०६ जेठ २०८३, बुधबार
20-05-2026 , Wed
×

नेपालमा बत्ति कात्दै भारततिर निर्यात हुन थाल्यो बिजुली दैनिक ३०० मेगावाट

Logo
प्रकाशित बिहिबार, जेठ ३२, २०८०

(ABC-Sanchar)

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले फेरि भारतमा ठूलो मात्रामा विद्युत निर्यात सुरु गरेको छ । पछिल्ला हप्तामा वर्षातसँगै नदीमा पानीको सतहमा भएको वृद्धिका कारणले विद्युत निर्यात सुरु भएको हो ।

नेपाल विद्युत प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईका अनुसार विगत ५ दिनदेखि ३०० मेगावाटभन्दा बढी विद्युत निर्यात भइरहेको छ । अब नेपालमा मनसुन प्रवेश गरेकाले असार महिनाभर नै विद्युत निर्यात गर्न सकिने अनुमान गरिएको उनले बताए । असारपछि मंसिरसम्म त झन् ठूलो मात्रामा विद्युत निर्यात गर्नुपर्ने प्रक्षेपण छ ।

‘नदीहरुमा पानीको सतह बढेको छ, अब निर्यात नियमित हुन्छ,’ प्रवक्ता भट्टराईले भने, ‘दैनिक ७–८ हजार मेगावाटआवर बिजुली निर्यात हुन थालेको छ ।’ प्राधिकरणले औसत प्रतियुनिट भारु ५.२४ अर्थात् ८ रुपैयाँ ३८ पैसामा भारतलाई बिजुली बेचिरहेको छ । भारतबाट केही समयका लागि माग व्यवस्थापन गर्न दैनक १ हजार मेगावाट आवर मात्रै बिजुली आयात भइरहेको छ ।

नेपालमा खपत हुन नसकेको बिजुली प्राधिकरणले भारतको ऊर्जा एक्सचेञ्ज बजारको ‘डे अहेड’ मार्केटमा बेचिरहेको छ । बेच्न सकिने बिजुली अघिल्लो दिन नै भारतीय ऊर्जा बजारको प्रणालीमा बोलकबोलका लागि राख्ने र सो अवधिमा प्रणालीले माग र आपूर्तिका आधारमा निर्धारण भएको दरमा बेच्ने गरिएको छ ।

आईएक्समा २४ घण्टालाई १५/१५ मिनेटको ९६ वटा ब्ल्कमा विभाजन गरी बजारले तय गरेको प्रतिस्पर्धी दरमा विद्युतको कारोबार गरिन्छ । त्यसैले हरेक ब्ल्कको मूल्य फरक–फरक हुने गरेको छ ।

पछिल्ला दिनमा प्राधिकरणको प्रणलीमा समेत लोड बढेको छ । तराई क्षेत्रमा भएको गर्मीले पङ्खा र एसी धेरै चलेपछि प्रणालीमा १ हजार ९ सय मेगावाटसम्म ‘पिक लोड’ आइरहेको छ ।
यसले देशभित्रै पनि विद्युत खपत बढ्दै गएको देखाएको छ । तर, खपत हुन नसकेको बिजुली भारतमा नबेची प्राधिकरणलाई सुख छैन ।

भारतले ४ सय ५२ मेगावाट बारबरको बिजुली निर्यात गर्न अनुमति दिएको छ । प्राधिकरणले ४५६ मेगावाट बराबरको माथिल्लो तामाकोशी जलविद्युत आयोजनासहित थप १२ सय मेगावाटको बिजुली निर्यात अनुमतिका लागि भारतसँग प्रस्ताव गरेको छ ।

प्राधिकरणले चालु आर्थिक वर्ष २०७९/८० भित्र नेपाल भारतसँग बिजुलीको ‘नेट एक्सपोर्टर’ हुने प्रक्षेपण गरेको थियो । आयातभन्दा निर्यातको मात्रा धेरै भए त्यसलाई ‘नेट एक्सपोर्ट’ भनिन्छ ।
यसवर्ष हिउँदमा राम्रो हिमपात नभएको र वर्षा समेत धेरै नभएर खडेरी परेका कारण विद्युतको उत्पादन ३० प्रतिशतसम्म घट्दा सो प्रक्षेपणमा धक्का लागेको कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । असारमा हुने निर्यातको परिमाणले सबै कुरा स्पष्ट गर्ने उनको भनाइ छ ।

सामान्य अवस्थामा रहेको भए यो वर्ष भारतबाट हामीले ल्याउने बिजुलीको परिमाण खासै बढ्ने थिएन, नेपाल सुख्खाग्रस्त भएपछि यो वर्ष गतवर्षको तुलनामा धेरै बिजुली आयात गर्नुपर्‍यो,’ घिसिङ भन्छन्, ‘यो वर्ष हुन सकेनौं भने पनि आगामी वर्ष हामी नेट एक्सपोर्टर हुने लक्ष्यमा छौं ।’

भारतले थप बिजुली निर्यातको अनुमति दिने र त्यसकै आधारमा यो वर्ष ठूलो परिमाणमा भारतमा बिजुली बेच्ने प्राधिकरणको योजना छ । भारतसँग दीर्घकालीन विद्युत व्यापारका लागि प्रारम्भिक सम्झौता भएपछि प्राधिकरण तत्कालै भारतमा थप बिजुली निर्यात गर्न सकिनेमा विश्वस्त छ ।

अहिले नै देशभित्र जलविद्युत आयोजनाको जडित क्षमता २७ सय मेगावाट नाघेकाले वर्षायममा त्यति नै बराबरको बिजुली उत्पादन हुने सम्भावना छ । तर, अहिले नै खपत हुन नसकेको सबै बिजुली निर्यात गर्न सकिने अवस्था छैन ।

प्राधिकरणको योजना असफल भएमा वर्षायममा नेपालले ठूलो परिमाणमा बिजुली खेर फानल्नुपर्नेछ । भारतले अनुमति नदिए बिजुली खेर गएर प्राधिकरणले अर्को वर्ष सम्भावित लाभ मात्रै गुमाउने छैन, निजी आयोजनाबाट बिजुली किन्न नसके क्षतिपूर्ति समेत तिर्नुपर्ने जोखिम हुन्छ ।

गत वर्ष प्राधिकरणले दैनिक ६ सय मेगावाटसम्म बिजुली खेर गएको थियो । भारतले प्रस्तावित सबै आयोजनाको बिजुली नकिन्दा प्राधिकरणले ठूलो मात्रामा आर्थिक लाभ गुमाएको थियो ।
प्राधिकरण यो वर्ष त्यस्तो अवस्था आउन नदिन भारतबाट थप बिजुली निर्यातको अनुमति खोजिरहेको छ । रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काँकरभिट्टा । सशस्त्र प्रहरीले *परिचयपत्र बिना नेपाल प्रवेश गर्न खोजेका एक भारतीय नागरिकलाई* काँकरभिट्टा नाकाबाट फर्काएको छ। *घटना विवरण:* नियमित चेकजाँचका क्रममा उक्त व्यक्तिसँग नागरिकता, पासपोर्ट वा कुनै पनि वैध परिचयपत्र नभेटिएपछि नेपाल प्रवेश गर्न नदिई फिर्ता पठाइएको हो। खुला सीमामा पनि वैध कागजात अनिवार्य हुने भएकाले उनलाई प्रवेश अनुमति नदिइएको सशस्त्र प्रहरीले जनाएको छ। […]

*सावधानीका लागि:* 1. *त्यो क्षेत्रबाट टाढा रहनुहोस्* – अहिले घटनास्थलतिर नजानुहोस्। भीड र आगोको जोखिम उच्च छ। 2. *सुरक्षित रहनुहोस्* – नजिकै हुनुहुन्छ भने झ्याल-ढोका बन्द राख्नुहोस् र धुँवाबाट जोगिनुहोस्। 3. *सुरक्षा निकायलाई सहयोग गर्नुहोस्* – प्रहरी र दमकलको काममा अवरोध नपुर्‍याउनुहोस्। 4. *आपतकालीन नम्बर* – कुनै आपत परे १० [प्रहरी], १०१ [दमकल] मा सम्पर्क […]

दाङ । नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव एवं घोराही बनाउँ अभियानका संयोजक सविन प्रियासनले नेपालकै सबैभन्दा पुरानो बिमानस्थल निर्माणका लागि सांसद हर्क साम्पाङसँग सहयोग गर्न अनुरोध गर्नुभएको छ। श्रम संस्कृति पार्टीका केन्द्रीय अध्यक्ष समेत रहनुभएका साम्पाङले श्रमदान मार्फत विभिन्न सरानीय कामहरू गरेकाले प्रियासनले एयरपोर्ट निर्माणका लागि यस्तो आग्रह गर्नुभएको हो । सामाजिक सञ्जालमा उहाँले एयरपोर्ट […]

error: Content is protected !!