०६ जेठ २०८३, बुधबार
20-05-2026 , Wed
×

कुटपिट काण्ड इन्स्पेक्टर नमप्रभाव राईको कारण सशस्त्रका डिआइजीको करिअर धरापमा

Logo
प्रकाशित मंगलबार, आषाढ ०५, २०८०

ABC (क्राईमबिट)

काठमाडौं । सशस्त्र प्रहरी बलमा इन्सपेक्टरको पहिलो ब्याचको पहिलो नम्बरमा अधिकृत हुन् अञ्जनी कुमार पोखरेल । हाल बराह बाहिनी सुनसरीका बाहिनीपति रहेका उनी पढाई–लेखाईमा अब्बल अधिकृत मानिन्छन् । सोही कारण लामो समय संयुक्त राष्ट्रसंघको मुख्यालयमा बसेर काम गर्ने अवसर पाए ।
तर, फिल्डमा भने उनी कमजोर देखिएका छन् । एक साताअघि झापामा सशस्त्र प्रहरीका कर्मचारी सहकर्मीबाटै कुटिएको घटनाले उनको कमाण्ड क्षमता कमजोर देखिएको छ । जून घटनाले उनको करिअरमै धक्का लाग्ने सम्भावना छ । घटनाको विषयमा एआइजीकै नेतृत्वमा उच्चस्तरीय छानबिन समिति गठन भएपछि डिआइजी पोखरेल समस्यामा परेका हुन् ।

बाहिनीबाट डिआइजी पोखरेलले नै खटाएका इन्सपेक्टर नमप्रभात राई नेतृत्वको टोलीले झापाको सीमा क्षेत्रमा कार्यरत सशस्त्र प्रहरीमाथि कुटपिट गरी यातना दिएका थिए । कुटपिट गर्ने इन्सपेक्टर राई लगायत टोलीलाई निलम्बन गरी यतीबेला छानबिन भइरहेको छ ।

प्रारम्भिक छानबिनमै यो घटनामा बाहिनीको गल्ती देखिएको छ । एकातर्फ संगठनको नीतिविपरीत डिआइजी पोखरेलले इन्सपेक्टरको नेतृत्वमा सादा पोशाकमा प्रहरी खटाएका थिए । अर्काेतर्फ राम्रोसँग डिउटी नगरेको भन्दै कुट्ने र खोलामा डुबाउने काम भयो ।

अनुगमनका लागि खटाइएको अवस्थामा कसैले गल्ती गरेमा विभागीय कारबाही गर्ने नियमावलीमा उल्लेख छ । तर, जिल्लाका एसपी तथा बिओपी इन्चार्जसँग समेत समन्वय नगरी भएको कुटपिट सुरक्षा निकायभित्रको एउटा गम्भीर घटना हो । जसकारण डिआइजी पोखरेल समेत कारबाहीमा पर्ने सम्भावना देखिएको छ ।

अहिले कारबाहीमा परे पछि समस्या हुने भएपछि कारबाहीबाट जोगिन उनी
दौडधुपमा छन् । खासगरी छानबिन समितिका एआइजी चन्द्र प्रकाश गौतमलाई फकाएर आफ्नो गल्ती लुकाउने प्रयासमा उनी लागेको स्रोत बताउँछ ।

एआइजी नेतृत्वको छानबिन समितिले यो प्रकरणमा पोखरेलमाथि पनि सोधपुछ गरेको छ । छानबिनमा आफुलाई कारबाहीबाट जोगाउन उनी लागिपरेका छन् । संगठनलाई निजी कम्पनी जसरी चलाउन खोजेको भन्दै यसअघिदेखि नै उनीविरुद्ध सशस्त्र प्रहरी अधिकारीले आक्रोश व्यक्त गर्दै आएका छन् ।

सशस्त्रका अर्का डिआइजी किशोर प्रधान भने दरबन्दी थपेर बढुवा हुने खेलमा लागेका छन् । प्राविधिक पृष्ठभुमीका उनी कमजोर कमाण्ड भएका अधिकृत मानिन्छन् । गृहमन्त्री नारायणकाजी श्रेष्ठ निकट व्यक्तिहरूसँगको मिलेमतोमा उनी दरबन्दी थप्न लागेको स्रोत बताउँछ । सशस्त्र प्रहरीको एकेडेमीमा एआइजीको दरबन्दी आवश्यक छ । तर, संगठनले पहल गर्दा थप हुन सकेको छैन । प्रधान आफ्नो लागि दरबन्दी थप्ने खेलमा छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काँकरभिट्टा । सशस्त्र प्रहरीले *परिचयपत्र बिना नेपाल प्रवेश गर्न खोजेका एक भारतीय नागरिकलाई* काँकरभिट्टा नाकाबाट फर्काएको छ। *घटना विवरण:* नियमित चेकजाँचका क्रममा उक्त व्यक्तिसँग नागरिकता, पासपोर्ट वा कुनै पनि वैध परिचयपत्र नभेटिएपछि नेपाल प्रवेश गर्न नदिई फिर्ता पठाइएको हो। खुला सीमामा पनि वैध कागजात अनिवार्य हुने भएकाले उनलाई प्रवेश अनुमति नदिइएको सशस्त्र प्रहरीले जनाएको छ। […]

*सावधानीका लागि:* 1. *त्यो क्षेत्रबाट टाढा रहनुहोस्* – अहिले घटनास्थलतिर नजानुहोस्। भीड र आगोको जोखिम उच्च छ। 2. *सुरक्षित रहनुहोस्* – नजिकै हुनुहुन्छ भने झ्याल-ढोका बन्द राख्नुहोस् र धुँवाबाट जोगिनुहोस्। 3. *सुरक्षा निकायलाई सहयोग गर्नुहोस्* – प्रहरी र दमकलको काममा अवरोध नपुर्‍याउनुहोस्। 4. *आपतकालीन नम्बर* – कुनै आपत परे १० [प्रहरी], १०१ [दमकल] मा सम्पर्क […]

दाङ । नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव एवं घोराही बनाउँ अभियानका संयोजक सविन प्रियासनले नेपालकै सबैभन्दा पुरानो बिमानस्थल निर्माणका लागि सांसद हर्क साम्पाङसँग सहयोग गर्न अनुरोध गर्नुभएको छ। श्रम संस्कृति पार्टीका केन्द्रीय अध्यक्ष समेत रहनुभएका साम्पाङले श्रमदान मार्फत विभिन्न सरानीय कामहरू गरेकाले प्रियासनले एयरपोर्ट निर्माणका लागि यस्तो आग्रह गर्नुभएको हो । सामाजिक सञ्जालमा उहाँले एयरपोर्ट […]

error: Content is protected !!