०६ जेठ २०८३, बुधबार
20-05-2026 , Wed
×

गढवा गाउँपालिकाको समग्र बिकासमा युवाको सहभागिता बिषयक अन्तक्रिर्या कार्यक्रम

Logo
प्रकाशित शुक्रबार, जेठ २६, २०८०


(ABC-Sanchar)
दाङ । गढवा गाउँपालिकाको समग्र बिकासमा युवाको सहभागिता बिषयक अन्तक्रिर्या कार्यक्रम बिहिवार गढवामा सम्पन्न भएको छ ।
गढवा गाउँपालिका उपाध्यक्ष शारदा कुमारी चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा गढवा गाउँपालिकाका बिभिन्न वडाका युवाहरुको उपस्थिति रहेको थियो।

अन्तक्रिया कार्यक्रममा बोल्दै गढवा गाउँपालिका उपाध्यक्ष शारदा कुमारी चौधरीले पालिकाको समग्र विकासका लागि सामुहिक भावनाले काम गर्नु आवश्यक रहेको बताउदै आम युवाको भावना समेटेर काम गर्न सके विकासले फड्को मार्ने बताउनुभयो। युवाको भावना पन्छाएर पालिका समृद्ध नबन्ने भएकाले युवा लक्षित कार्यक्रम ल्याउन पालिकाले युवाहरु संग अन्तक्रिया कार्यक्रमको आयोजना गरेको बताउदै सुझाव अनुसार आगामी कार्यक्रम तय गरिने बारे तयारी भैरहेको जानकारी दिनु भयो। युवालाई सम्बोधन गर्दै पालिका उपाध्यक्ष चौधरीले युवाले नेतृत्व लिएर उपभोग भन्दा उत्पादनमुखि हुनु पर्ने बताउनु भयो ।
अन्तक्रिया कार्यक्रममा सहभागी युवाहरुले नीति तथा कार्यक्रम बनाउँदा पालिकाले युवालाई प्राथमिकतामा राख्नु पर्ने बताएका थिए । पालिकाले पहिलो पटक पालिकाको समग्र बिकासको लागि युवाहरुसंग अन्तरक्रिया कार्यक्रम गरेको भन्दै तारिफ समेत गरेका हुन्।
अन्तक्रिया कार्यक्रममा बोल्ने बक्ताहरुले युवा शसक्तिकरण आजको आवस्यकता रहेको औँल्याउनुभयो । युवाहरु जिम्मेवार र उद्यमशील बने मात्र समाज समृद्ध हुने उहाँहरुको भनाई रहेको थियो ।
त्यसैगरी अन्तक्रिया कार्यक्रममा बोल्दै गढवा गाउँपालिका रोजगार सेवा केन्द्रका प्रमुख अशोक कुमार यादवले युवाहरुको सहभागिता बिना गढवा गाउँपालिका समृद्ध गाउ पालिका बन्न नसक्ने बताउनु भयो । युवाहरुको सक्रियता र संलग्नलाई बिना देशको बिकाश सम्भव नरहेको बताउनुभयो।

कार्यक्रमको प्रशिक्षकमा गढवा गाउँपालिका प्रशासन शाखा प्रमुख पुनाराम शर्मा रहनु भएको थियो ।
कार्यक्रममा गढवा गाउँपालिका उपाध्यक्ष शारदा कुमारी चौधरी, वडा सदस्यहरु दिनमणी आचार्य, राधेश्याम थारु कुमाल, प्रशासन शाखा प्रमुख पुनाराम शर्मा, रोजगार शाखाका प्रमुख अशोक कुमार यादव र रोजगार शाखा सत्यपाल यादव लगाएतको उपस्थिति रहेको थियो।
कार्यक्रमको सहजिकरण रोजगार सेवा केन्द्रका प्रमुख अशोक कुमार यादवले गर्नु भएको ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेको विशेष प्रहरी टोलीले जमुनाहा सिमानाकास्थित एक होटलबाट लाखौं रुपैयाँ बराबरको अवैध किराना सामान* बरामद गरेको छ। *घटना विवरण:* सूचनाका आधारमा खटिएको टोलीले होटेलमा भण्डारण गरी राखिएको अवस्थामा भन्सार छली गरेर भारतबाट ल्याइएका किराना सामान फेला पारेको थियो। सामानको बिल, भन्सार कागजात नभेटिएपछि सबै सामान नियन्त्रणमा लिइएको हो। नजिकै रहेको […]

काठमाडौं । सशस्त्र प्रहरीले *लितपुरको चाँगाथलीबाट नक्कली मदिरा उत्पादनमा सक्रिय गिरोहका ४ जनालाई* पक्राउ गरेको छ। *पक्राउ परेकाहरू:* 1. मनोज खत्री, ३० वर्ष – रामेछाप, खाँडादेवी गाउँपालिका–२ 2. विनोद तामाङ, २८ वर्ष – रामेछाप, खिम्ती गाउँपालिका 3. विवेक तामाङ, २६ वर्ष – रामेछाप, खिम्ती गाउँपालिका 4. छिदेन निमा तामाङ, २ वर्ष – सिन्धुपाल्चोक, बाह्रविसे नगरपालिका–६ […]

काँकरभिट्टा । सशस्त्र प्रहरीले *परिचयपत्र बिना नेपाल प्रवेश गर्न खोजेका एक भारतीय नागरिकलाई* काँकरभिट्टा नाकाबाट फर्काएको छ। *घटना विवरण:* नियमित चेकजाँचका क्रममा उक्त व्यक्तिसँग नागरिकता, पासपोर्ट वा कुनै पनि वैध परिचयपत्र नभेटिएपछि नेपाल प्रवेश गर्न नदिई फिर्ता पठाइएको हो। खुला सीमामा पनि वैध कागजात अनिवार्य हुने भएकाले उनलाई प्रवेश अनुमति नदिइएको सशस्त्र प्रहरीले जनाएको छ। […]

error: Content is protected !!