०६ जेठ २०८३, बुधबार
20-05-2026 , Wed
×

वडा प्रहरी लमहीले एक होटलबाट ४ जना जुँवाडे सहित होटल संचालक पक्राउ

Logo
प्रकाशित शनिबार, जेठ २७, २०८०

 

ABC (क्राईमबिट)

दाङ । शनिबार दिउँसो लमही ४ शान्तिनगरमा संचालन रहेको कुशल होटल एण्ड लजमा पैसाको जित-हार हुनेगरी जुवा खेलिरहेको भन्ने गोप्य सूचनाका आधारमा वडा प्रहरी कार्यालय लमहीबाट खटि गएको प्रहरी टोलीले जुँवा खेली रहेका जुँवाडे सहित होटल संचालकलाई रंगेहात पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा लमही नगरपालिका वडा वडा नम्बर १ नर्ती बस्ने वर्ष ३० का शुरेश चौधरी,लमही-२ बनकट्टा बस्ने वर्ष २७ का शुरेश चौधरी,राप्ती गाउँपालिका वडा नम्बर २ लालमटिया बस्ने वर्ष ३५ का सन्तोष चौधरी,कपिलबस्तुको शिवराज नगरपालिका वडा नम्बर १ चन्द्रौटा बस्ने वर्ष ३९ का पन्चम चौधरी गरि चार जना रहेका छन् ।

त्यस्तै जुँवाको खालबाट एक गड्डी तास र नगद ९८ हजार ३० रुपैया बरामत भएको वडा प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक शंकर श्रेष्ठले जानकारी दिनु भयो । यस्तै पैसाको हारजित हुने गरी जुँवा खेल्न आफ्नो स्वामित्वमा रहेको होटलको कोठा प्रयोग गर्न दिए वापत उक्त होटल संचालक वर्ष ४० कि पार्वती खड्कालाई समेत नियन्त्रणमा लिई जिल्ला अदालबाट म्याद थपगरी घटना सम्बन्धि थप अनुसन्धान भईरहेको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेको विशेष प्रहरी टोलीले जमुनाहा सिमानाकास्थित एक होटलबाट लाखौं रुपैयाँ बराबरको अवैध किराना सामान* बरामद गरेको छ। *घटना विवरण:* सूचनाका आधारमा खटिएको टोलीले होटेलमा भण्डारण गरी राखिएको अवस्थामा भन्सार छली गरेर भारतबाट ल्याइएका किराना सामान फेला पारेको थियो। सामानको बिल, भन्सार कागजात नभेटिएपछि सबै सामान नियन्त्रणमा लिइएको हो। नजिकै रहेको […]

काठमाडौं । सशस्त्र प्रहरीले *लितपुरको चाँगाथलीबाट नक्कली मदिरा उत्पादनमा सक्रिय गिरोहका ४ जनालाई* पक्राउ गरेको छ। *पक्राउ परेकाहरू:* 1. मनोज खत्री, ३० वर्ष – रामेछाप, खाँडादेवी गाउँपालिका–२ 2. विनोद तामाङ, २८ वर्ष – रामेछाप, खिम्ती गाउँपालिका 3. विवेक तामाङ, २६ वर्ष – रामेछाप, खिम्ती गाउँपालिका 4. छिदेन निमा तामाङ, २ वर्ष – सिन्धुपाल्चोक, बाह्रविसे नगरपालिका–६ […]

काँकरभिट्टा । सशस्त्र प्रहरीले *परिचयपत्र बिना नेपाल प्रवेश गर्न खोजेका एक भारतीय नागरिकलाई* काँकरभिट्टा नाकाबाट फर्काएको छ। *घटना विवरण:* नियमित चेकजाँचका क्रममा उक्त व्यक्तिसँग नागरिकता, पासपोर्ट वा कुनै पनि वैध परिचयपत्र नभेटिएपछि नेपाल प्रवेश गर्न नदिई फिर्ता पठाइएको हो। खुला सीमामा पनि वैध कागजात अनिवार्य हुने भएकाले उनलाई प्रवेश अनुमति नदिइएको सशस्त्र प्रहरीले जनाएको छ। […]

error: Content is protected !!