०६ जेठ २०८३, बुधबार
20-05-2026 , Wed
×

दाङको देउखुरीमा हावाहुरीले केराको बोट ढल्दा २ लाख बढीको क्षती

Logo
प्रकाशित आइतबार, आषाढ ०३, २०८०

(ABC-Sanchar)

दाङ । देउखुरीमा हावाले केराका बोट ढाल्दा दुई लाख बढीको क्षेती भएको छ । जेठ ३१ गतेदेखि असारको १ गतेसम्म तीन दिनको अवधिमा गढवा गाउँपालिका वडा नं. ३ खैरेनीस्थीत एम.डि.टि.आर. कृषि फर्ममा रोपिएका डेढ सय बढी केराका बोटहरु ढेलेको सञ्चालक डिल्लीबहादुर रावतले जानकारी दिएका छन् ।

करिव आठ कट्ठा क्षेत्रमा रोपेका विरुवाहरुमध्ये फल लागेका र फल्न सुरु गरेका करिव एक सय ५० बोटहरु हावाले ढालेको उनले बताए । ‘गर्मीमा केराका लागि पानीको आवश्यकता पर्छ । तर डिपबोरिङ विग्रिएका कारण सिचाई गर्न सकिएन्’,सञ्चालक रावतले भने,‘जस्ले गर्दा केराका बोटहरु किरा लाग्ने र हावाले ढाल्ने गरेको छ ।’

करिव तीन बर्षअघि जिल्लामै पहिलो पटक रातो केराको व्यवसायीक खेती गरेका रावतले उत्पादन दिने समयमा केराका बोटहरु ढल्दा ठुलो क्षती भएको बताउँछन् ।

‘पहिलो लटमा रोपेका एक सय मध्येका विरुवाहरु फल्न सुरु गरेका थिए, विक्री पनि राम्रो भैरहेको थियो’,उनले भने,‘तर हावाले विरुवा ढालिदिएपछि ठुलो क्षेती भएको छ ।’ रावतले तीन कट्ठा आफ्नो र पाँच कट्ठा भाडामा जग्गा लिएर व्यवसायीक रातो केराको खेती गर्दै आएका थिए ।\

‘एक विरुवामा पाँचदेखि छ दर्जनजति केराहरु फल्ने गरेका थिए । विक्री पनि राम्रै हुने गरेको थियो’,उनले भने,‘तर फल्ने रुखनै ढलेपछि ठुलो नोक्सान भएको छ ।’ जिल्लामा रातो केरा एक सय ८० रुपैया दर्जन विक्री हुने गरेको उनी बताउँछन् ।

किसान रावतका अनुसार अव फर्ममा करिव डेढ सय विरुवाहरु रहेको जानकारी दिए । उनले व्यवसायीक केरा खेतीसँगै तरकारी खेती समेत गर्दै आएका छन् । पहिलो पटक तीन बर्षअघि चितवनबाट रातो केराको विरुवा दाङ ल्याएर व्यवसायी खेती सुरु गरेको उनले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काँकरभिट्टा । सशस्त्र प्रहरीले *परिचयपत्र बिना नेपाल प्रवेश गर्न खोजेका एक भारतीय नागरिकलाई* काँकरभिट्टा नाकाबाट फर्काएको छ। *घटना विवरण:* नियमित चेकजाँचका क्रममा उक्त व्यक्तिसँग नागरिकता, पासपोर्ट वा कुनै पनि वैध परिचयपत्र नभेटिएपछि नेपाल प्रवेश गर्न नदिई फिर्ता पठाइएको हो। खुला सीमामा पनि वैध कागजात अनिवार्य हुने भएकाले उनलाई प्रवेश अनुमति नदिइएको सशस्त्र प्रहरीले जनाएको छ। […]

*सावधानीका लागि:* 1. *त्यो क्षेत्रबाट टाढा रहनुहोस्* – अहिले घटनास्थलतिर नजानुहोस्। भीड र आगोको जोखिम उच्च छ। 2. *सुरक्षित रहनुहोस्* – नजिकै हुनुहुन्छ भने झ्याल-ढोका बन्द राख्नुहोस् र धुँवाबाट जोगिनुहोस्। 3. *सुरक्षा निकायलाई सहयोग गर्नुहोस्* – प्रहरी र दमकलको काममा अवरोध नपुर्‍याउनुहोस्। 4. *आपतकालीन नम्बर* – कुनै आपत परे १० [प्रहरी], १०१ [दमकल] मा सम्पर्क […]

दाङ । नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव एवं घोराही बनाउँ अभियानका संयोजक सविन प्रियासनले नेपालकै सबैभन्दा पुरानो बिमानस्थल निर्माणका लागि सांसद हर्क साम्पाङसँग सहयोग गर्न अनुरोध गर्नुभएको छ। श्रम संस्कृति पार्टीका केन्द्रीय अध्यक्ष समेत रहनुभएका साम्पाङले श्रमदान मार्फत विभिन्न सरानीय कामहरू गरेकाले प्रियासनले एयरपोर्ट निर्माणका लागि यस्तो आग्रह गर्नुभएको हो । सामाजिक सञ्जालमा उहाँले एयरपोर्ट […]

error: Content is protected !!