०६ जेठ २०८३, बुधबार
20-05-2026 , Wed
×

राप्ती गाउँ पालिकाद्वारा ७५% अनुदानमा किसानलाई दुध राख्ने भाँडा वितरण ।

Logo
प्रकाशित बुधबार, जेठ २४, २०८०

(बिदुर एमसी)
दाङ । भालुवाङ्ग राप्ती गाउँ पालिकाले आफ्नो क्षेत्रका ९३ जना किसानहरुलाई दुधबोक्ने स्टिलका केन ( डल्लु ) वितरण गरेको छ ।
कूल रकमको ७५% अनुदानमा ती डल्लूहरु वितरण गरिएको पालिका अध्यक्ष प्रकाश बिष्टले बताए ।

प्लास्टिकका भाँडाकुँडामा दुध राख्दा सफा गर्न नमिल्ने भएको कारण त्यसबाट मानव स्वास्थ्यलाई खराब गर्ने हुनाले त्यस समस्याबाट केही मात्रामा भए पनि छुटकारा हुने उद्देश्यले किसानलाई त्यसरी स्टिलका केनहरु वितरण गर्नुपरेकाे अध्यक्ष बिष्टले स्पष्ट पारे ।

मंगलबार अपरान्ह किसानहरुलाई पालिका परिसरमा ती डल्लूहरु वितरण गरिएको थियो । त्यसरी स्थानीय सरकारबाट डल्लू प्राप्त गरेपछि किसानहरु हर्षित मुद्रामा देखिएका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेको विशेष प्रहरी टोलीले जमुनाहा सिमानाकास्थित एक होटलबाट लाखौं रुपैयाँ बराबरको अवैध किराना सामान* बरामद गरेको छ। *घटना विवरण:* सूचनाका आधारमा खटिएको टोलीले होटेलमा भण्डारण गरी राखिएको अवस्थामा भन्सार छली गरेर भारतबाट ल्याइएका किराना सामान फेला पारेको थियो। सामानको बिल, भन्सार कागजात नभेटिएपछि सबै सामान नियन्त्रणमा लिइएको हो। नजिकै रहेको […]

काठमाडौं । सशस्त्र प्रहरीले *लितपुरको चाँगाथलीबाट नक्कली मदिरा उत्पादनमा सक्रिय गिरोहका ४ जनालाई* पक्राउ गरेको छ। *पक्राउ परेकाहरू:* 1. मनोज खत्री, ३० वर्ष – रामेछाप, खाँडादेवी गाउँपालिका–२ 2. विनोद तामाङ, २८ वर्ष – रामेछाप, खिम्ती गाउँपालिका 3. विवेक तामाङ, २६ वर्ष – रामेछाप, खिम्ती गाउँपालिका 4. छिदेन निमा तामाङ, २ वर्ष – सिन्धुपाल्चोक, बाह्रविसे नगरपालिका–६ […]

काँकरभिट्टा । सशस्त्र प्रहरीले *परिचयपत्र बिना नेपाल प्रवेश गर्न खोजेका एक भारतीय नागरिकलाई* काँकरभिट्टा नाकाबाट फर्काएको छ। *घटना विवरण:* नियमित चेकजाँचका क्रममा उक्त व्यक्तिसँग नागरिकता, पासपोर्ट वा कुनै पनि वैध परिचयपत्र नभेटिएपछि नेपाल प्रवेश गर्न नदिई फिर्ता पठाइएको हो। खुला सीमामा पनि वैध कागजात अनिवार्य हुने भएकाले उनलाई प्रवेश अनुमति नदिइएको सशस्त्र प्रहरीले जनाएको छ। […]

error: Content is protected !!