०६ जेठ २०८३, बुधबार
20-05-2026 , Wed
×

स्थानीयहरुले पाटेबाघ मारेको घटना सार्वजनिक बाघ मार्नेलाई प्रहरीले खोज्दै

Logo
प्रकाशित बुधबार, आषाढ ०६, २०८०

(ABC-Sanchar)

पर्सा । पटेर्वासुगौली गाँउपालिकामा स्थानियहरुले पाटेबाघलाई मारेको घटना सार्वजनिक भएको छ । पटेर्वासुगौली – १ मलोलीटाँडी टोलका स्थानीयले पाटेबाघ मारेको घटना सार्वजनिक भएको हो ।

सोमबार बेलुकी जङ्गलबाट गाँउमा प्रवेश गरेको पाटेबाघलाई केहि स्थानीय व्याक्तिहरुले घेरामा पारेर घरेलु हतियारबाट प्रहार गरि मारेको प्रहरीको आशङ्का छ । आशङ्कै आधारमा प्रहरीले डिभिजन बन कार्यालयसँगको समन्वयमा अनुसन्धानपनि अगाडि बढाएको छ ।


सब डिभिजन वन कार्यालय रङ्गपुरका रेञ्‍जर कपिलदेव यादवका अनुसार जङ्गलबाट बाटो बिराएर सोमबार बेलुकी साढे ६ बजेको समयमा बाघ गाउँ प्रवेश गरेको थियो । गाँउमा पसेको बाघलाई स्थानीय ५/६ जना व्यक्तिले घेरामा पारेर बाँसको भाटा र लठ्ठीले हिर्काएर मारेका थिए । तर अध्याँरोमा भएको उक्त घटना बारे मंगलबार मात्र थापा पाएपछि वन कार्यालय र प्रहरीले उक्त मृत बाघलाई सब डिभिजन वन कार्यालय रङ्गपुर टाँडीको परिसरमा खाल्डो खनेर गाडेको यादवले जानकारी दिए ।

बाघ मार्ने घटनामा संलग्नहरुको पहिचान भईसकेकाले उनिहरुको खोजी कार्य जारी रहेको रेञ्‍जर यादवले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काँकरभिट्टा । सशस्त्र प्रहरीले *परिचयपत्र बिना नेपाल प्रवेश गर्न खोजेका एक भारतीय नागरिकलाई* काँकरभिट्टा नाकाबाट फर्काएको छ। *घटना विवरण:* नियमित चेकजाँचका क्रममा उक्त व्यक्तिसँग नागरिकता, पासपोर्ट वा कुनै पनि वैध परिचयपत्र नभेटिएपछि नेपाल प्रवेश गर्न नदिई फिर्ता पठाइएको हो। खुला सीमामा पनि वैध कागजात अनिवार्य हुने भएकाले उनलाई प्रवेश अनुमति नदिइएको सशस्त्र प्रहरीले जनाएको छ। […]

*सावधानीका लागि:* 1. *त्यो क्षेत्रबाट टाढा रहनुहोस्* – अहिले घटनास्थलतिर नजानुहोस्। भीड र आगोको जोखिम उच्च छ। 2. *सुरक्षित रहनुहोस्* – नजिकै हुनुहुन्छ भने झ्याल-ढोका बन्द राख्नुहोस् र धुँवाबाट जोगिनुहोस्। 3. *सुरक्षा निकायलाई सहयोग गर्नुहोस्* – प्रहरी र दमकलको काममा अवरोध नपुर्‍याउनुहोस्। 4. *आपतकालीन नम्बर* – कुनै आपत परे १० [प्रहरी], १०१ [दमकल] मा सम्पर्क […]

दाङ । नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव एवं घोराही बनाउँ अभियानका संयोजक सविन प्रियासनले नेपालकै सबैभन्दा पुरानो बिमानस्थल निर्माणका लागि सांसद हर्क साम्पाङसँग सहयोग गर्न अनुरोध गर्नुभएको छ। श्रम संस्कृति पार्टीका केन्द्रीय अध्यक्ष समेत रहनुभएका साम्पाङले श्रमदान मार्फत विभिन्न सरानीय कामहरू गरेकाले प्रियासनले एयरपोर्ट निर्माणका लागि यस्तो आग्रह गर्नुभएको हो । सामाजिक सञ्जालमा उहाँले एयरपोर्ट […]

error: Content is protected !!