०६ जेठ २०८३, बुधबार
20-05-2026 , Wed
×

दाङको देउखुरी लमहीमा सर्पकाे टाेकाईबाट एक बालककाे मृत्यु

Logo
प्रकाशित बुधबार, जेठ ३१, २०८०

(बिदुर एमसी)

दाङ । देउखुरीकाे लमहीमा सर्पकाे टाेकाईबाट करिब एक महिनापछि एक बालककाे मृत्यु भएकाे छ । लमही नगरपालिका-५, काेलही निवासी गिरीराज पाेख्रेलका छाेरा बर्ष २ का आयम पाेख्रेलकाे सर्पकाे टाेकाईबाट मृत्यु भएकाे हाे ।

गत जेष्ठ २ गते साेमबार बेलुका आफ्नै घरकाे आगनमा खेलिरहेकाे समयमा गाेमन जातकाे सर्पले आयमलाई डसेकाे थियाे । सर्पले डसे लगत्तै आयमलाई लमही स्थित सर्प दंश अस्पताल लगिएकाे थियाे । लमहीमा प्राथमिक उपचार पछि थप उपचारका लागि साेही दिन नै राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घाेराहीमा १० दिन सम्म भर्ना गरेर उपचार गरिएकाे भएपनि बालकमा कुनै सुधार नभएपछि थप उपचारका लागि काठमाडौं रिफर गरिएकाे पारिवारिक स्राेतले जनाएकाे छ ।

काठमाडौंकाे टिचिङ्ग हस्पिटलमा १५ दिन सम्म भर्ना गरेर उपचार गर्दा समेत बालककाे उपचारमा कुनै सम्भव नदेखिएपछि उनलाई पुन घर फर्काई आर्काे दिन भारतकाे लखनाैउमा लगेर उपचार गरिएकाे थियाे । लखनाैउमा बालक उपचार हुँदाहुँदै गत जेष्ठ २८ शनिबार बिहान ९ बजे मृत्यु भएकाे परिवारले जनाएकाे छ । मृतक बालककाे लमहीमा पाेर्समार्टम पछि हिन्दु पम्परा अनुसार अन्टेष्टि गरिएकाे छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सशस्त्र प्रहरीले *लितपुरको चाँगाथलीबाट नक्कली मदिरा उत्पादनमा सक्रिय गिरोहका ४ जनालाई* पक्राउ गरेको छ। *पक्राउ परेकाहरू:* 1. मनोज खत्री, ३० वर्ष – रामेछाप, खाँडादेवी गाउँपालिका–२ 2. विनोद तामाङ, २८ वर्ष – रामेछाप, खिम्ती गाउँपालिका 3. विवेक तामाङ, २६ वर्ष – रामेछाप, खिम्ती गाउँपालिका 4. छिदेन निमा तामाङ, २ वर्ष – सिन्धुपाल्चोक, बाह्रविसे नगरपालिका–६ […]

काँकरभिट्टा । सशस्त्र प्रहरीले *परिचयपत्र बिना नेपाल प्रवेश गर्न खोजेका एक भारतीय नागरिकलाई* काँकरभिट्टा नाकाबाट फर्काएको छ। *घटना विवरण:* नियमित चेकजाँचका क्रममा उक्त व्यक्तिसँग नागरिकता, पासपोर्ट वा कुनै पनि वैध परिचयपत्र नभेटिएपछि नेपाल प्रवेश गर्न नदिई फिर्ता पठाइएको हो। खुला सीमामा पनि वैध कागजात अनिवार्य हुने भएकाले उनलाई प्रवेश अनुमति नदिइएको सशस्त्र प्रहरीले जनाएको छ। […]

*सावधानीका लागि:* 1. *त्यो क्षेत्रबाट टाढा रहनुहोस्* – अहिले घटनास्थलतिर नजानुहोस्। भीड र आगोको जोखिम उच्च छ। 2. *सुरक्षित रहनुहोस्* – नजिकै हुनुहुन्छ भने झ्याल-ढोका बन्द राख्नुहोस् र धुँवाबाट जोगिनुहोस्। 3. *सुरक्षा निकायलाई सहयोग गर्नुहोस्* – प्रहरी र दमकलको काममा अवरोध नपुर्‍याउनुहोस्। 4. *आपतकालीन नम्बर* – कुनै आपत परे १० [प्रहरी], १०१ [दमकल] मा सम्पर्क […]

error: Content is protected !!