०६ जेठ २०८३, बुधबार
20-05-2026 , Wed
×

आईजिपी सचिवालयको हवाला दिदै इन्स्पेक्टर फल ब.तामाङको प्रवेशले बाँके ट्रायलमा त्रास फैलियो

Logo
प्रकाशित मंगलबार, आषाढ ०५, २०८०


ABC (क्राईमबिट)
बाँके । नेपाल प्रहरीका आइजिपीको सचिवालयको हवाला दिदै सवारी चालक अनुमति पत्रको प्रयोगात्मक परीक्षामा अनाधिकृत व्यक्तिको प्रवेशले परिक्षार्थीमा त्रास फैलिएको छ ।

आइजीपी बसन्त बहादुर कुवरको हवाला दिदै आफुलाई इन्स्पेक्टर फलबहादुर तामाङ र सई दुर्गा गौतम यातायात व्यवस्था कार्यालय बाँके नेपालगन्जको प्रयोगात्मक परीक्षा केन्द्र ट्रायल सेन्टरमा पुगेर परिक्षार्थीको फायल नै बोकेर चेकजाँच गर्न थालेपछि परिक्षार्थीहरु त्रशीत बनेका छन् ।

परिक्षा केन्द्रमा प्रवेश गर्न सम्बन्धित परिक्षा समितिको अनुमती लिनुपर्ने भए पनि इन्स्पेक्टर तामाङको नेतृत्वमा सई गौतमले फायल नै बोकेर परिक्षा केन्द्रमा चेकजाँच गर्न थालेपछि त्रासका कारण कतिपय परिक्षार्थीहरुले परिक्षा नै छाड्नु परेको बताएका छन् ।


परिक्षा समितिमा यातायात व्यवस्था कार्यालयका प्रमुखको नेतृत्वमा एक जना प्राविधिक र ट्राफिक प्रहरी सदस्य रहने व्यवस्था भए पनि शक्तिकेन्द्रको आडमा बिना अनुमती अनाधिकृत व्यक्तिले परिक्षामा हस्तक्षेप गर्नु गैरकानुनी मानिन्छ ।

यता यातायात व्यवस्था कार्यालयका कर्मचारी भन्छन् हामीले भनेका पनि हौ, उहाँहरु आइजीपीको सचिवालय हवाला दिएर जबरजस्ती परिक्षा केन्द्रमा प्रवेश गर्नुभयो, हामीले रोक्न सक्ने अवस्था भएन ।

यस विषयमा नेपाल प्रहरीका प्रहरी महानिरीक्षक आइजिपी वसन्त बहादुर कुवँरसित कुरा गर्दा गुनासो आएकोले हेड क्वाटरबाट अनुसन्धानका लागि मात्र खटाएको स्वीकार गरेको छन । जब कि प्रहरी प्रधान कार्यालयले छानबिन गर्ने निर्देशन र अधिकार जिल्ला प्रहरी कार्यालय बाँकेलाई पनि दिन सक्छ नेपाल प्रहरी संगठनको कार्यक्षेत्र अधिकार मिच्दै यसरी प्रहरी निरीक्षक खटाएर
त्रासको माहोल भएको श्राेतहरुकाे दावी छ ।


यता यातायात कार्यालयका कर्मचारीका अनुसार सवारी नियममा यातायात हाकिमको अनुमति पत्र लिएर मात्र छानबिन र अनुगमन गर्न मिल्ने एक कर्मचारीले बताए । जस्तै जिल्ला प्रशासन कार्यालय अख्तियार दुरुपयोग अनुसन्धान आयोग पत्रकारहरु लगायतलाई अनुमति लिनु नपर्ने यातायात एक कर्मचारीले बताय । साभर सत्यपाटेबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काँकरभिट्टा । सशस्त्र प्रहरीले *परिचयपत्र बिना नेपाल प्रवेश गर्न खोजेका एक भारतीय नागरिकलाई* काँकरभिट्टा नाकाबाट फर्काएको छ। *घटना विवरण:* नियमित चेकजाँचका क्रममा उक्त व्यक्तिसँग नागरिकता, पासपोर्ट वा कुनै पनि वैध परिचयपत्र नभेटिएपछि नेपाल प्रवेश गर्न नदिई फिर्ता पठाइएको हो। खुला सीमामा पनि वैध कागजात अनिवार्य हुने भएकाले उनलाई प्रवेश अनुमति नदिइएको सशस्त्र प्रहरीले जनाएको छ। […]

*सावधानीका लागि:* 1. *त्यो क्षेत्रबाट टाढा रहनुहोस्* – अहिले घटनास्थलतिर नजानुहोस्। भीड र आगोको जोखिम उच्च छ। 2. *सुरक्षित रहनुहोस्* – नजिकै हुनुहुन्छ भने झ्याल-ढोका बन्द राख्नुहोस् र धुँवाबाट जोगिनुहोस्। 3. *सुरक्षा निकायलाई सहयोग गर्नुहोस्* – प्रहरी र दमकलको काममा अवरोध नपुर्‍याउनुहोस्। 4. *आपतकालीन नम्बर* – कुनै आपत परे १० [प्रहरी], १०१ [दमकल] मा सम्पर्क […]

दाङ । नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव एवं घोराही बनाउँ अभियानका संयोजक सविन प्रियासनले नेपालकै सबैभन्दा पुरानो बिमानस्थल निर्माणका लागि सांसद हर्क साम्पाङसँग सहयोग गर्न अनुरोध गर्नुभएको छ। श्रम संस्कृति पार्टीका केन्द्रीय अध्यक्ष समेत रहनुभएका साम्पाङले श्रमदान मार्फत विभिन्न सरानीय कामहरू गरेकाले प्रियासनले एयरपोर्ट निर्माणका लागि यस्तो आग्रह गर्नुभएको हो । सामाजिक सञ्जालमा उहाँले एयरपोर्ट […]

error: Content is protected !!