०६ जेठ २०८३, बुधबार
20-05-2026 , Wed
×

सवारी चालकको लापरबाहीले हुने दुर्घटना न्यूनिकरण गर्न ट्राफिक प्रमुख मल्ल अभियानसहित सडकमा

Logo
प्रकाशित मंगलबार, आषाढ ०५, २०८०

(सागर थापा)

दाङ । तुल्सीपुर जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङको आयोजनामा सोमबार विभिन्न स्थानहरुमा चालकको कारणले हुने सवारी दुर्घटना न्यूनिकरण तथा ट्राफिक सम्बन्धी जनचेतना फैलाउने उद्देश्यले राप्ती राजमार्ग अन्तरगत दाङको तुल्सीपुर
उपमहानगरपालीका वडा नं. ३ मा रहेको ट्राफिक चेकजाँच भएको थियो ।


जस्तै लाहुरेडाँडा, शिरखोला, साततले स्थित तुल्सीपुर सल्यान/रोल्पा/रुकुमका बिभिन्न स्थानहरूको लागि छुट्ने तथा भित्रिने बिभिन्न सवारी साधनहरूलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका ट्राफिक प्रमुख प्रहरी निरीक्षक किरण प्रकाश मल्लको कमाण्डमा खटिएको ट्राफिक प्रहरी टोलीले सवारीको अवस्था, क्षमता भन्दा बढी मालसामान तथा यात्रुहरू बोके/नबोकेको, १० वटा शंकास्पद सवारीका चालकहरूको ला.प.से. जाँच गर्नु भएको थियो ।

साथै उक्त सवारीका चालक तथा यात्रुहरूलाई सवारी दुर्घटनाका मुख्य कारणहरू, सवारी दुर्घट्ना न्युनिकरणमा सवारी चालक तथा यात्रुहरूको भुमिका र ट्राफिक नियम र संकेतहरूको बारेमा प्रशिक्षण प्रदान गर्नु भएको साथै सवारी दुर्घटना बढी हुने स्थान दाङको तुलसीपुर उप म.न.पा. ३ लाहुरेडाँडामा Black Spot को जानकारी मुलकको बोर्ड समेत राखिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले जानकारी दिनुभएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काँकरभिट्टा । सशस्त्र प्रहरीले *परिचयपत्र बिना नेपाल प्रवेश गर्न खोजेका एक भारतीय नागरिकलाई* काँकरभिट्टा नाकाबाट फर्काएको छ। *घटना विवरण:* नियमित चेकजाँचका क्रममा उक्त व्यक्तिसँग नागरिकता, पासपोर्ट वा कुनै पनि वैध परिचयपत्र नभेटिएपछि नेपाल प्रवेश गर्न नदिई फिर्ता पठाइएको हो। खुला सीमामा पनि वैध कागजात अनिवार्य हुने भएकाले उनलाई प्रवेश अनुमति नदिइएको सशस्त्र प्रहरीले जनाएको छ। […]

*सावधानीका लागि:* 1. *त्यो क्षेत्रबाट टाढा रहनुहोस्* – अहिले घटनास्थलतिर नजानुहोस्। भीड र आगोको जोखिम उच्च छ। 2. *सुरक्षित रहनुहोस्* – नजिकै हुनुहुन्छ भने झ्याल-ढोका बन्द राख्नुहोस् र धुँवाबाट जोगिनुहोस्। 3. *सुरक्षा निकायलाई सहयोग गर्नुहोस्* – प्रहरी र दमकलको काममा अवरोध नपुर्‍याउनुहोस्। 4. *आपतकालीन नम्बर* – कुनै आपत परे १० [प्रहरी], १०१ [दमकल] मा सम्पर्क […]

दाङ । नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव एवं घोराही बनाउँ अभियानका संयोजक सविन प्रियासनले नेपालकै सबैभन्दा पुरानो बिमानस्थल निर्माणका लागि सांसद हर्क साम्पाङसँग सहयोग गर्न अनुरोध गर्नुभएको छ। श्रम संस्कृति पार्टीका केन्द्रीय अध्यक्ष समेत रहनुभएका साम्पाङले श्रमदान मार्फत विभिन्न सरानीय कामहरू गरेकाले प्रियासनले एयरपोर्ट निर्माणका लागि यस्तो आग्रह गर्नुभएको हो । सामाजिक सञ्जालमा उहाँले एयरपोर्ट […]

error: Content is protected !!