०६ जेठ २०८३, बुधबार
20-05-2026 , Wed
×

होलेरीमा मन्दिरको जग्गामा ब्यक्तिको पक्कि घर कम्जोर र रमिते बन्यो स्थानिय सरकार

Logo
प्रकाशित शुक्रबार, आषाढ ०८, २०८०

(नन्दराम खड्का)

रोल्पा । रुन्टीगढी गाउँपालिका ९ होलेरीमा देवि भगवति मन्दिरको जग्गा समाजका हुनेखाने तथा पहुच भएकाहरुले अतिक्रमण गरेर पक्कि घर बनाएको बर्षौँ बित्यो।स्थानिय सरकार रुन्टीगढी गाउँपालिका रमितेकै रुपमा सिमित भएर कम्जोर बनिरहेको छ।जुर्नेटा तिलाजाने मोड स्थित रहेको जग्गा २०५२ अघिसम्म देविभगवती मन्दिर थियो।नक्सामा समेत मन्दिरमै रहेको उल्लेख छ।तर अहिले मन्दिरका जग्गामा हुनेखानेहरुको पक्कि बंगला उभिएका छन्।नाममा एकसुको जमिन नभएकाहरु प्राण बचाउन ठुलो संघर्ष गरेर बाचिरहेका छन् तर समाजका हुनेखाने तथा पहुँचवालाहरुले शक्तिका आडमा सार्वजनिक सम्पत्ति कब्जा गरिसकेका छन्।स्थानिय सरकार सञ्चालन ऐन अनुसार सार्वजनिक सम्पत्तिको संरक्षण गर्ने जिम्मा स्थानिय तहलाईनै सुम्पिएको छ।निर्वाचित भए यता काठमाडौँका मेयर बालेनले कयौं अतिक्रमित संरचनाहरुमा डोजर चलाई सके,धनगढीका मेयर गोपाल हमाल त्यस्तै चितवनका मेयर रेणु दाहालले पनि सार्वजनिक सम्पत्ति अतिक्रमण गरेर बनाईएका संरचनाहरु डोजर चलाई सकेका छन्।रुन्टीगढी गाउँपालिका किन कम्जोर बनिरहेको छ भन्ने प्रश्न र गुनासो आजभोलि यत्रतत्र सर्वत्र छताछुल्ल हुन थालेको छ।यस सम्बन्धमा सबै अधिकार प्राप्त रुन्टीगढी गाउँपालिका रमिते मात्रै बनिरहनुले सर्वसाधारण जनताहरुमा अनेकौं किसिमका शंका तथा आशंकाहरु उब्जन थालेका छन्।रहस्यको राज भने बिस्तारै खुल्दै जाने स्थानियको भनाई रहेको छ।युवा नेतृत्व गापा अध्यक्ष जनक पुन तथा स्थानिय सरकार रुन्टीगढी गाउँपालिका सर्वसाधारणका पक्षमा छन् वा सम्पन्न ब्यक्तिहरुको पक्षमा यसको निर्णय भने स्वयं स्थानिय सरकारकै हातमा रहेको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काँकरभिट्टा । सशस्त्र प्रहरीले *परिचयपत्र बिना नेपाल प्रवेश गर्न खोजेका एक भारतीय नागरिकलाई* काँकरभिट्टा नाकाबाट फर्काएको छ। *घटना विवरण:* नियमित चेकजाँचका क्रममा उक्त व्यक्तिसँग नागरिकता, पासपोर्ट वा कुनै पनि वैध परिचयपत्र नभेटिएपछि नेपाल प्रवेश गर्न नदिई फिर्ता पठाइएको हो। खुला सीमामा पनि वैध कागजात अनिवार्य हुने भएकाले उनलाई प्रवेश अनुमति नदिइएको सशस्त्र प्रहरीले जनाएको छ। […]

*सावधानीका लागि:* 1. *त्यो क्षेत्रबाट टाढा रहनुहोस्* – अहिले घटनास्थलतिर नजानुहोस्। भीड र आगोको जोखिम उच्च छ। 2. *सुरक्षित रहनुहोस्* – नजिकै हुनुहुन्छ भने झ्याल-ढोका बन्द राख्नुहोस् र धुँवाबाट जोगिनुहोस्। 3. *सुरक्षा निकायलाई सहयोग गर्नुहोस्* – प्रहरी र दमकलको काममा अवरोध नपुर्‍याउनुहोस्। 4. *आपतकालीन नम्बर* – कुनै आपत परे १० [प्रहरी], १०१ [दमकल] मा सम्पर्क […]

दाङ । नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव एवं घोराही बनाउँ अभियानका संयोजक सविन प्रियासनले नेपालकै सबैभन्दा पुरानो बिमानस्थल निर्माणका लागि सांसद हर्क साम्पाङसँग सहयोग गर्न अनुरोध गर्नुभएको छ। श्रम संस्कृति पार्टीका केन्द्रीय अध्यक्ष समेत रहनुभएका साम्पाङले श्रमदान मार्फत विभिन्न सरानीय कामहरू गरेकाले प्रियासनले एयरपोर्ट निर्माणका लागि यस्तो आग्रह गर्नुभएको हो । सामाजिक सञ्जालमा उहाँले एयरपोर्ट […]

error: Content is protected !!