०६ जेठ २०८३, बुधबार
20-05-2026 , Wed
×

शिक्षक सरुवामा बि.ब्य.स.निर्णयमाथि रुन्टीगढी गाउँपालिकाको ठाडो हस्तक्षेप,चलखेल के हो ?

Logo
प्रकाशित सोमबार, आषाढ ०४, २०८०

(नन्दराम खड्का)

रोल्पा । रुन्टीगढी गाउँपालिका वडा नं ४ मा रहेको सुर्योदय मावि मासिनामा शिक्षक सरुवा गर्ने कार्यमा बिब्यसको निर्णयमा रुन्टीगढी गाउँपालिकाले ठाडो हस्तक्षेप र बेवास्ता गरेको बिद्यालय ब्यवस्थापन समितिको गुनासो रहेको छ।सोहि विद्यालयमा बिगत ६ बर्ष मावि राहत तृतीय श्रेणीमा अध्यापन गराएका सल्यान जिल्ला स्थायी ठेगाना भएका शिक्षक ईश्वरी प्रकाश के.सी.ले प्रावि तहको शिक्षक सेवा आयोगमा नाम निकाल्न सफल भए।स्थायी सेवाका लागि उनको पोस्टिङ रोल्पाकै माडी गाउँपालिका वडा नम्बर ४ स्थित श्री सन्तोष आ.वि.रोल्पामा भयो।यो बिचमा शिक्षक के.सी पुर्व कार्यारत सुर्योदय माविकि प्रावि स्थायी शिक्षिका स्थानिय रमीला जि.एम.ले उमेर हदका कारण अनिवार्य अवकाश प्राप्त गरिन।यहि अवसरलाई हेरेर आफूले ६/६ बर्ष सेवा गरिसकेको विद्यालयमै सरुवा भएर आउँनका लागि शिक्षक केसीले हाल कार्यारत विद्यालयबाट आफ्नो पुरानै विद्यालयमा खाली ठाउँ भर्ने र पुनः सेवा गर्ने इच्छा ब्यक्त गरे।सोहि इच्छा अनुरुप शिक्षक केसीले अनुमतिका लागि हाल कार्यरत सन्तोष आविमा निवेदन पेश गरे बिद्यालयले पनि अनुमति पत्र थमाई दियो।यता पुर्व कार्यरत सुर्योदय माविमा पनि नियुक्तिका लागि अनुरोध गरे सुर्यो माविले पनि ६ बर्षे सेवा गरिसकेका शिक्षकको मिहेनत,लगनशिलता र योगदान सबै पक्ष मुल्यांकन गरेर नियुक्ति अनुमति थमाई दियो।तर अनुमतिका लागि रुन्टीगढी गाउँ शिक्षा शाखाले पालिका अध्यक्ष जनक पुन काम विशेषले कार्यालय बाहिर भएकाले उनलाई पर्खनु पर्ने कारण देखाउदै अनुमति दिन मानेन।करिब १०/१२ दिनको यस समयावधिमा शिक्षक केसीले धेरै पटक रुन्टीगढीमा आफ्नो सरुवा स्वीकृति के भयो भनेर पालिकामा सम्पर्क गरे तर उनले स्पष्ट र चित्तबुझ्दो जवाफ पाउँन नसकेको बताउँछन्।यस बिचमा उनले पाकिका अध्यक्ष पुन समक्ष पनि फोनमार्फत आफू ६ बर्ष सेवा गरेकै बिद्यालयमा फर्केर सेवा गर्ने सोच बनाएकाले अनुमतिका लागि अनुरोध गरेको बताउँछन्।तर अध्यक्ष पुनले हुन्छ,हुन्छ भनेर टारेको तथा पछि फोननै उठाउँन छाडि दिएको शिक्षक केसीको भनाई छ।पोस्टिङ अनुसार माडीमै अध्यापन गराउन पनि मलाई कुनै समस्या छैन तर ६ बर्ष अध्यापन सेवा गरिसकेको बिद्यालयमै पुनः फर्केर सेवा गर्न चाहन्थे।दुबै बिब्यसको निर्णयलाई सम्बोधन गर्न स्थानिय सरकारलाई किन कठिनाई पर्यो?स्पष्ट जवाफ छैन।म परिक्षणकालमा आफू माथि अन्याय र अवहेलना हुँदापनि रहेकाले यस बिषयमा आफू बफादार कर्मनिष्ठ शिक्षकका हिसाबले धेरै बोल्न नचाहेको उनको भनाई रहेको छ।
बिब्यसको मुल्यांकनमा केसी कस्ता शिक्षक हुन?
केसीले जागिरलाई सुबिधाका लागि हेरेको भए आफ्नै गृह जिल्लामा जान पहल गर्न सक्दथे तर उनि पुर्व कार्यरत विद्यालया फर्कन खोज्नु उनको बिद्यार्थी,बिद्यालयप्रतिको माया,योजना र सेवाभाव थियो।
हाल रुन्टीगढीमा नेपाली काङ्ग्रेसको स्थानिय सरकार छ।सुर्योदय माविमा नेकपा माओवादी समर्थक नेतृत्वको बिब्यस समिति छ।केसी संवैधानिक अधिकार अनुरुप नेकपा एमाले निकट शिक्षक शुभेच्छुक संगठनमा आवद्ध छन्।विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष प्रेम घर्तीका अनुसार शिक्षक केसी एक लगनसिल,कर्तव्यनिष्ठ तथा अतिरिक्त क्रियाकलापहरुमा समेत बहुप्रतिभा भएका क्षतमावान शिक्षक हुन्।बिब्यस अध्यक्ष घर्ती भन्छन् ईश्वरी सरले हाम्रो विद्यालयमा आधा दशक बढि सेवा गर्नु भयो।उहाँ खेटेर काम गर्ने शिक्षकका रुपमा हामिले बुझेका छौँ।उहाँ हाम्रो बिद्यालयमा कार्यरत रहदा कहिल्यै राजनैतिक रुपमा गतिविधि गरेको हामिले पाएका छैनौँ।बिगयमा ६ बर्ष सेवा गरिसकेको बिद्यालय र बिद्यार्थीको उहाँलाई माया लाग्नु र अझै यहि संस्थामै सेवा गर्छु भन्ने भाव राख्नु बिद्यार्थी,बिद्यालय तथा हाम्रो तथा सिङ्गो पालिका स्तरकै शिक्षा क्षेत्रका लागि अत्यन्त शुखद अवसर थियो।बिगत,बर्तमान तथा भविष्यलाई हेरेर उचित बिश्लेषण सहित हामिले उहाँलाई हाम्रो बिद्यालयको रिक्त दरवन्दीमा पुनर्स्थापना गर्न खोजेका थियौँ।तर स्थानिय सरकारले उहाँको सेवा र क्षमताको उचित मुल्यांकन नगरेर राजनैतिक कोणबाट पुर्वाग्रह राख्नु शुखद पक्ष दुखदायी पक्ष रहेको बिब्यस अध्यक्ष जि.एम.ले बताए।उनले सरुवामा माथिल्लो निकायको जे स्वार्थ थियो?हामिलाई थाह भएन तर बिब्यसको निर्णयमा पालिकाले ठाडो हस्तक्षेप तथा लापरबाही गर्नुले हाम्रो अधिकारमा समेत हस्तक्षेप भएको छ।शिक्षक सेवा आयोगमा नाम निकालेर नयाँ ठाउँमा पोस्टिङ भएको हकमा शिक्षकका लागि १ बर्षको परिक्षणकाल हुन्छ।तर अन्तर जिल्लामा हकमा भने आवश्यकताका आधारमा फेरबदल गर्न सकिने बिब्यस अध्यक्ष जि.एम.ले बताए।त्यसको केहि समयपछि माडी गाउँपालिकाले परिक्षणकालमा रहेका शिक्षकहरूको सरुवा रोक्ने निर्णय गरिसकेको छ।उचित समयको सिमामा निर्णय कार्यान्वयनमा बिलम्बताले एक कर्मनिष्ठ शिक्षकका लागि अन्याय भएको बिब्यसको भनाई छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काँकरभिट्टा । सशस्त्र प्रहरीले *परिचयपत्र बिना नेपाल प्रवेश गर्न खोजेका एक भारतीय नागरिकलाई* काँकरभिट्टा नाकाबाट फर्काएको छ। *घटना विवरण:* नियमित चेकजाँचका क्रममा उक्त व्यक्तिसँग नागरिकता, पासपोर्ट वा कुनै पनि वैध परिचयपत्र नभेटिएपछि नेपाल प्रवेश गर्न नदिई फिर्ता पठाइएको हो। खुला सीमामा पनि वैध कागजात अनिवार्य हुने भएकाले उनलाई प्रवेश अनुमति नदिइएको सशस्त्र प्रहरीले जनाएको छ। […]

*सावधानीका लागि:* 1. *त्यो क्षेत्रबाट टाढा रहनुहोस्* – अहिले घटनास्थलतिर नजानुहोस्। भीड र आगोको जोखिम उच्च छ। 2. *सुरक्षित रहनुहोस्* – नजिकै हुनुहुन्छ भने झ्याल-ढोका बन्द राख्नुहोस् र धुँवाबाट जोगिनुहोस्। 3. *सुरक्षा निकायलाई सहयोग गर्नुहोस्* – प्रहरी र दमकलको काममा अवरोध नपुर्‍याउनुहोस्। 4. *आपतकालीन नम्बर* – कुनै आपत परे १० [प्रहरी], १०१ [दमकल] मा सम्पर्क […]

दाङ । नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव एवं घोराही बनाउँ अभियानका संयोजक सविन प्रियासनले नेपालकै सबैभन्दा पुरानो बिमानस्थल निर्माणका लागि सांसद हर्क साम्पाङसँग सहयोग गर्न अनुरोध गर्नुभएको छ। श्रम संस्कृति पार्टीका केन्द्रीय अध्यक्ष समेत रहनुभएका साम्पाङले श्रमदान मार्फत विभिन्न सरानीय कामहरू गरेकाले प्रियासनले एयरपोर्ट निर्माणका लागि यस्तो आग्रह गर्नुभएको हो । सामाजिक सञ्जालमा उहाँले एयरपोर्ट […]

error: Content is protected !!