०६ जेठ २०८३, बुधबार
20-05-2026 , Wed
×

जहाजमा चरा ठोक्किँदा ७ घन्टा डिलो

Logo
प्रकाशित शनिबार, जेठ २७, २०८०


(ABC-Sanchar)
काठमाडौँ । दुबई विमानस्थलमा अवतरणका क्रममा चरा ठोक्किएको विमान निर्धारित समयभन्दा ७ घण्टा ‘डिले’ हुँदा दिल्ली जाने १ सय ५४ यात्रु काठमाडौँ विमानस्थलमै अलपत्र परेका छन् ।

काठमाडौँबाट बिहान ८ बजे उड्नुपर्ने आरए–२०५ उडान नम्बर भएको निगमको न्यारोबडी विमान अल्फा किलो एक्सरे जहाजमा शुक्रबार राति दुबई विमानस्थलमा अवतरणका क्रममा चरा ठोक्किएको थियो ।

उक्त विमान दुबईबाट शनिबार निर्धारित समयभन्दा करिब एक घण्टा ढिलो बिहान ११ बजेतिर काठमाडौँमा अवतरण भएको थियो ।

अवतरणका क्रममा निगमका प्राविधिकले जाँच गर्दा नेपाली नाम लुम्बिनी भएको त्यो न्यरोबडी विमानमा चराका पखेटा देखिएका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेको विशेष प्रहरी टोलीले जमुनाहा सिमानाकास्थित एक होटलबाट लाखौं रुपैयाँ बराबरको अवैध किराना सामान* बरामद गरेको छ। *घटना विवरण:* सूचनाका आधारमा खटिएको टोलीले होटेलमा भण्डारण गरी राखिएको अवस्थामा भन्सार छली गरेर भारतबाट ल्याइएका किराना सामान फेला पारेको थियो। सामानको बिल, भन्सार कागजात नभेटिएपछि सबै सामान नियन्त्रणमा लिइएको हो। नजिकै रहेको […]

काठमाडौं । सशस्त्र प्रहरीले *लितपुरको चाँगाथलीबाट नक्कली मदिरा उत्पादनमा सक्रिय गिरोहका ४ जनालाई* पक्राउ गरेको छ। *पक्राउ परेकाहरू:* 1. मनोज खत्री, ३० वर्ष – रामेछाप, खाँडादेवी गाउँपालिका–२ 2. विनोद तामाङ, २८ वर्ष – रामेछाप, खिम्ती गाउँपालिका 3. विवेक तामाङ, २६ वर्ष – रामेछाप, खिम्ती गाउँपालिका 4. छिदेन निमा तामाङ, २ वर्ष – सिन्धुपाल्चोक, बाह्रविसे नगरपालिका–६ […]

काँकरभिट्टा । सशस्त्र प्रहरीले *परिचयपत्र बिना नेपाल प्रवेश गर्न खोजेका एक भारतीय नागरिकलाई* काँकरभिट्टा नाकाबाट फर्काएको छ। *घटना विवरण:* नियमित चेकजाँचका क्रममा उक्त व्यक्तिसँग नागरिकता, पासपोर्ट वा कुनै पनि वैध परिचयपत्र नभेटिएपछि नेपाल प्रवेश गर्न नदिई फिर्ता पठाइएको हो। खुला सीमामा पनि वैध कागजात अनिवार्य हुने भएकाले उनलाई प्रवेश अनुमति नदिइएको सशस्त्र प्रहरीले जनाएको छ। […]

error: Content is protected !!