
(ABC-Sanchar)
काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ कोकाहा खोलाको पानी धरान ल्याउन सफल भएका छन्।
कोकाहाको पानी धरान ल्याउन सफल भएपछि सोमबार मध्यरातमा उनी भावुक भएका थिए। पानी धरान ल्याउनकै लागि मेयर साम्पाङलगायत धेरै धरानबासी रातभर जाग्राम बसेका थिए।
कोकाहाको पानी धरान ल्याउन सफल मेयर साम्पाङलाई अहिले सामाजिक सञ्जालमा मानिसहरूले बधाई दिइरहेका छन्।