ट वा कुनै पनि वैध परिचयपत्र नभेटिएपछि नेपाल प्रवेश गर्न नदिई फिर्ता पठाइएको हो। खुला सीमामा पनि वैध कागजात अनिवार्य हुने भएकाले उनलाई प्रवेश अनुमति नदिइएको सशस्त्र प्रहरीले जनाएको छ। […]

error: Content is protected !!