०६ जेठ २०८३, बुधबार
20-05-2026 , Wed
×

एक महिने डल तथा कुशन बनाउने तालिमको समापन

Logo
प्रकाशित शुक्रबार, आषाढ ०८, २०८०


(ABC-Sanchar)
पर्सा । बिरगंज महानगरपालिका कार्यलयको आर्थिक सहयोग तथा ग्लोबल फाउन्डेसन नेपाल प्रा.लि. को सहयोगमा जेष्ठ ११ गते देखि संचालन भइ असार ८ गते सम्म चलेको आदिवासी जनजाती तथा पिछडा वर्गहरुको सिपमुलक डल तथा कुशन बनाउने तालिम आज एक कार्यक्रमका बिच समापन गरिएको छ।वीरगंज महानगरपालिका वडा नं २ संचालन भएको उक्त कार्यक्रम आज समापन गरिएको छ।

डल तथा कुशन बनाउने तालिमको समापन कार्यक्रममा बिरगंज महानगरपालिकाका उप-प्रमुख इम्तियाज आलम प्रमुख अतिथिका रुपमा रहेका थिए । उनलाई दोसला ओढाइ सम्मान गरिएको थियो भने उप-मेयरको हातबाट प्रमाणपत्र बितरण समेत गराइएको थियो ।

उक्त तालिमलाइ समापन गर्दै महानगरका उप-प्रमुख आलमले नेपालमा पुरुषको तुलनामा महिलाहरु कम शिक्षित छन् ।अभिभावकहरू छोरीको पठनपाठन भन्दा छोराको पठनपाठनलाई बढी महत्व दिन्छन्।अशिक्षाको कारणबाट आर्थिक,राजनैतिक,सामाजिक आदि क्षेत्रमा सहभागिता हुन सकिरहेका छैनन् यस्ता तालिमले महिलाहरु मा आत्म बिश्वास जगाउने तथा सीप सिकेर रोजगार हुने उनले बताए।

वीरगंज महानगरपालिका पर्साको सहयोग तथा ग्लोबल फाउण्डेशन नेपाल प्रा.लि.को आयोजनामा एक महिना सम्म चलेको डल तथा कुशन बनाउने तालिममा ३५ जनाको सहभागिता रहेको थियो ।

उक्त तालिम समापन कार्यक्रम ग्लोबल फाउण्डेशन नेपाल प्रा.लि.को अध्यक्ष अवधेश प्रसाद साहको सभापतित्व सम्पन्न भएको थियो भने विशिष्ट अतिथिका रुपमा वीरगंज महानगरपालिका वडा नं २ का वडा अध्यक्ष महमद रेयाज मिया,वीरगंज महानगरपालिकाका सामजिक विकास महाशाखाका प्रमुख राजिव गिरी,अतिथि वीरगंज महानगरपालिकाका वडा नं २ का वडा सदस्य वसिर मिया,संगीत थापा,रम्भा देबी,वडा सचिव आशिक शेख,नेपाली कांग्रेसका नेता धर्मराज यादव,बिरगंज महानगरपालिकाका उप-प्रमुखका स्वकीय सचिव शेष हजरा,संचारकर्मी राहुल गुप्ता लगायतका व्यक्तिहरुको उपस्थिति रहेको थियो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काँकरभिट्टा । सशस्त्र प्रहरीले *परिचयपत्र बिना नेपाल प्रवेश गर्न खोजेका एक भारतीय नागरिकलाई* काँकरभिट्टा नाकाबाट फर्काएको छ। *घटना विवरण:* नियमित चेकजाँचका क्रममा उक्त व्यक्तिसँग नागरिकता, पासपोर्ट वा कुनै पनि वैध परिचयपत्र नभेटिएपछि नेपाल प्रवेश गर्न नदिई फिर्ता पठाइएको हो। खुला सीमामा पनि वैध कागजात अनिवार्य हुने भएकाले उनलाई प्रवेश अनुमति नदिइएको सशस्त्र प्रहरीले जनाएको छ। […]

*सावधानीका लागि:* 1. *त्यो क्षेत्रबाट टाढा रहनुहोस्* – अहिले घटनास्थलतिर नजानुहोस्। भीड र आगोको जोखिम उच्च छ। 2. *सुरक्षित रहनुहोस्* – नजिकै हुनुहुन्छ भने झ्याल-ढोका बन्द राख्नुहोस् र धुँवाबाट जोगिनुहोस्। 3. *सुरक्षा निकायलाई सहयोग गर्नुहोस्* – प्रहरी र दमकलको काममा अवरोध नपुर्‍याउनुहोस्। 4. *आपतकालीन नम्बर* – कुनै आपत परे १० [प्रहरी], १०१ [दमकल] मा सम्पर्क […]

दाङ । नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव एवं घोराही बनाउँ अभियानका संयोजक सविन प्रियासनले नेपालकै सबैभन्दा पुरानो बिमानस्थल निर्माणका लागि सांसद हर्क साम्पाङसँग सहयोग गर्न अनुरोध गर्नुभएको छ। श्रम संस्कृति पार्टीका केन्द्रीय अध्यक्ष समेत रहनुभएका साम्पाङले श्रमदान मार्फत विभिन्न सरानीय कामहरू गरेकाले प्रियासनले एयरपोर्ट निर्माणका लागि यस्तो आग्रह गर्नुभएको हो । सामाजिक सञ्जालमा उहाँले एयरपोर्ट […]

error: Content is protected !!