०६ जेठ २०८३, बुधबार
20-05-2026 , Wed
×

वीरगंज महानगर न्यायिक समितिद्वारा २ वडामा नाला‌ निर्माण सम्बन्धमा परेको समस्या समाधान

Logo
प्रकाशित बिहिबार, जेठ २५, २०८०

(ABC-Sanchar)

पर्सा । वीरगंज महानगरपालिका न्यायिक समितिले वीरगंज महानगरपालिका वार्ड न २ मा नाला निर्माण सम्बन्धी परेको निवेदनको समस्या समाधान भएको छ।

जिल्ला पर्सा वी.म.न.पा वडा नं.२ मा बस्ने वादी शेख ईस्लाम, मोमिला खातुन,रोजी खातुन र अमिरुल्लाह मियाँ चुरिहार र प्रतिवादी नमोदिन शेख र जमसेद शेख भएको नाला खुलाई विपक्षी उपर कार्वाही गरी पाउँ विषयको न्यायिक समितिमा मु.द.नं. ०७/७६९५/४७(२) मिति २०७९/१२/०६ मा दायर विवादको सम्बन्धमा दुवै पक्ष सहमत भई आ-आफ्नो जग्गामा सिमित भई कार्य गर्ने र मोमिला खातुन,अवास चुरिहार,यार महम्दको घरको सामुन्नेको ढलान बाटो छेउबाट नाला खोल्न ४ (चार) महिनाको समय सिमा दिने भनि आजवाट हामी दुवै पक्षले यस समितिमा दायर गरेको निवेदन र प्रतिउत्तर जिकिर छाडी मिलापत्र गराई दिन हुन यो संयुक्त मिलापत्रको निवेदन पेश गरेको उपर विचार गर्दै वीरगंज महानगरपालिकाका उप-प्रमुख तथा न्यायिक समितिका संयोजक इम्तियाज आलम,न्यायिक समितिका सदस्य बैजुलाल स्वर्णकार ,सर्जुग महतो धानुक लगायतले आज उक्त नालाको समस्या समाधान गरेको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेको विशेष प्रहरी टोलीले जमुनाहा सिमानाकास्थित एक होटलबाट लाखौं रुपैयाँ बराबरको अवैध किराना सामान* बरामद गरेको छ। *घटना विवरण:* सूचनाका आधारमा खटिएको टोलीले होटेलमा भण्डारण गरी राखिएको अवस्थामा भन्सार छली गरेर भारतबाट ल्याइएका किराना सामान फेला पारेको थियो। सामानको बिल, भन्सार कागजात नभेटिएपछि सबै सामान नियन्त्रणमा लिइएको हो। नजिकै रहेको […]

काठमाडौं । सशस्त्र प्रहरीले *लितपुरको चाँगाथलीबाट नक्कली मदिरा उत्पादनमा सक्रिय गिरोहका ४ जनालाई* पक्राउ गरेको छ। *पक्राउ परेकाहरू:* 1. मनोज खत्री, ३० वर्ष – रामेछाप, खाँडादेवी गाउँपालिका–२ 2. विनोद तामाङ, २८ वर्ष – रामेछाप, खिम्ती गाउँपालिका 3. विवेक तामाङ, २६ वर्ष – रामेछाप, खिम्ती गाउँपालिका 4. छिदेन निमा तामाङ, २ वर्ष – सिन्धुपाल्चोक, बाह्रविसे नगरपालिका–६ […]

काँकरभिट्टा । सशस्त्र प्रहरीले *परिचयपत्र बिना नेपाल प्रवेश गर्न खोजेका एक भारतीय नागरिकलाई* काँकरभिट्टा नाकाबाट फर्काएको छ। *घटना विवरण:* नियमित चेकजाँचका क्रममा उक्त व्यक्तिसँग नागरिकता, पासपोर्ट वा कुनै पनि वैध परिचयपत्र नभेटिएपछि नेपाल प्रवेश गर्न नदिई फिर्ता पठाइएको हो। खुला सीमामा पनि वैध कागजात अनिवार्य हुने भएकाले उनलाई प्रवेश अनुमति नदिइएको सशस्त्र प्रहरीले जनाएको छ। […]

error: Content is protected !!