०६ जेठ २०८३, बुधबार
20-05-2026 , Wed
×

आइजिपी कुँवरलाई रुपन्देहीका एसपी विकको चुनौती घुमुवा राखेर पैसा असुली

Logo
प्रकाशित आइतबार, आषाढ १०, २०८०

 

ABC (क्राईमबिट)

रुपन्देही । प्रहरी प्रधान कार्यालयले काजमा रहेका वा सरुवा बढुवा भई
अन्यत्र पदस्थापन भइसकेका प्रहरी कर्मचारीलाई यथाशीघ्र आ–आफ्नो दरबन्दीमा हाजिर हुन निर्देशन दिए पनि त्यसको रुपन्देहीमा अवज्ञा हुने गरेको पाइएको छ ।

प्रहरी महानिरीक्षक वसन्त कुँवरले प्रहरीमा आन्तरिक सुदृढीकरण ल्याउने तयारी स्वरूप अन्यत्र दरबन्दीका प्रहरी कर्मचारीलाई यथाशीघ्र फिर्ता रमाना गर्न मातहतका प्रहरी कार्यालयलाई निर्देशन दिए पनि त्यसको दुई महिना बितिसक्दा समेत रुपन्देही प्रहरीमा पालना भएको छैनन् ।

सोर्सफोर्स भएका र हाकिमलाई चाकडी गर्न सक्नेलाई थमौती गर्ने र नसक्नेलाई दरबन्दीमा फिर्ता गरेर भेदभावपूर्ण कार्य गर्ने क्रम यहाँ चलिरहेको छ ।

कार्यक्षमतामा अत्यन्तै कमजोर मानिने रुपन्देहीका प्रहरी उपरीक्षक भरतबहादुर विकले इलाका प्रहरी कार्यालय तुलसीपुर दाङ दरबन्दीका प्रहरी सहायक निरीक्षक मिलन जिसीलाई काखी च्याप्ने काम गर्दै आएका छन् ।

अनुसन्धान अधिकृत नभएको भनी अनेक बहाना पारी जिसीलाई दरबन्दीमा रवाना गर्न एसपी बिक स्वयमले नै मानिरहेका छैनन् । एसपी सिंहले विशेष परिस्थितिका कारण र प्राविधिक जिम्मेवारीमा रहेकाले जिसीलाई रमाना नगरिएको बताएका छन् ।

आइजिपी कुँवरको निर्देशन अनुसार अहिले प्रायः अधिकांश जिल्लाका प्रहरी कर्मचारीहरूले रमाना बुझी आफ्नो दरबन्दी गइसके । तर, ४ वर्ष देखी कहिले चौकी इन्चार्ज त कहिले क्राइम इन्चार्ज बस्दै आएका असई जिसीलाई भने थमौती दिइरहेका छन् ।

यसअघि प्रहरी सहायक निरीक्षक जिसीको कमान्डमा प्रहरी सहायक हवलदार निवासबहादुर सिंह क्षेत्री, प्रहरी जवान मनोज यादव थिए । प्रहरी जवान यादवलाई अहिले इप्रका रुद्रपुर पठाइएको छ । उनी अहिले ७ दिनको घर बिदामा छन ।
त्यस्तै, घुमुवामा प्रहरी सहायक हवलदार अजय कुँवर, अनिल रायमाझी, भोजराज गुरुङ थिए । प्राविधिकका गुरुङलाई इलाका प्रहरी कार्यालयबाट तानेर जिल्लामा घुमुवा खटाइएको भन्दै एसपी बिक बिवादमा तानिएपछि उनलाई जिप्रका रुपन्देहीको सञ्चारमा खटाइएको छ । अर्का घुमुवा द्वय कुँवर र रायमाझी भने दस दिनको बिदामा छन् ।

आफू विरुद्ध असार ४ गते तालुक कार्यालयमा उजुरी परेपछि आत्तिएका असई जिसीले असार ६ गते उजुरी हाल्ने व्यक्तिलाई रुपन्देही झिकाउँछु, कल डिटेल निकाल्छु भन्दै हिँडेको रुपन्देही प्रहरी स्रोत बताउँछ । एसपीकहाँ कल डिटेल निकाल्नसमेत उनले अनुरोध गरेको स्रोतले बताएको छ । दृष्टिन्युजबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काँकरभिट्टा । सशस्त्र प्रहरीले *परिचयपत्र बिना नेपाल प्रवेश गर्न खोजेका एक भारतीय नागरिकलाई* काँकरभिट्टा नाकाबाट फर्काएको छ। *घटना विवरण:* नियमित चेकजाँचका क्रममा उक्त व्यक्तिसँग नागरिकता, पासपोर्ट वा कुनै पनि वैध परिचयपत्र नभेटिएपछि नेपाल प्रवेश गर्न नदिई फिर्ता पठाइएको हो। खुला सीमामा पनि वैध कागजात अनिवार्य हुने भएकाले उनलाई प्रवेश अनुमति नदिइएको सशस्त्र प्रहरीले जनाएको छ। […]

*सावधानीका लागि:* 1. *त्यो क्षेत्रबाट टाढा रहनुहोस्* – अहिले घटनास्थलतिर नजानुहोस्। भीड र आगोको जोखिम उच्च छ। 2. *सुरक्षित रहनुहोस्* – नजिकै हुनुहुन्छ भने झ्याल-ढोका बन्द राख्नुहोस् र धुँवाबाट जोगिनुहोस्। 3. *सुरक्षा निकायलाई सहयोग गर्नुहोस्* – प्रहरी र दमकलको काममा अवरोध नपुर्‍याउनुहोस्। 4. *आपतकालीन नम्बर* – कुनै आपत परे १० [प्रहरी], १०१ [दमकल] मा सम्पर्क […]

दाङ । नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव एवं घोराही बनाउँ अभियानका संयोजक सविन प्रियासनले नेपालकै सबैभन्दा पुरानो बिमानस्थल निर्माणका लागि सांसद हर्क साम्पाङसँग सहयोग गर्न अनुरोध गर्नुभएको छ। श्रम संस्कृति पार्टीका केन्द्रीय अध्यक्ष समेत रहनुभएका साम्पाङले श्रमदान मार्फत विभिन्न सरानीय कामहरू गरेकाले प्रियासनले एयरपोर्ट निर्माणका लागि यस्तो आग्रह गर्नुभएको हो । सामाजिक सञ्जालमा उहाँले एयरपोर्ट […]

error: Content is protected !!