
ABC (क्राईमबिट)
धनगढी । कैलाली घोडाघोडी नगरपालिका वडा नम्बर ९ बाट सालको दुई गोलिया काठ गोरुगाडासहित बरामद गरिएको हो। राष्ट्रिय वनबाट काठ तस्कर गरी ल्याउँदै गर्दा भगतपुर सामुदायिक वनमा गोरुगाडासहित काठ बरामद गरिएको छ। रातिको समयमा गोप्य सूचनाका आधारमा डिभिजन वन कार्यालय पहलमानपुरले काठ बरामद गरेको हो।
बरामद गरिएको काठलाई डिभिजन वन कार्यालय पहलमानपुर राखिएको छ। डिभिजन वन कार्यालय पहलमानपुरका कर्मचारी देखेपछि तस्कर गोरुगाडा छोडेर भागेका थिए।
गोरुगाडा छोडेर फरार भएका व्यक्तिहरूको खोजी कार्य जारी रहेको डिभिजन वन कार्यालय पहलमानपुरले बताएको छ।