०६ जेठ २०८३, बुधबार
20-05-2026 , Wed
×

प्रहरी प्रधान कार्यालय नक्सालमा राष्ट्रिय वाणिज्य बैंककाे एक्सटेन्सन काउन्टर उद्घाटन

Logo
प्रकाशित मंगलबार, आषाढ १२, २०८०

(ABC-Sanchar)

काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालय नक्सालमा नेपाल प्रहरीका महानिरीक्षक वसन्तबहादुर कुँवरले मंगलबार एक कार्यक्रमबीच काउन्टर उद्‍घाटन गरेका हुन्। उनले उक्त काउन्टरको अवलोकन गर्नुका साथै त्यहाँबाट प्रवाह हुने सेवाबारे जानकारीसमेत लिए।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कुँवरले बैंकसँगको सञ्जालमा जोडिएपछि बिनाधितोमा कर्जा, दुर्घटना बीमा र सेवा शुल्कमा भएको सहुलियतले प्रहरी कर्मचारीको मनोबल उच्च राख्न मद्दत गरेको बताए।

राष्ट्रिय वाणिज्य बैंकको सबैभन्दा ठूलो ग्राहक समूहमा नेपाल प्रहरी सूचीकृत हुनु खुसीको विषय भएको उनले बताए। उनले देशभरका कुल ९५ हजारभन्दा बढी नेपाल प्रहरीका बहालवाला तथा अवकाशप्राप्त सदस्यहरूले बैंकको सञ्जालमा आबद्ध भई सबै जिल्लाहरूबाट सेवा प्राप्त गरिरहेको बताए।

बैंकसँगको समझदारीले नेपाल प्रहरीका सकल दर्जाको वित्तीय साक्षरता प्रवर्द्धन गर्न एवं बचतलाई प्रोत्साहन गर्न उल्लेख्य सहयोग प्राप्त भएको उनले बताए।

 

कार्यक्रममा राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत नेपाल प्रहरी र बैंकबीच विभिन्न क्षेत्रमा समझदारी हुँदै आएको उल्लेख गर्दै आगामी दिनमा समेत दुवै पक्षबीच आवश्यक समन्वय र समझदारीलाई निरन्तरता दिइने बताए।

दुवै पक्षबीचको सम्बन्धलाई सुदृढ गरी अझ गतिशिलताका साथ अगाडि बढ्ने विश्वास उनले व्यक्त गरे।

राष्ट्रिय वाणिज्य बैंकका उपकार्यकारी अधिकृत पवन रेग्मीले स्वागत मन्तव्य व्यक्त गरेकाे उक्त कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, राष्ट्रिय वाणिज्य बैंकका नायब प्रमुख कार्यकारी अधिकृतहरू, प्रहरी नायब महानिरीक्षकहरूलगायत वरिष्ठ प्रहरी अधिकृत एवं बैंकका अन्य पदाधिकारीहरूको उपस्थिति रहेको थियो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काँकरभिट्टा । सशस्त्र प्रहरीले *परिचयपत्र बिना नेपाल प्रवेश गर्न खोजेका एक भारतीय नागरिकलाई* काँकरभिट्टा नाकाबाट फर्काएको छ। *घटना विवरण:* नियमित चेकजाँचका क्रममा उक्त व्यक्तिसँग नागरिकता, पासपोर्ट वा कुनै पनि वैध परिचयपत्र नभेटिएपछि नेपाल प्रवेश गर्न नदिई फिर्ता पठाइएको हो। खुला सीमामा पनि वैध कागजात अनिवार्य हुने भएकाले उनलाई प्रवेश अनुमति नदिइएको सशस्त्र प्रहरीले जनाएको छ। […]

*सावधानीका लागि:* 1. *त्यो क्षेत्रबाट टाढा रहनुहोस्* – अहिले घटनास्थलतिर नजानुहोस्। भीड र आगोको जोखिम उच्च छ। 2. *सुरक्षित रहनुहोस्* – नजिकै हुनुहुन्छ भने झ्याल-ढोका बन्द राख्नुहोस् र धुँवाबाट जोगिनुहोस्। 3. *सुरक्षा निकायलाई सहयोग गर्नुहोस्* – प्रहरी र दमकलको काममा अवरोध नपुर्‍याउनुहोस्। 4. *आपतकालीन नम्बर* – कुनै आपत परे १० [प्रहरी], १०१ [दमकल] मा सम्पर्क […]

दाङ । नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव एवं घोराही बनाउँ अभियानका संयोजक सविन प्रियासनले नेपालकै सबैभन्दा पुरानो बिमानस्थल निर्माणका लागि सांसद हर्क साम्पाङसँग सहयोग गर्न अनुरोध गर्नुभएको छ। श्रम संस्कृति पार्टीका केन्द्रीय अध्यक्ष समेत रहनुभएका साम्पाङले श्रमदान मार्फत विभिन्न सरानीय कामहरू गरेकाले प्रियासनले एयरपोर्ट निर्माणका लागि यस्तो आग्रह गर्नुभएको हो । सामाजिक सञ्जालमा उहाँले एयरपोर्ट […]

error: Content is protected !!