०६ जेठ २०८३, बुधबार
20-05-2026 , Wed
×

असार १६ गतेदेखि ढुङ्गा बालुवा गिट्टी उत्पादन बन्द गर्ने व्यवसायीहरुको चेतावनी

Logo
प्रकाशित आइतबार, आषाढ ०३, २०८०

(ABC-Sanchar)

काठमाडौं । क्रसर तथा खानी उद्योग व्यवसायीहरुले क्रसर उद्योगको नवीकरण सहज रुपमा गर्ने वातावरण तयार गर्न सरकारसंग माग गरेका छन् । नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै क्रसर उद्योगको नवीकरण खुलाइ यस क्षेत्रमा देखिएका समस्या समाधान गर्न सरकारसंग माग गरेका हुन् ।


कर, दस्तुर, शुल्क लगाएतका राजस्व रकम बुझाउन जाँदा पत्रमा नविकरणको भाषा स्पष्ट नभएको कारण जनाई रकम बुझ्न नमानेको र उद्योगहरु नविकरण समेत नभएको महासंघका अध्यक्ष सीताराम न्यौपानेले बताए । उनले असार १५ गते भित्र पनि नविकरण गर्न मातहतका निकायहरुलाई लिखित निर्देशन नभएको खण्डमा असार १६ गतेदेखि देशभरका सम्पूर्ण क्रसर, खानी तथा बालुवा उद्योगहरुको बिक्रि बितरण तथा उत्पादन कार्य ठप्प गरि अनिश्चितकालको लागि बन्द गर्ने निर्णय भएको जानकारी दिए ।


महासंघले कच्च पदार्थ उत्खनन कार्यलाई क्रसर उद्योग संचालनसंग जोडेर हेर्न नमिल्ने भन्दै उत्खनन कार्य स्थानीय सरकारमार्फत र क्रसर उद्योग सञ्चालन कार्य उद्योग मन्त्रालय मार्फत व्यवस्थापन गर्ने व्यवस्था मिलाउन पनि माग गरेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काँकरभिट्टा । सशस्त्र प्रहरीले *परिचयपत्र बिना नेपाल प्रवेश गर्न खोजेका एक भारतीय नागरिकलाई* काँकरभिट्टा नाकाबाट फर्काएको छ। *घटना विवरण:* नियमित चेकजाँचका क्रममा उक्त व्यक्तिसँग नागरिकता, पासपोर्ट वा कुनै पनि वैध परिचयपत्र नभेटिएपछि नेपाल प्रवेश गर्न नदिई फिर्ता पठाइएको हो। खुला सीमामा पनि वैध कागजात अनिवार्य हुने भएकाले उनलाई प्रवेश अनुमति नदिइएको सशस्त्र प्रहरीले जनाएको छ। […]

*सावधानीका लागि:* 1. *त्यो क्षेत्रबाट टाढा रहनुहोस्* – अहिले घटनास्थलतिर नजानुहोस्। भीड र आगोको जोखिम उच्च छ। 2. *सुरक्षित रहनुहोस्* – नजिकै हुनुहुन्छ भने झ्याल-ढोका बन्द राख्नुहोस् र धुँवाबाट जोगिनुहोस्। 3. *सुरक्षा निकायलाई सहयोग गर्नुहोस्* – प्रहरी र दमकलको काममा अवरोध नपुर्‍याउनुहोस्। 4. *आपतकालीन नम्बर* – कुनै आपत परे १० [प्रहरी], १०१ [दमकल] मा सम्पर्क […]

दाङ । नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव एवं घोराही बनाउँ अभियानका संयोजक सविन प्रियासनले नेपालकै सबैभन्दा पुरानो बिमानस्थल निर्माणका लागि सांसद हर्क साम्पाङसँग सहयोग गर्न अनुरोध गर्नुभएको छ। श्रम संस्कृति पार्टीका केन्द्रीय अध्यक्ष समेत रहनुभएका साम्पाङले श्रमदान मार्फत विभिन्न सरानीय कामहरू गरेकाले प्रियासनले एयरपोर्ट निर्माणका लागि यस्तो आग्रह गर्नुभएको हो । सामाजिक सञ्जालमा उहाँले एयरपोर्ट […]

error: Content is protected !!