०६ जेठ २०८३, बुधबार
20-05-2026 , Wed
×

भैरहवा गौतमबुद्ध विमानस्थलबाट नेपाल एयरलाइन्सको पहिलो अन्तराष्ट्रिय उडान

Logo
प्रकाशित मंगलबार, जेठ ३०, २०८०

(ABC-Sanchar)

काठमाडौँ । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको एक वर्षपछि पहिलो पटक नेपाल एयरलाइन्सले मलेसिया–भैरहवा–काठमाडौं व्यावसायिक उडान सुरु गरेको छ ।

मंगलबार बिहान पौने ९ बजे भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा निगमको १ सय ५८ सिट क्षमताको न्यरोबडी विमान मलेसियाको राजधानी क्वालालम्पुरबाट भैरहवा विमानस्थलमा अवतरण भएको हो ।

योसंगै मलेसिया–भैरहवा–काठमाडौं व्यावसायिक उडान सुरु भएको हो । यो नेपाली वायु सेवाको पहिलो व्यावसायिक अन्तर्राष्ट्रिय उडान भएकाले यात्रुहरूलाई पर्यटनमन्त्री सुदन किराँतीले विमानस्थलमा स्वागत समेत गरेका छन् ।

उक्त विमानमा मलेसियामा रोजगारी गरेर घर फर्कन आगेका नेपालीहरूका साथै मलेसियाका केही पर्यटन व्यवसायीहरू पनि नपाल आएका छन् ।

मलेसियाबाट भैरहवा आइपुग्न लाग्ने उडान समय करिव ४ घण्टा ४५ मिनेट र न्यारोबडी विमानका लागि भैरहवाबाट काठमाडौं उडान गर्न २५ मिनेटको समय लाग्ने छ ।

अन्तराष्ट्रिय उडान सुरुआतको पहिलो चरणमा न्यरोबडीबाट सातामा एउटा उडान गर्ने बताइएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सशस्त्र प्रहरीले *लितपुरको चाँगाथलीबाट नक्कली मदिरा उत्पादनमा सक्रिय गिरोहका ४ जनालाई* पक्राउ गरेको छ। *पक्राउ परेकाहरू:* 1. मनोज खत्री, ३० वर्ष – रामेछाप, खाँडादेवी गाउँपालिका–२ 2. विनोद तामाङ, २८ वर्ष – रामेछाप, खिम्ती गाउँपालिका 3. विवेक तामाङ, २६ वर्ष – रामेछाप, खिम्ती गाउँपालिका 4. छिदेन निमा तामाङ, २ वर्ष – सिन्धुपाल्चोक, बाह्रविसे नगरपालिका–६ […]

काँकरभिट्टा । सशस्त्र प्रहरीले *परिचयपत्र बिना नेपाल प्रवेश गर्न खोजेका एक भारतीय नागरिकलाई* काँकरभिट्टा नाकाबाट फर्काएको छ। *घटना विवरण:* नियमित चेकजाँचका क्रममा उक्त व्यक्तिसँग नागरिकता, पासपोर्ट वा कुनै पनि वैध परिचयपत्र नभेटिएपछि नेपाल प्रवेश गर्न नदिई फिर्ता पठाइएको हो। खुला सीमामा पनि वैध कागजात अनिवार्य हुने भएकाले उनलाई प्रवेश अनुमति नदिइएको सशस्त्र प्रहरीले जनाएको छ। […]

*सावधानीका लागि:* 1. *त्यो क्षेत्रबाट टाढा रहनुहोस्* – अहिले घटनास्थलतिर नजानुहोस्। भीड र आगोको जोखिम उच्च छ। 2. *सुरक्षित रहनुहोस्* – नजिकै हुनुहुन्छ भने झ्याल-ढोका बन्द राख्नुहोस् र धुँवाबाट जोगिनुहोस्। 3. *सुरक्षा निकायलाई सहयोग गर्नुहोस्* – प्रहरी र दमकलको काममा अवरोध नपुर्‍याउनुहोस्। 4. *आपतकालीन नम्बर* – कुनै आपत परे १० [प्रहरी], १०१ [दमकल] मा सम्पर्क […]

error: Content is protected !!