०६ जेठ २०८३, बुधबार
20-05-2026 , Wed
×

प्रहरीले हेटौँडाबाट करिब डेढ करोड मूल्य बराबरको कपडासहित २ भारतीय पक्राउ

Logo
प्रकाशित आइतबार, आषाढ ०३, २०८०


ABC (क्राईमबिट)
मकवानपुर । प्रहरीले हेटौँडा १५ रातोमाटेमा भारतबाट भन्सार छली ल्याएको ९० बोरा कपडासहित भारतीय नागरिकलाई नियन्त्रणमा लिएको हो ।

शनिवार प्रहरीले सिराहाबाट हेटौँडातर्फ आउँदै गरेको भारतीय नम्बर प्लेटको बी आर ०६ जी ई ५०५३ नम्बरको ट्रकलाई रातोमाटेस्थित प्रहरी चेकपोस्टबाट नियन्त्रणमा लिएको मकवानपुर प्रहरीले जनाएको छ ।

विशेष सूचनाको आधारमा उक्त ट्रकलाई रोकी जाँच गर्दा चारैतिरबाट प्याजको १६८ वटा बोराहरूले छोपी बिच भागमा लुकाएर ल्याएको अवस्थामा ९० बोरा कपडा बरामद गरेको प्रहरीको भनाई छ । ट्रकमा रहेको पाइन्टको कपडा एक करोड २८ लाख ९६ हजार रुपैयाँ, सुटको कपडा ३ लाख रुपैयाँ, सर्टको कपडा १६ लाख ७६ हजार २५० रुपैयाँ, सेरवानी कुर्था एक लाख ३ हजार रुपैयाँ र कोरा कपडा ५ लाख २५ हजार ४४७ रुपैयाँ मुल्यबराबरको रहेको बताइएको छ।

यस्तै, १६८ वटा बोरामा रहेको ८४ क्विन्टल प्याजको मूल्य २ लाख ५२ हजार रुपैयाँ रहेको प्रहरीले जनाएको छ। नियन्त्रणमा लिइएको उक्त कपडाको बजार मूल्य एक करोड ५५ लाख ६९७ रुपयाँबराबर रहेको छ। १६८ बोरा प्याजको भने प्रतिकिलो ५० रुपैयाँका दरले भन्सार काटिएको छ ।

प्रहरीले उक्त अवैध कपडासहित ट्रक चालक भारत पन्जाब प्रान्त लोदियाना ग्राम रसलपुर वडा नम्बर–७ बस्ने ३३ वर्षका रन्जौद सिंह र सहचालक विहार प्रान्त मोजफरपुर माहामाद बस्ने २६ वर्षका सुधिरकुमार सहनीलाई नियन्त्रणमा लिएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काँकरभिट्टा । सशस्त्र प्रहरीले *परिचयपत्र बिना नेपाल प्रवेश गर्न खोजेका एक भारतीय नागरिकलाई* काँकरभिट्टा नाकाबाट फर्काएको छ। *घटना विवरण:* नियमित चेकजाँचका क्रममा उक्त व्यक्तिसँग नागरिकता, पासपोर्ट वा कुनै पनि वैध परिचयपत्र नभेटिएपछि नेपाल प्रवेश गर्न नदिई फिर्ता पठाइएको हो। खुला सीमामा पनि वैध कागजात अनिवार्य हुने भएकाले उनलाई प्रवेश अनुमति नदिइएको सशस्त्र प्रहरीले जनाएको छ। […]

*सावधानीका लागि:* 1. *त्यो क्षेत्रबाट टाढा रहनुहोस्* – अहिले घटनास्थलतिर नजानुहोस्। भीड र आगोको जोखिम उच्च छ। 2. *सुरक्षित रहनुहोस्* – नजिकै हुनुहुन्छ भने झ्याल-ढोका बन्द राख्नुहोस् र धुँवाबाट जोगिनुहोस्। 3. *सुरक्षा निकायलाई सहयोग गर्नुहोस्* – प्रहरी र दमकलको काममा अवरोध नपुर्‍याउनुहोस्। 4. *आपतकालीन नम्बर* – कुनै आपत परे १० [प्रहरी], १०१ [दमकल] मा सम्पर्क […]

दाङ । नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव एवं घोराही बनाउँ अभियानका संयोजक सविन प्रियासनले नेपालकै सबैभन्दा पुरानो बिमानस्थल निर्माणका लागि सांसद हर्क साम्पाङसँग सहयोग गर्न अनुरोध गर्नुभएको छ। श्रम संस्कृति पार्टीका केन्द्रीय अध्यक्ष समेत रहनुभएका साम्पाङले श्रमदान मार्फत विभिन्न सरानीय कामहरू गरेकाले प्रियासनले एयरपोर्ट निर्माणका लागि यस्तो आग्रह गर्नुभएको हो । सामाजिक सञ्जालमा उहाँले एयरपोर्ट […]

error: Content is protected !!