०६ जेठ २०८३, बुधबार
20-05-2026 , Wed
×

धनगढीमा सशस्त्र प्रहरीको आतंक ६० वर्षीया वृद्धलाई कुटपिट मुद्दा दर्तै गर्दैन प्रहरी किन ???

Logo
प्रकाशित सोमबार, आषाढ ११, २०८०

ABC (क्राईमबिट)

धनगढी । धनगढी उपमहानगरपालिका- १३, कैलाली गाउँका देवराज अवस्थीले आफ्नी ६० वर्षीया आमा चित्रादेवी अवस्थीमाथि कुटपिट भएको बताए।

जग्गा सम्बन्धी विवादमा उनकी आमालाई छिमेकी रमेश अवस्थीले कुटपिट गरेको उनले बताए। उनले जिल्ला प्रहरी कार्यालय कैलालीमा मुद्दा दर्ताका लागि जाँदा प्रहरीले मुद्दा दर्ता गर्न नमानेको बताए।

‘बुधवार साँझ मेरी आमामाथि कुटपिट भएको हो, म उतिबेला घर थिइन, आमामाथि कुटपिट भएपछि जिप्रका गएर मुद्दा दर्ता गराउन खोज्यौँ तर प्रहरीले मानिरहेको छैन। आज आइतवार भइसक्यो,’ उनले भने । आफ्नी आमामाथि कुटपिट गर्ने व्यक्ति सशस्त्र प्रहरीका जवान पनि भएकाले आफूहरुको मुद्दा दर्ता नभइरहेको उनको आरोप छ।

यता, जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक खगेन्द्र साउँदले सकेसम्म दुबै पक्षबीच मेलमिलाप भए समस्याको दीर्घकालीन समाधान हुने भन्दै मुद्दा दर्ता नभएको बताए। उनीहरुबीच धेरै पहिलेदेखि नै जग्गा सम्बन्धी विवाद रहेको उनले बताए। उनका अनुसार दुबै पक्षले नै हातपात भएको भन्दै मुद्दा दर्ता गराउन खोजिरहेको छ।

‘हातपात भएको भनेर मुद्दा दर्ता गराउन दुबै पक्षले नै खोजिरहेका छन् तर दुबै पक्ष बसेर मेरो यो कुरामा गल्ति भयो भन्दै दुबै पक्षले आफैले स्विकारे समस्याको समाधान हुन्थ्यो। अहिले अभद्र व्यवहारमा मुद्दा लगाएर १५÷२० दिन थुनामा राखेर फेरि घर फर्कन्छन्, समस्या उस्तै रहन्छ। उहाँहरुको समस्या पूर्णरुपमा समाधान होस् भन्ने हाम्रो चाहना हो, जसका लागि दुबै पक्षले आ–आफ्ना गल्ति स्विकार्न आवश्यक छ,’ उनले भने।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काँकरभिट्टा । सशस्त्र प्रहरीले *परिचयपत्र बिना नेपाल प्रवेश गर्न खोजेका एक भारतीय नागरिकलाई* काँकरभिट्टा नाकाबाट फर्काएको छ। *घटना विवरण:* नियमित चेकजाँचका क्रममा उक्त व्यक्तिसँग नागरिकता, पासपोर्ट वा कुनै पनि वैध परिचयपत्र नभेटिएपछि नेपाल प्रवेश गर्न नदिई फिर्ता पठाइएको हो। खुला सीमामा पनि वैध कागजात अनिवार्य हुने भएकाले उनलाई प्रवेश अनुमति नदिइएको सशस्त्र प्रहरीले जनाएको छ। […]

*सावधानीका लागि:* 1. *त्यो क्षेत्रबाट टाढा रहनुहोस्* – अहिले घटनास्थलतिर नजानुहोस्। भीड र आगोको जोखिम उच्च छ। 2. *सुरक्षित रहनुहोस्* – नजिकै हुनुहुन्छ भने झ्याल-ढोका बन्द राख्नुहोस् र धुँवाबाट जोगिनुहोस्। 3. *सुरक्षा निकायलाई सहयोग गर्नुहोस्* – प्रहरी र दमकलको काममा अवरोध नपुर्‍याउनुहोस्। 4. *आपतकालीन नम्बर* – कुनै आपत परे १० [प्रहरी], १०१ [दमकल] मा सम्पर्क […]

दाङ । नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव एवं घोराही बनाउँ अभियानका संयोजक सविन प्रियासनले नेपालकै सबैभन्दा पुरानो बिमानस्थल निर्माणका लागि सांसद हर्क साम्पाङसँग सहयोग गर्न अनुरोध गर्नुभएको छ। श्रम संस्कृति पार्टीका केन्द्रीय अध्यक्ष समेत रहनुभएका साम्पाङले श्रमदान मार्फत विभिन्न सरानीय कामहरू गरेकाले प्रियासनले एयरपोर्ट निर्माणका लागि यस्तो आग्रह गर्नुभएको हो । सामाजिक सञ्जालमा उहाँले एयरपोर्ट […]

error: Content is protected !!