(ABC-Sanchar)
पर्सा । बिरगंज गत फागुन २८ गते चोरी भएको मोटरसाइकलसहित पर्साको वीरगञ्ज महानगरपालिका–१० स्थित सडकखण्डबाट प्रहरीले २ जनालाई पक्राउ गरेको हो । चोरी भएको मोटरसाइकल वीरगञ्ज–९ रानीघाट निवासी २९ वर्षीय सोनु पटेलको हो ।
मोटरसाइकल पार्किङ गरेको अवस्थामा चितवनको राप्ती नगरपालिका–१३ बस्ने २८ वर्षीय मनिष प्रजा र २० वर्षीय राजु प्रजाले लक तोडी चोरी गरेर गएकोमा पीडित पटेलले प्रहरीमा उजुरी दिएका थिए ।
प्रहरीले खोजबिन गर्दा मोटरसाइकल, मनिष प्रजा र राजु प्रजालाई नियन्त्रणमा लिई पर्सा जिल्ला अदालतबाट ५ दिन थुना अनुमति लिएर थप अनुसन्धान गरिरहेको प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायव उपरीक्षक दिपक गिरीले बताए ।