०६ जेठ २०८३, बुधबार
20-05-2026 , Wed
×

बलिउड अभिनेता सलमान खानलाई पटकपटक ज्यान मार्ने धम्की सुरक्षा कडा

Logo
प्रकाशित मंगलबार, आषाढ १२, २०८०

(ABC-Sanchar)

काठमाडौं । बलिउड अभिनेता सलमान खानलाई ग्याङस्टार गोल्डी बराडले ज्यानको धम्की दिएका छन्। गोल्डीले एक अन्तरवार्तामा सलमानलाई मौका मिल्ना साथ मार्ने योजना बनाएको खुलासा गरेका छन्। उनले सलमानले काला हिरण मारेपछि आफूहरुसँग माफी नमागेकाले त्यसको बदला लिने उनले दाबी गरेका हुन्।

‘सलमानले काला हिरण मारेर विश्नोई समाजको बेइज्जत गरेका छन्। विश्नोई समाज काला हिरणलाई पुजा गर्दछ। उहाँलाई माफी माग्नु भन्दा पनि माफी माग्नु भएन। यसकारण जब हामी मौका पाउँछौं, उहाँलाई मारिदिन्छौँ’, गोल्डीले भनेका छन्।

यसअघि पनि सलमान खानलाइ ज्यान मार्ने धम्की दिइएकाे थियाे। सलमान सन् १९९८ मा फिल्म ‘हम साथ साथ हे’को सुटिङ गर्ने सिलसिलामा जोधपुरमा थिए। त्यो बेला सलमान माथि कालो हिरण मारेको आरोप थियो। यसलाई लिएर अदालतमा मुद्दा पनि पर्यो। जसकारण उनी जेल पनि गए। एजेन्सी

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काँकरभिट्टा । सशस्त्र प्रहरीले *परिचयपत्र बिना नेपाल प्रवेश गर्न खोजेका एक भारतीय नागरिकलाई* काँकरभिट्टा नाकाबाट फर्काएको छ। *घटना विवरण:* नियमित चेकजाँचका क्रममा उक्त व्यक्तिसँग नागरिकता, पासपोर्ट वा कुनै पनि वैध परिचयपत्र नभेटिएपछि नेपाल प्रवेश गर्न नदिई फिर्ता पठाइएको हो। खुला सीमामा पनि वैध कागजात अनिवार्य हुने भएकाले उनलाई प्रवेश अनुमति नदिइएको सशस्त्र प्रहरीले जनाएको छ। […]

*सावधानीका लागि:* 1. *त्यो क्षेत्रबाट टाढा रहनुहोस्* – अहिले घटनास्थलतिर नजानुहोस्। भीड र आगोको जोखिम उच्च छ। 2. *सुरक्षित रहनुहोस्* – नजिकै हुनुहुन्छ भने झ्याल-ढोका बन्द राख्नुहोस् र धुँवाबाट जोगिनुहोस्। 3. *सुरक्षा निकायलाई सहयोग गर्नुहोस्* – प्रहरी र दमकलको काममा अवरोध नपुर्‍याउनुहोस्। 4. *आपतकालीन नम्बर* – कुनै आपत परे १० [प्रहरी], १०१ [दमकल] मा सम्पर्क […]

दाङ । नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव एवं घोराही बनाउँ अभियानका संयोजक सविन प्रियासनले नेपालकै सबैभन्दा पुरानो बिमानस्थल निर्माणका लागि सांसद हर्क साम्पाङसँग सहयोग गर्न अनुरोध गर्नुभएको छ। श्रम संस्कृति पार्टीका केन्द्रीय अध्यक्ष समेत रहनुभएका साम्पाङले श्रमदान मार्फत विभिन्न सरानीय कामहरू गरेकाले प्रियासनले एयरपोर्ट निर्माणका लागि यस्तो आग्रह गर्नुभएको हो । सामाजिक सञ्जालमा उहाँले एयरपोर्ट […]

error: Content is protected !!