०६ जेठ २०८३, बुधबार
20-05-2026 , Wed
×

बढुवा भएका इन्स्पेक्टरबाट डीएसपीले लगाए दर्ज्यानी चिह्न (फुली)

Logo
प्रकाशित बिहिबार, जेठ ३२, २०८०

 

ABC (क्राईमबिट)

काठमाडौं । नेपाल प्रहरीमा हालै प्रहरी निरीक्षक इन्स्पेक्टरबाट प्रहरी नायब उपरीक्षक डीएसपीमा बढुवा भएका ५० जनामध्ये ४५ जना अधिकृतहरूले दर्ज्यानी चिह्न लगाएका छन्।

बुधबार प्रहरी प्रधान कार्यालयमा आयोजित एक समारोहमा प्रहरी महानिरीक्षक (आईजीपी) वसन्तबहादुर कुँवरले उनीहरूलाई दर्ज्यानी चिह्न लगाइदिएका हुन्।

५ जना डीएसपीहरूले भने संयुक्त राष्ट्रसंघीय मिसनमा कार्यरत रहेकाले दर्ज्यानी चिह्न लगाउन पाएनन्।

नेपाल सरकार गृह मन्त्रालय (सचिवस्तर) को जेठ २९ गतेको निर्णयअनुसार प्राविधिकतर्फका ४ जना र प्रशासनतर्फका ४६ जना गरी ५० जना इन्स्पेक्टरहरूको डीएसपीमा बढुवा भएको होे।

समारोहलाई सम्बोधन गर्दै आईजीपी कुँवरले पदोन्नति भएका प्रहरी अधिकृतहरूले पदोन्नतिबाट प्राप्त हुने उत्साह र ऊर्जासँगै आगामी दिनमा थप परिपक्वताका साथ जिम्मेवारी वहन गर्ने विश्वास लिएको बताए।

पदोन्नतिलाई अझ रचनात्मक र निष्ठापूर्वक कर्मक्षेत्रमा खटिने अवसरको रूपमा लिई पदोन्नतिको औचित्य पुष्टि हुने गरी काम गर्न उनले निर्देशन दिए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काँकरभिट्टा । सशस्त्र प्रहरीले *परिचयपत्र बिना नेपाल प्रवेश गर्न खोजेका एक भारतीय नागरिकलाई* काँकरभिट्टा नाकाबाट फर्काएको छ। *घटना विवरण:* नियमित चेकजाँचका क्रममा उक्त व्यक्तिसँग नागरिकता, पासपोर्ट वा कुनै पनि वैध परिचयपत्र नभेटिएपछि नेपाल प्रवेश गर्न नदिई फिर्ता पठाइएको हो। खुला सीमामा पनि वैध कागजात अनिवार्य हुने भएकाले उनलाई प्रवेश अनुमति नदिइएको सशस्त्र प्रहरीले जनाएको छ। […]

*सावधानीका लागि:* 1. *त्यो क्षेत्रबाट टाढा रहनुहोस्* – अहिले घटनास्थलतिर नजानुहोस्। भीड र आगोको जोखिम उच्च छ। 2. *सुरक्षित रहनुहोस्* – नजिकै हुनुहुन्छ भने झ्याल-ढोका बन्द राख्नुहोस् र धुँवाबाट जोगिनुहोस्। 3. *सुरक्षा निकायलाई सहयोग गर्नुहोस्* – प्रहरी र दमकलको काममा अवरोध नपुर्‍याउनुहोस्। 4. *आपतकालीन नम्बर* – कुनै आपत परे १० [प्रहरी], १०१ [दमकल] मा सम्पर्क […]

दाङ । नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव एवं घोराही बनाउँ अभियानका संयोजक सविन प्रियासनले नेपालकै सबैभन्दा पुरानो बिमानस्थल निर्माणका लागि सांसद हर्क साम्पाङसँग सहयोग गर्न अनुरोध गर्नुभएको छ। श्रम संस्कृति पार्टीका केन्द्रीय अध्यक्ष समेत रहनुभएका साम्पाङले श्रमदान मार्फत विभिन्न सरानीय कामहरू गरेकाले प्रियासनले एयरपोर्ट निर्माणका लागि यस्तो आग्रह गर्नुभएको हो । सामाजिक सञ्जालमा उहाँले एयरपोर्ट […]

error: Content is protected !!