०६ जेठ २०८३, बुधबार
20-05-2026 , Wed
×

रेशमलाई स्वागत गरेको भिडियो खिच्ने पत्रकारलाई डीएसपी उद्धवसिंहले धम्काए भिडिओ भाइरल

Logo
प्रकाशित बुधबार, जेठ २४, २०८०

ABC (क्राईमबिट)

काठमाडौँ । पूर्व सांसद रेशम चौधरीलाई माला लगाएर स्वागत गरेको भिडिओ खिच्ने पत्रकारलाई कार्यालयमा बोलाएर डीएसपी उद्धवसिंह भाटले धम्की दिएका छन् । जेठ १५ मा राष्ट्रपतिबाट आममाफी पाएर छुटेपछि गृह जिल्ला कैलाली पुगेका चौधरीलाई दौडिँदै गएर डीएसपी भाटले स्वागत गरेको भिडिओ भाइरल भएको थियो ।

टीकापुरमा २०७२ मा एसएसपीसहित ७ प्रहरी र केही सर्वसाधारण मारिएको घटनामा दोषी ठहर भई सजाय माफी पाएका चौधरीको डीएसपी भाटले स्वागत गरेको भिडिओ सार्वजनिक भएपछि आलोचना भएको थियो ।

त्यसपछि डीएसपी भाटलाई कारबाही गरी नेपाल प्रहरी विशेष सुरक्षागण सुनवल सरुवा गरिएको थियो । आफ्नो सरुवा हुनअघि नै उक्त भिडिओ खिच्ने पत्रकार जीवन चौधरीलाई टीकापुर इलाका प्रहरी कार्यालयमा बोलाएर डीएसपी भाटले हप्किदप्की गरेको भिडिओ रातोपाटीलाई प्राप्त भएको छ ।

रेशम चौधरीलाई हिरो बनाउने चक्करमा आफ्नाे बेइजत हुने गरी भिडियो खिचेको भन्दै डीएसपी भाटलेकार्यालयमै बोलाएर तथानाम गालीगलौज गर्दै पत्रकार चौधरीलाई धम्की दिएको भिडिओमा देखिन्छ । ‘रेशम हिराे बनाउने चक्करमा मलाई मेराे बेइजत गर्ने तिमीहरूले ?,’ डीएसपी भाटले भनेका छन्, ‘तेराे लागि राम्राे सन्देश हाेला, मेराे लागि त नराम्राे भयाे नि !’

टिकापुर घटनामा मारिएका मध्ये चार जना आफ्नै गाउँकाे भएकाे र उनीहरूका सबै आफन्त आफूसँग रिसाएकाे पनि डिएसपी भाटकाे भनाइ छ । डिएसपी भाटले भनेका छन्, ‘जसरी त्याे पुलिसहरूलाई मारेकाे छ नि त्यसरी नै मैले तिमीलाई मारेर फालेँ भने पनि मेराे रिस मर्दैन, ममाथि न्याय पनि हुँदैन। यति मेराे बेइजत भाकाे छ तेराे कारणले।’ डीएसपीले भिडियोमा अपशब्द प्रयोग गर्दै आफूलाई बदनाम बनाउने गरी भिडिओ खिचेको आरोप लगाएकाे सुनिन्छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेको विशेष प्रहरी टोलीले जमुनाहा सिमानाकास्थित एक होटलबाट लाखौं रुपैयाँ बराबरको अवैध किराना सामान* बरामद गरेको छ। *घटना विवरण:* सूचनाका आधारमा खटिएको टोलीले होटेलमा भण्डारण गरी राखिएको अवस्थामा भन्सार छली गरेर भारतबाट ल्याइएका किराना सामान फेला पारेको थियो। सामानको बिल, भन्सार कागजात नभेटिएपछि सबै सामान नियन्त्रणमा लिइएको हो। नजिकै रहेको […]

काठमाडौं । सशस्त्र प्रहरीले *लितपुरको चाँगाथलीबाट नक्कली मदिरा उत्पादनमा सक्रिय गिरोहका ४ जनालाई* पक्राउ गरेको छ। *पक्राउ परेकाहरू:* 1. मनोज खत्री, ३० वर्ष – रामेछाप, खाँडादेवी गाउँपालिका–२ 2. विनोद तामाङ, २८ वर्ष – रामेछाप, खिम्ती गाउँपालिका 3. विवेक तामाङ, २६ वर्ष – रामेछाप, खिम्ती गाउँपालिका 4. छिदेन निमा तामाङ, २ वर्ष – सिन्धुपाल्चोक, बाह्रविसे नगरपालिका–६ […]

काँकरभिट्टा । सशस्त्र प्रहरीले *परिचयपत्र बिना नेपाल प्रवेश गर्न खोजेका एक भारतीय नागरिकलाई* काँकरभिट्टा नाकाबाट फर्काएको छ। *घटना विवरण:* नियमित चेकजाँचका क्रममा उक्त व्यक्तिसँग नागरिकता, पासपोर्ट वा कुनै पनि वैध परिचयपत्र नभेटिएपछि नेपाल प्रवेश गर्न नदिई फिर्ता पठाइएको हो। खुला सीमामा पनि वैध कागजात अनिवार्य हुने भएकाले उनलाई प्रवेश अनुमति नदिइएको सशस्त्र प्रहरीले जनाएको छ। […]

error: Content is protected !!