०६ जेठ २०८१, आइतबार
19-05-2024 , Sun
×

जगरनाथपुर गाउँपालिकाकाे ९ औं गाउँ सभा सम्पन्न ४१ कराेड ८८ लाख बजेट प्रस्तुत

Logo
प्रकाशित सोमबार, आषाढ ११, २०८०

 

(ABC-Sanchar)

पर्सा । बिरगंज जगरनाथपुर गाउँपालिकाकाे ९ औं गाउँ सभा आइतबार सम्पन्न भएको छ। गाउँपालिका अध्यक्ष श्रीकान्त प्रसाद यादवकाे अध्यक्षमा सम्पन्न गाउँ सभामा अगामी आर्थिक बर्ष २०८०/०८१ काे लागि ४१कराेड ८८ लाख बराबरकाे नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गरिएकाे छ ।

शिक्षा तर्फ २ कराेड ३५ लाख,२० हजार, स्वास्थ्य तर्फ १ कराेड १३ लाख, कृषि तर्फ ८५ लाख ५५हजार,खानेपानी तथा चपाकल जडानमा ४६५०००० खेलकुद १२ लाख, सामाजिक समावेशीकरणमा १ लाख,वन तथा विपद व्यवस्थापनमा ४लाख ७५ हजार,सोलार सौर्य बत्ती बिजुली जडानमा ४ लाख ३० हजार,मठ मन्दिर तथा मस्जिद सास्कृतिक सम्पदामा १ करोड ४३ लाख, कार्यालय संचालन तथा प्रसासनिक खर्च तथा कर्मचारी को तलब भत्ता ८करोड ७९ लाख ९ हजार एक सय एक, नेपाल सरकारलको सशर्त चालु १६ करोड २६ लाख,नेपाल सरकारलको पुजिगत खर्च ८६ लाख, नेपाल सरकारको समपुरक अनुदान ५० लाख, नेपाल सरकारको विशेष अनुदान ८० लाख , प्रदेस सरकारको समपुरक अनुदान २० लाख, प्रदेस सरकारको विशेष अनुदान ३० लाख गरि जम्मा बजेट ४१ करोड ८८ लाख एक हजार एक सय एक रुपैयाँ को विनियाेजन गरिएकाे छ।

गाउँपालिका अध्यक्ष यादवले अगामी आर्थिक बर्षकाे नीती तथा कार्यक्रम प्रस्तुत गर्दै विद्यालयहरुमा विद्यार्थीहरुलाई ल्याउ, टिकाउ र सिकाउ अभियान संचालन गरिने वताए । उनले विद्यालयलाई आपंगता तथा बालमैत्री बनाइने वताए ।
उनले भने “कक्षा १० का विद्यार्थीहरुकाे लागि अतिरिक्त कक्षा संचालन गरिने छ । एसईईमा उत्कृष्ट अंक ल्याएर उतिर्ण हुने छात्र/छात्राहरुलाई प्राेत्साहनसहित छात्रवृति प्रदान गरिने छ ।”
अध्यक्ष यादवले गाउँपालिकाबाट प्रवाह हुने सेवा मुस्कानसहित प्रदान गरिने वताए । उनले सासु, ससुरालाई राम्राेसंग स्याहार सुसार गर्ने बुहारीलाई सम्मान गरिने समेत वताए ।

उनले संठिमा रहेको माध्यमिक विद्यालय लाइ अज राम्रो बनाउने तर्फ गाउँपालिका लागेको बताए।प्रत्येक वडाकाे स्वास्थ्य चाैकीमा एमबिबिएस डाक्टरकाे व्यवस्था गरिने र गाउँपालिकामा १५ बेडकाे अस्पताल संचालनकाे लागि संघ र प्रदेश सरकारसंग पहलन गरिने वताए ।
उनले जगरनाथपुुर गाउँपालिकालाई समृद्ध र सुखी बनाउने दिर्घकालीन उद्देश्य अनुरुप आर्थिक सामाजिकविकासको मौलिक ढाँचामा गाउँपालिका अगाडि बढि रहेको वताए ।

जगरनाथपुरमा गाउँपालिका को सन्ठी मा.बि औराहामा ९ औ गाउँ सभा को उदघाटन नेपाली कांग्रेस पर्सा का प्रदेस सभा सदस्य शंकर प्रसाद चौधरी , गा.पा प्रमुख श्रीकान्त यादव ,गा.पा उप प्रमुख बबिता सिंह,गा.पा प्रमुख प्रशासकिय अधिकृत कृष्ण नन्दन राय ले संयुक्त रुपमा दिप प्रज्वलन गरी उदघाटन गरेका थिए ।

गाउँ सभा उद्घाटन सत्र जगरनाथपुर गाउँपालिका का प्रमुख श्रीकान्त यादवको अध्यक्षता तथा नेपाली कांग्रेसका नेता तथा प्रदेश सभा सदस्य शंकर प्रसाद चौधरी विशिष्ट अतिथि नबिन सिंह, सहरुम राउत गदि, महम्द अफताब आलम,नेपाली कांग्रेस पर्सा क्षेत्र नं ४ का क्षेत्रिय सचिव बलिष्टर अहमद, प्रमुख प्रशासकिय अधिकृत कृष्णनन्दन राय, वडाध्यक्षहरु लक्ष्मी साह तेली, नेपाली प्रसाद कुशवाहा, सुभाष कुमार यादव, प्रभुनाथ प्रसाद नुनिया, बिहारी महताे नुनिया, अयाेध्या प्रसाद कुर्मी , गा.पा का वडा सचिव, कर्मचारी,शिक्षक, बुद्धिजिवीहरुको उपस्थिति रहेकाे थियाे ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(ABC-Sanchar) काठमाडौं । सडक किनारमा अतिक्रमण गरी बनाइएका घर तथा पसलहरुमा महानगरपालिकाले आज बिहान डोजर चलाएको हो । अतिक्रमित संरचना हटाउन चार वटा डोजर प्रयोग गरिएको छ । डोजर चलाइँदा सवारी आवागमन पनि असहज भएको छ । काठमाडौं महानगरपालिकाको मेयर बनेपछि बालेन शाहले अतिक्रमित संरचना हटाउने र सार्वजनिक सम्पत्ति संरक्षण गर्ने अभियान चलाएका छन् । […]

ABC (क्राईमबिट) काठमाडौं । प्रहरी महानिरीक्षकको मिति २०८१/०१/२६ गतेको निर्णयानुसार जिल्ला प्रहरी कार्यालय हुम्ला अपराध नियन्त्रण तथा अनुसन्धान शाखाबाट नेपाल प्रहरी विपद् व्यवस्थापन कार्यालय सामाखुशीमा सरूवा भई आज मिति २०८१/०२/०६ गते हाजिर हुन आउनु भएका प्रहरी निरीक्षक राजन प्रसाद भट्टराईलाई यस कार्यालयका कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक डम्बर बहादुर बि.क. ले खादा र अभिर लगाई […]

(ABC-Sanchar) काठमाडौं । लगातार नयाँ रेकर्ड बनाइरहेको सुनको मूल्य आज हालसम्मकै उच्च विन्दुमा पुगेको हो। यसअघि गत बिहीबार हालसम्मकै उच्च मूल्यमा सुनको कारोबार भएको थियो। उक्त दिन सुन प्रतितोला एक लाख ४० हजार रूपैयाँमा कारोबार भएको थियो। आज सुन प्रतितोला एक लाख ४० हजार नौ सय रूपैयाँ पुगेको छ। यो मूल्य पछिल्लो रेकर्डभन्दा नौ सय […]