ABC (क्राईमबिट)
काठमाडौं । अनलाइन जुवा अर्थात् ‘बेटिङ’ प्लेटफर्मको प्रचारमा संलग्न रहेको आरोपमा कलाकारसहित आठ जना पक्राउ परेका छन् ।
हास्य कलाकार ‘राजु मास्टर’ भनेर चिनिने राजु पौडेल र ‘बल्छी धुर्वे’ भनेर चिनिने मरिचमान श्रेष्ठ, ‘भटभटे’ भनेर चिनिने बेगम नेपाली, ‘म्याकुरी’ भनेर चिनिने पवन खतिवडासहित आठ जनालाई प्रहरीले पक्राउ गरेको हो । उनीहरूले सट्टेबाजी गरेर र कुनै पनि खेलको जित/हारको बारेमा पैसा लेनदेन गरी बाजी खेलाएको प्रहरीले जनाएको छ ।