ABC (क्राईमबिट)
बारा । जिल्लाको विश्रामपुर गाउँपालिका १ खेखरिया नाकाबाट स्रोत नखुलेको १५ लाख नेपाली रुपैयाँसहित जेठ ३० गते सशस्त्र प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
बिआर ०५ वाई २६२४ नम्बरको मोटरसाइकलमा भारतबाट नेपालतर्फ आउँदै गरेका भारतस्थित पूर्वी चम्पारणका राम निवास प्रसाद यादवलाई विओपी बरैनियाले नियन्त्रणमा लिएको हो।नियन्त्रणमा लिइएका यादवलाई बरामद रुपैयाँ र मोटरसाइकलसहित आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय, कलैया बारामा बुझाइएको छ।